अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, कारण के हो ?

६ साउन, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकले आज(साउन ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ र बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत असार ७ गते र साउन ४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको थियो ।

आज एक यूरोको खरिददर १४५.४७ रुपैयाँ र बिक्रीदर १४६.१२ रुपैयाँ निर्धारण भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ रहेको छ ।

Advertisement

१० जापानी येनको खरिददर ८.४८ रुपैयाँ र बिक्रीदर ८.५२ रुपैयाँ, एक युएई दिरामको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.७३ रुपैयाँ र बिक्रीदर ४३८.६९ रुपैयाँ कायम भएको छ ।

यता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने एक महिनामै न्यून कायम भएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य २.९ प्रतिशत अर्थात प्रतिब्यारेल २.४८ डलरले घटेको छ । यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२.६३ डलरमा झरेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.२५ प्रतिशत अर्थात प्रतिब्यारेल २.६९ डलरले घटेको छ ।

यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ८०.१३ डलर कायम भएको छ । लगानीकर्ताले मध्यपूर्वको गाजामा युद्धविराम हुन सक्ने सम्भावनालाई आधार मानेर कारोबार गर्दा कच्चा तेलको मूल्यमा कमी आएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । गाजामा तनाव बढे यता विश्व आपूर्ति श्रृंखला प्रभावित हुन सक्ने भन्दै लगानीकर्ताले कच्चा तेलको मूल्यमा रिस्क प्रिमियम थप गरेका थिए ।

यसका साथै बलियो बनेको अमेरिकी डलरका कारण समेत कच्चा तेलको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार माइक्रोसफ्टको सफ्टवेयरमा आएको समस्याका कारण विश्वभरका विभिन्न उद्योग, हवाई कम्पनी, बैंक, स्वास्थ्य सेवा तथा मिडिया क्षेत्र प्रभावित बनेको थियो । यस्तै अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पनि पहिरो गएको छ । गत साता हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ४८३ डलर पुगेको सुनको मूल्यमा व्यापक गिरावट आएको हो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.६८ प्रतिशत अर्थात प्रतिऔंस ४१.०५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४००.७८ डलरमा झरेको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य १.८१ प्रतिशत अर्थात प्रतिऔंस ०.५४ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा कारोबार भईरहेको छ ।

यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एक साताको अवधिमा १ प्रतिशतले घटेको छ । यो साता सुन ट्रेडरको सेन्टिमेन्टमा व्यापक उतारचढाव आयो । यस्तो हुनुमा विभिन्न कारणले भूमिका खेलेका छन् । वर्तमान समयमा चीनको अर्थतन्त्र अपेक्षा विपरीत सुस्त गतिमा चलिरहेको छ ।

यस्तै आगामी नोभेम्बर ५ मा हुन गईरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्ने सम्भावना बढेसँगै डलरको मूल्य समेत वृद्धि भईरहेको छ । यी कारणले सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य एक साताको अवधिमा ०.२६ प्रतिशतले बढेको छ । यसका अतिरिक्त अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनले नाम फिर्ता लिन सक्ने सम्भावना समेत उच्च बनेका कारण सुनको मूल्य प्रभावित बनेको छ ।

डेमोक्रयाटिक पार्टीका उच्च तहका नेताहरुले ट्रम्पको हत्या प्रयासपश्चात बाइडेनले ट्रम्पलाई पराजित गर्ने सम्भावना नरहेको दाबी गरेका छन् । गत बिहिबार अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिकाको केन्द्रीय बैंकले सन् २०२४ को अन्त्यसम्म ब्याजदरमा कटौती गर्न नुहुने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top