×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?

३२ असार २०८१

३० असार , विराटनगर।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र जसपा, लोसपासहितको नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मुलुकको ४५ औं प्रधानमन्त्रीमा शपथ लिए ।

आजै उनले सरकारलाई पनि पूर्णता दिए । प्रधानमन्त्री, त्यसपछि २ उपप्रधानमन्त्रीहरु र १९ जना मन्त्रीहरुले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद् पूर्ण बनेको हो ।

Advertisement
Advertisement

राष्ट्रिय सहमतिको सरकारको चर्चा गरिएपनि अहिलेको सरकारमा चारवटा दलहरू मात्रै गएका छन् । २२ मन्त्रालयमै मन्त्री नियुक्त गरिएकाले अब संविधानतः ३ जना राज्यमन्त्री मात्रै थप्न सकिन्छ ।

यसअघि राप्रपा, उपेन्द्र यादवको जसपा नेपाल, जनमत र नाउपा पनि सरकारमा जाने हल्ला थियो । तर उनीहरुले राज्यमन्त्री लिएर सरकारमा जाने अब छाँटकाँट देखिएको छैन ।

यद्यपी उनीहरुलाई सरकारमा सहभागि गराउने हो भने काँग्रेस–एमालेले आफ्नो भाग घटाउनु पर्नेछ । यि दलहरु अब प्रतिपक्षमा बस्छन् वा एक महिनाभित्र ओलीले विश्वासको मत लिदा उनलाई समर्थन गर्छन् त्यो हेर्न बाँकी छ ।

यता तेस्रो दल माओवादी र चौथौ दल रास्वपाले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । यससंगै ढिलो गरि, चरण चरणमा सरकार विस्तार गरिने पुरानो परिपाटी यो पटक देखिने छैन, जुन सकारात्मक पक्ष हो ।

अब कुरा गरौं नवनियुक्त प्रधानमन्त्री ओलीको नयाँ क्याविनेटको ।ओली क्याबिनेटमा नियुक्त भएका २२ मध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका हुन् ।

यो क्याबिनेटमा दुई उपप्रधान र दुई मन्त्री महिला छन् । कांग्रेसले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका काठमाडौँ–१ बाट निर्वाचित सांसद प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाएको हो ।

कांग्रेसबाट गृहमा रमेश लेखक मन्त्री बनेका छन् । लेखक अहिलेको कांग्रेस–एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र हुन् । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्रायः थियो ।

लेखक यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए । यस्तै काँग्रेसबाट अन्य मन्त्रीहरुमा परराष्ट्रमा आरजु राणा, स्वास्थ मन्त्रीमा प्रदीप पौडेल, युवा तथा खेलकुदमा तेजुलाल चौधरी, कानून मन्त्री अजय चौरसिया, संस्कृति मन्त्री बद्री पाण्डे, कृषिमन्त्री रामनाथ अधिकारी, उर्जा दीपक खड्का र वनमा ऐनबहादुर शाही मन्त्री नियुक्त भएका छन् ।

घरबाटै एक मन्त्री पठाएका देउवाले आफ्नो समूहमा छवटा मन्त्रालय राखेका छन् भने इतर समूहलाई चारवटा मन्त्रालय दिएका हुन् । चारवटामा पनि राष्ट्रपति रामचन्द्र पौडेलको कोटासमेत समावेश गरिएको चर्चा कांग्रेस वृत्तमा छ ।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई १४औँ महाधिवेशनमा सभापतिमा सघाएको गुनसमेत देउवाले तिरेका हुन् । संस्थापन समूहबाट रमेश लेखक, आरजु राणा, दीपक खड्का, ऐनबहादुर शाही र अजय चौरसिया छन् । त्यस्तै, तेजुलाल चौधरी राष्ट्रपतिनिकट रहेको चर्चा छ ।

संस्थापनइतर समूहबाट बद्री पाण्डे, प्रदीप पौडेल र रामनाथ अधिकारी छन् । त्यस्तै, एमालेले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ८ जना मन्त्रीहरू सरकारमा पठाएको हो । पौडेल यो सहित ८ पटक मन्त्री बनेका छन् ।

८ पटक मन्त्री बन्दा ५औं पटक अर्थ मन्त्रालयको बागडोर सम्हाल्दैछन् । अर्थबाहेक पौडेल युवा खेलकुद तथा संस्कृति मन्त्री, जलस्रोत मन्त्री, रक्षामन्त्री बनिसकेका छन् । यो पटक पौडेलले बर्षमान पुनले ल्याएको बजेट कार्यान्वयन गर्ने भएका छन् ।

नेपाली काग्रेसका नेता डा रामशरण महत सात पटक अर्थमन्त्री बनेका थिए भने पौडेल पाँच पटक एउटै मन्त्रालयमा पुगेका हुन् । पौडेल नीजि क्षेत्रका साथै सेयर बजारका लागि पनि निकै रुचाइएका मन्त्रीको रुपमा चिनिन्छन् ।

सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस वा गठबन्धन सरकारमा होस मन्त्री बन्ने अवसर पाइरहेका छन् । ६५ वर्षका पौडेल एमालेको दुई वर्ष अघि भएको एमालेको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।

सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । एमालेका अन्य मन्त्रीहरुमा पृथ्वीसुब्बा गुरुङ, बलराम अधिकारी, दामोदर भण्डारी, देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता मन्त्री भएका छन् ।

लमजुङबाट प्रतिनिधि सभा सांसद बनेका एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पनि हुन् । गुरुङ पार्टीभित्र खरो र प्रष्ट बोल्ने नेताका रूपमा चिनिन्छन् ।

उनलाई ओलीले सरकारका प्रवक्तासमेत बनाउने गरी सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि गुरुङ कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरदसिंह भण्डारीलाई मन्त्री बनाएर पठाएको छ । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । योसँगै ६९ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १३औं पटक मन्त्री बनेका हुन् ।

जनता समाजवादी पाटीबाट प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बनेका छन ्। यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए । मन्त्रिपरिषद्मा नयाँ अनुहार पनि यसपटक धेरै छन् ।

कांग्रेसको संस्थापन पक्षमा आरजु राणा, ऐनबहादुर शाही तथा संस्थापनइतर समूहका चारैजना बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट मानवीर राई, विद्या भट्टराई, देवेन्द्र दाहाल र राजकुमार गुप्ता नयाँ अनुहार छन् । यो मन्त्रीपरिषद्मा तुलनात्मकरुमा कांग्रेसबाट मन्त्री बनेकाहरु बढी विवादित छवि भएका देखिन्छन् ।

तिमध्येका एक हुन् काँग्रेसका तर्फबाट उर्जामन्त्री बनेका दीपक खड्का । उनी जलविद्युत् आयोजनाका प्रवर्द्धक पनि हुन् । उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् ।

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का पूर्वखानेपानी राज्यमन्त्री पनि हुन् । उनमाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ ।

उनले ५ करोड रुपैयाँभन्दा बढी भाडा स्काउटलाई नबुझाएको पनि स्काउटले जनाएको छ । सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि त्यो समेत कार्यान्वयन हुन सकेको छैन ।

उनी शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका हुन् । यस्तै डा. आरजु राणा देउवा पनि भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरणलगायत काण्डमा मुछिएको नाम हो ।

उनलाई पक्राउ गर्ने तयारी रहेकोसम्मको हल्ला चलेको थियो । तर, राजनीतिक समीकरण फेरिएपछि उनी आफैं सबैभन्दा शक्तिमा पुगेकी छन् । उनको फाइल खोल्ने योजनामा रहेका रवि भने प्रतिपक्षमा पुगेका छन् ।

ओलीको यो मन्त्रिपरिषद्मा दुई जना महिलामन्त्री बनेका छन् । कांग्रेसबाट आरजु राणा र एमालेबाट विद्या भट्टराई । दुवै जना पहिलोपटक मन्त्री बनेका हुन् । राणा प्रतिनिधिसभामा समानुपातिकबाट सांसद हुँदै हाल कृषि समितिको सभापति बनेकी थिइन् ।

भट्टराई कास्की २ बाट निर्वाचित सांसद हुन् । राणासँग विगतमा सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ । भट्टराई त्रिविकी पूर्व उपप्राध्यापक हुन् । उनीसँग १७ वर्ष शिक्षण पेशाको अनुभव छ ।

तर २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् ।

समग्रमा नवनियुक्त प्रधानमन्त्री केपी ओलीको यो नयाँ क्याबिनेट तपाइँलाई कस्तो लाग्यो ? आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top