विराटनगरलाई हरियाली शहर बनाउने फुलबारीको प्रयास

४ साउन ८१, शनिबार

५ साउन, विराटनगर।
विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने साझेदारी संस्था फुलबारीले आफ्ना सदस्यहरुलाई विभिन्न किसिमका फलका विरुवाहरु उपहार दिने भएको छ । विराटनगर महानगरपालिकाको उत्तरी भेगको सरसफाइ र व्यवस्थापन गरिरहेको नेपाल फुलबारी वेस्ट थ्री आर पलुसन कन्ट्रोल सर्भिस प्राइभेट लिमिटेडले’ १ सदस्यलाई १ विरुवा ’ उपहार प्रदान गर्ने जनाएको छ ।

सो उपहारस्वरुपको विरुवा फुलबारीका सदस्यले आफ्नो घरको पायक पर्ने स्थानमा रोप्नु पर्ने फुलबारीका प्रमुख व्यवस्थापक उमेश कटुवालले बताए । कतिपय सदस्यहरुको विरुवा रोप्ने स्थान नभएको खण्डमा भने उनीहरुकै अनुमतिमा पायक पर्ने सार्वजनिक स्थानमा रोपिने र त्यसको संरक्षण समेत गरिने कटुवालले जानकारी दिए ।

विराटनगर महानगरपालिकाको १,२,३,४,५, र १९ न वडा गरि जम्मा ७ हजार सदस्यहरु रहेको फुलबारीको यस अभियानको सफलता पश्चात विराटनगरमा थप ७ हजार जति फलका विरुवाहरु हुर्किने विश्वास राखिएको छ । उपहार दिइने विरुवाहरुमा कम समयमा फल दिने किसिमको माल्दह तथा अम्रपाली आँप, लिचि, अमला, रातो अम्बा, रेड लेडि मेवा, बयर, सरिफा, आलुबखडा, नास्पति, चेरी, जामुन, सुपारी, अनार, बडर लगायतका फलहरु रहेका छन् ।

विराटनगर महानगरपालिका, सामाजिक संस्था अचेत समूहलगायत विभिन्न वातावरण अभियान्ताहरुको सहकार्यमा आईतबारबाट शुरु गरिने यस अभियानले विराटनगरको वातावरण संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । सरसफाइ र फोहोर व्यवस्थापन गरिरहेको फुलबारीको यस अभियानले विराटनगरलाई हरियाली शहर बनाउने सपना साकार बनाउन भुमिका खेल्नुका साथै आफ्ना सदस्य र संस्थाबीचको जिम्मेवारीलाई थप सशक्त पनि बनाउने फुलबारीका प्रमुख व्यवस्थापक उमेश कटुवालले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top