NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?

सोमवार असार ३१ , २०८१
Reading Time: 1 min read
A A
कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० असार , विराटनगर।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र जसपा, लोसपासहितको नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मुलुकको ४५ औं प्रधानमन्त्रीमा शपथ लिए ।

आजै उनले सरकारलाई पनि पूर्णता दिए । प्रधानमन्त्री, त्यसपछि २ उपप्रधानमन्त्रीहरु र १९ जना मन्त्रीहरुले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद् पूर्ण बनेको हो ।

राष्ट्रिय सहमतिको सरकारको चर्चा गरिएपनि अहिलेको सरकारमा चारवटा दलहरू मात्रै गएका छन् । २२ मन्त्रालयमै मन्त्री नियुक्त गरिएकाले अब संविधानतः ३ जना राज्यमन्त्री मात्रै थप्न सकिन्छ ।

यसअघि राप्रपा, उपेन्द्र यादवको जसपा नेपाल, जनमत र नाउपा पनि सरकारमा जाने हल्ला थियो । तर उनीहरुले राज्यमन्त्री लिएर सरकारमा जाने अब छाँटकाँट देखिएको छैन ।

यद्यपी उनीहरुलाई सरकारमा सहभागि गराउने हो भने काँग्रेस–एमालेले आफ्नो भाग घटाउनु पर्नेछ । यि दलहरु अब प्रतिपक्षमा बस्छन् वा एक महिनाभित्र ओलीले विश्वासको मत लिदा उनलाई समर्थन गर्छन् त्यो हेर्न बाँकी छ ।

यता तेस्रो दल माओवादी र चौथौ दल रास्वपाले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । यससंगै ढिलो गरि, चरण चरणमा सरकार विस्तार गरिने पुरानो परिपाटी यो पटक देखिने छैन, जुन सकारात्मक पक्ष हो ।

अब कुरा गरौं नवनियुक्त प्रधानमन्त्री ओलीको नयाँ क्याविनेटको ।ओली क्याबिनेटमा नियुक्त भएका २२ मध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका हुन् ।

यो क्याबिनेटमा दुई उपप्रधान र दुई मन्त्री महिला छन् । कांग्रेसले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका काठमाडौँ–१ बाट निर्वाचित सांसद प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाएको हो ।

कांग्रेसबाट गृहमा रमेश लेखक मन्त्री बनेका छन् । लेखक अहिलेको कांग्रेस–एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र हुन् । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्रायः थियो ।

लेखक यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए । यस्तै काँग्रेसबाट अन्य मन्त्रीहरुमा परराष्ट्रमा आरजु राणा, स्वास्थ मन्त्रीमा प्रदीप पौडेल, युवा तथा खेलकुदमा तेजुलाल चौधरी, कानून मन्त्री अजय चौरसिया, संस्कृति मन्त्री बद्री पाण्डे, कृषिमन्त्री रामनाथ अधिकारी, उर्जा दीपक खड्का र वनमा ऐनबहादुर शाही मन्त्री नियुक्त भएका छन् ।

घरबाटै एक मन्त्री पठाएका देउवाले आफ्नो समूहमा छवटा मन्त्रालय राखेका छन् भने इतर समूहलाई चारवटा मन्त्रालय दिएका हुन् । चारवटामा पनि राष्ट्रपति रामचन्द्र पौडेलको कोटासमेत समावेश गरिएको चर्चा कांग्रेस वृत्तमा छ ।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई १४औँ महाधिवेशनमा सभापतिमा सघाएको गुनसमेत देउवाले तिरेका हुन् । संस्थापन समूहबाट रमेश लेखक, आरजु राणा, दीपक खड्का, ऐनबहादुर शाही र अजय चौरसिया छन् । त्यस्तै, तेजुलाल चौधरी राष्ट्रपतिनिकट रहेको चर्चा छ ।

संस्थापनइतर समूहबाट बद्री पाण्डे, प्रदीप पौडेल र रामनाथ अधिकारी छन् । त्यस्तै, एमालेले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ८ जना मन्त्रीहरू सरकारमा पठाएको हो । पौडेल यो सहित ८ पटक मन्त्री बनेका छन् ।

८ पटक मन्त्री बन्दा ५औं पटक अर्थ मन्त्रालयको बागडोर सम्हाल्दैछन् । अर्थबाहेक पौडेल युवा खेलकुद तथा संस्कृति मन्त्री, जलस्रोत मन्त्री, रक्षामन्त्री बनिसकेका छन् । यो पटक पौडेलले बर्षमान पुनले ल्याएको बजेट कार्यान्वयन गर्ने भएका छन् ।

नेपाली काग्रेसका नेता डा रामशरण महत सात पटक अर्थमन्त्री बनेका थिए भने पौडेल पाँच पटक एउटै मन्त्रालयमा पुगेका हुन् । पौडेल नीजि क्षेत्रका साथै सेयर बजारका लागि पनि निकै रुचाइएका मन्त्रीको रुपमा चिनिन्छन् ।

सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस वा गठबन्धन सरकारमा होस मन्त्री बन्ने अवसर पाइरहेका छन् । ६५ वर्षका पौडेल एमालेको दुई वर्ष अघि भएको एमालेको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।

सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । एमालेका अन्य मन्त्रीहरुमा पृथ्वीसुब्बा गुरुङ, बलराम अधिकारी, दामोदर भण्डारी, देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता मन्त्री भएका छन् ।

लमजुङबाट प्रतिनिधि सभा सांसद बनेका एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पनि हुन् । गुरुङ पार्टीभित्र खरो र प्रष्ट बोल्ने नेताका रूपमा चिनिन्छन् ।

उनलाई ओलीले सरकारका प्रवक्तासमेत बनाउने गरी सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि गुरुङ कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरदसिंह भण्डारीलाई मन्त्री बनाएर पठाएको छ । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । योसँगै ६९ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १३औं पटक मन्त्री बनेका हुन् ।

जनता समाजवादी पाटीबाट प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बनेका छन ्। यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए । मन्त्रिपरिषद्मा नयाँ अनुहार पनि यसपटक धेरै छन् ।

कांग्रेसको संस्थापन पक्षमा आरजु राणा, ऐनबहादुर शाही तथा संस्थापनइतर समूहका चारैजना बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट मानवीर राई, विद्या भट्टराई, देवेन्द्र दाहाल र राजकुमार गुप्ता नयाँ अनुहार छन् । यो मन्त्रीपरिषद्मा तुलनात्मकरुमा कांग्रेसबाट मन्त्री बनेकाहरु बढी विवादित छवि भएका देखिन्छन् ।

तिमध्येका एक हुन् काँग्रेसका तर्फबाट उर्जामन्त्री बनेका दीपक खड्का । उनी जलविद्युत् आयोजनाका प्रवर्द्धक पनि हुन् । उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् ।

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का पूर्वखानेपानी राज्यमन्त्री पनि हुन् । उनमाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ ।

उनले ५ करोड रुपैयाँभन्दा बढी भाडा स्काउटलाई नबुझाएको पनि स्काउटले जनाएको छ । सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि त्यो समेत कार्यान्वयन हुन सकेको छैन ।

उनी शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका हुन् । यस्तै डा. आरजु राणा देउवा पनि भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरणलगायत काण्डमा मुछिएको नाम हो ।

उनलाई पक्राउ गर्ने तयारी रहेकोसम्मको हल्ला चलेको थियो । तर, राजनीतिक समीकरण फेरिएपछि उनी आफैं सबैभन्दा शक्तिमा पुगेकी छन् । उनको फाइल खोल्ने योजनामा रहेका रवि भने प्रतिपक्षमा पुगेका छन् ।

ओलीको यो मन्त्रिपरिषद्मा दुई जना महिलामन्त्री बनेका छन् । कांग्रेसबाट आरजु राणा र एमालेबाट विद्या भट्टराई । दुवै जना पहिलोपटक मन्त्री बनेका हुन् । राणा प्रतिनिधिसभामा समानुपातिकबाट सांसद हुँदै हाल कृषि समितिको सभापति बनेकी थिइन् ।

भट्टराई कास्की २ बाट निर्वाचित सांसद हुन् । राणासँग विगतमा सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ । भट्टराई त्रिविकी पूर्व उपप्राध्यापक हुन् । उनीसँग १७ वर्ष शिक्षण पेशाको अनुभव छ ।

तर २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् ।

समग्रमा नवनियुक्त प्रधानमन्त्री केपी ओलीको यो नयाँ क्याबिनेट तपाइँलाई कस्तो लाग्यो ? आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #ओली क्याबिनेटमा दाग लागेका मन्त्री#कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.