उपसभामुखको बचाउमा रास्वपाले गरेको तर्क कि कुतर्क ?

६ साउन , विराटनगर।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रचण्ड रुपमा विश्वासको मत पाएका छन् । नेकपा माओवादी, नेकपा एस, रास्वपा, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मत हाले । बाँकीले ओलीलाई विश्वासको मत दिएका छन् ।

यससंगै ओली दोस्रो पटक दुई तिहाइको प्रधानमन्त्री बनेका हुन् । संसदमा संविधान संशोधनसहितको एजेण्डासहित आफूलाई प्रधानमन्त्रीका लागि विश्वासको मत मागेका ओलीले दुई तिहाइको विश्वासको मतले संविधान संशोधन गर्न थप बल पुर्याइदिएको छ।

यसअघि ०७४ को निर्वाचनपछि बनेको सरकारमा पनि ओली दुई तिहाइ समर्थनमा प्रधानमन्त्री भएका थिए । तत्कालीन नेकपाभित्रको आन्तरिक द्वन्द्वले प्रधानमन्त्री गुमाउन पुगेका ओलीले तीन वर्षपछि फेरि त्यही हैसियतको प्रधानमन्त्री भएका छन ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि आज संसद रोचक हुने नै भयो, यसमा उपसभामुख इन्दिरा रानामाथि आरोप र बचाउको जुहारीले थप रोचक बनाएको थियो ।

विश्वासको मतकालागि प्रस्ताव पेश गर्नुअघि ओलीले संसदलाई सम्बोधन पनि गरेका थिए । सो क्रममा उनले नयाँ गठबन्धन किन बन्यो र काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति पनि पढेर सुनाएका थिए ।

सोभन्दा अघिको सेसनमा काँग्रेसले उपसभामुखलाई घेर्ने र रास्वपा र माओवादीले बचाउ गर्नेमा दोहोरी चलेको थियो । मुख्य कलाकार थिए, काँग्रेसका रामहरी खतिवडा, माओवादीका माधव सापकोटा र रास्वपाबाट सुमना श्रेष्ठ । अन्य पनि कोरसमा थिए ।

सुरुमा सभामुखले समय दिएपछि बोलेका कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाको राजीनामा मागे । रानाले अमेरिकी दूतावासलाई पाँच जना व्यक्तिको भिसाको अन्तर्वार्ताको समय सारिदिन भन्दै लेखेको पत्रको विवादको छानबिन गर्नुपर्ने माग गरे ।

संसदीय छानबिन हुँदासम्म उपसभामुख राना संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्ने कांग्रेस सांसद खतिवडाले माग गरेका हुन् । सो क्रममा उनले प्रश्न गरे, ’संसद्सँग कुनै साइनो नभएको पाँच जना मान्छे अमेरिकाका भिसाको अन्तर्वार्ताको लागि प्रयोग गरिएको पत्र प्राप्त भयो, यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?,’

संसद्बाट विदेश भ्रमणमा जानुपर्ने भए संसद् सचिवालयको आफ्नै प्रक्रिया हुनुपर्नेमा त्यसलाई मिचेर उपसभामुखले पत्र लेखेको खतिवडाको भनाइ थियो ।’संसद्को मात्रै होइन देशको अपमान भयो ।

यस्तो अवस्थामा प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनु भन्दा संसद्भन्दा बाहिर बसेर सहयोग गर्नुपर्छ,’ उनले भने । उपसभामुखको कार्यालय भिसा सहजीकरण गर्ने कन्सल्टेन्सी हुन नसक्ने उनको भनाइ थियो ।

रामहरिले उपसभामुखमाथि लगाएका यी आरोपले माओवादी र रास्वपालाई आगो बनाएको थियो । जुन उनीहरुको जवाफी प्रस्तुतीले पनि देखाएको थियो ।

पूर्व शिक्षामन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाबाट गल्ती नभएको मात्रै होइन यस्ता आरोप उनको चरित्र हत्याका लागि लगाइएको भन्दै कड्किन ।

उनले यसमा आपत्ति जनाइन् र भनिन् अमुक मान्छेलाई भिसा दिनुपर्छ भनेर सदन र सडकमा आन्दोलन भएको होइन ? यहाँ उनले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिदा केही सांसदहरुले बोलेका कुरालाई लक्षित गरेकी हुन् ।

तर अहिले उपसभामुखमाथि प्रश्न उठाइएको भन्दै उनले भनिन्, ‘आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऊँ ।’

उपसभामुखको विषयमा अनावश्यक मिडिया ट्रायल भएको पनि सुमनाको भनाइ थियो । सहजै मानव तस्करीको आरोपसमेत लगाएको भन्दै उनले भनिन्, ‘यति सजिलै मानव तस्करी डिक्लियर गर्न मिल्छ ।

ल डिक्लियर गर्नुस् त भुटानी शरणार्थी कसले गरेको हो भनेर ?’ सांसद श्रेष्ठले अगाडि भनिन्, ‘एउटा महिला जसले यस्तो कठिन समयमा यहाँ आउनुभएको छ, उहाँलाई हेप्न चाहिँ नखोज्नुहोला ।’ साँच्चै छानबिन गर्ने हो भने रास्वपा तयार रहेको उनले बताइन् ।

तर निरन्तर मिडिया ट्रायल गरेर एउटा भाष्य बनाउन खोजिएको भन्दै सुमनाले भनिन्, ‘एउटा मान्छेको चरित्र हत्या गर्ने, त्यो पनि संवैधानिक परिषद्मा एमालेको दुईटा, माओवादीको दुईटा, रास्वपाको एउटा ।

अल्पमतमा प¥यो भनेर हो भने माग्नुस् न माग्नुस्, दिउँला ।’ आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै रास्वपा सांसद सुमनाले भनिन्, ‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’

श्रेष्ठले मानव तस्करीजस्तो गम्भीर आरोप लगाएर हेप्न खोजिएको बताएकी हुन् ।सुमनापछि बोलेका नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा पनि उस्तै कडारुपमा प्रस्तुत भए ।

उनले उपसभामुख इन्दिरा राना मगरमाथि गलत उद्देश्यका साथ प्ररित भएको पाइए आफूहरू सशक्त ढंगबाट प्रतिवादमा उत्रने चेतावनी दिए । संवैधानिक परिषद्मा अल्पमतमा परेपछि उपसभामुखको विषयलाई हाइलाइट गरिएको बताए ।

‘उपसभामुखको विषय आयो। खासगरी, राजनीतिक र नैतिक प्रश्न यो हो। यसलाई स्वीकार गर्नुपर्छ। संवैधानिक परिषद्मा तपाईंहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ हाइलाइट गरिएको छ।

यदी साँच्चै त्यो हो भने मान्छेको चरित्र हत्या गर्नेका प्रति संसद्ले न्याय गर्न पर्छ,’ उनले भने । साथै, सांसद सापकोटाले प्रतिपक्षीले यो विषयलाई सशक्त ढंगबाट प्रतिवाद गर्ने बताए ।

‘संवैधानिक परिषद्मा रातारात के के निर्णय गर्न परेको छ, त्यो उद्देश्यका साथ प्रेरित गरिएको हो भने हामी प्रतिपक्षीले सशक्त ढंगबाट प्रतिवाद गर्छौं,’ उनले चेतावनी दिए ।

सापकोटा उपसभामुखका लागिमात्रै होइन कुलमान घिसिङका लागि संसदमा उभिएका थिए । उनले प्रधानमन्त्री ओलीले विद्युत महसुल नतिर्ने उद्योगहरूमा विद्युत जोड्न दिएको निर्देशनप्रति पनि आपत्ति जनाए ।

सापकोटाले सरकारले सुशासनलाई धावा बोलेको आरोप लगाए । कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अंगहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधान गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीको जंगबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको उनको दाबी छ । ओलीको यो निर्देशनले यो सरकार किन गठन भएको भन्ने प्रष्ट भएको पनि सापकोटाको टिप्पणी थियो ।

प्रतिपक्षमा रहेका रास्वपा र माओवादी केन्द्रले एक स्वरमा उपसभापतिमाथि लागेको आरोप मिथ्या भएको, चरित्र हत्याका लागि भएको, संवैधानिक परिषद्का लागि भएको भन्ने दाबी गरिरहँदा केही तथ्यहरुमा भने आँखा चिम्लन सकिन्न ।

जस्तो संयुक्त राष्ट्रसंघको कार्यक्रममा लग्नका लागि उपसभामुखले जसलाई प्रतिनिधि भनेर पत्रमा लेखेकी थिइन्, अहिले उनीहरूलाई चिन्दै नचिनेको भनेकी छन ।

त्यतिमात्र होइन, यसका लागि उनले पैसा लिएको, तर भिसा नलागेपछि फेरि पठाउँछु भनेर झुलाएको भन्ने विवरणसहितका अडियोका विवरण पनि सार्वजनिक भएका छन ।

राष्ट्रसंघको महिलासम्बन्धी कार्यक्रमसँग असम्बन्धित, आफूले पनि नचिनेका व्यक्तिबाट पैसा उठाएर अमेरिका लग्न भएको प्रयासलाई सुरक्षा विज्ञहरूले पनि मानव तस्करी भनेका छन ।

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने क्रममा रानाले प्रतिनिधिका रूपमा चार पुरुष र एक महिलालाई आफूसँगै अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन ।

उपसभामुखको लेटरप्याडमा लेखिएको पत्रमा उनले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि राष्ट्रसंघीय उक्त कार्यक्रमको प्रतिनिधि भएको दाबी गरेकी थिइन ।

महिला अधिकार तथा महिला आन्दोलनसँग उनीहरूको साइनो के हो ? यसको जवाफ पत्र लेख्ने उपसभामुखसँग हुनुपर्ने हो । तर, उनले लेखेको पत्र सार्वजनिक भएपछि भने उनले पाँचमध्ये एक जना (गौतम) लाई मात्र चिनेको बताएकी छन ।

त्यसो हुँदा चिन्दै नचिनेका व्यक्तिलाई प्रतिनिधिमण्डलको सदस्यका रूपमा प्रमाणित गरेर पत्र लेख्ने अधिकार उनले कहाँबाट पाइन ? अनि उनीहरूबाट पैसा लिएको मात्र होइन, अमेरिका जाने भिसा नलागेपछि अर्कोपल्ट लग्छु, अमेरिका नभए बेलायत वा अन्य देश लग्छु भनेर झुलाएको दाबीसहितको अडियो संवादको विवरण पनि सार्वजनिक भएको छ ।

त्यसैले त्यो संवादमा गरिएको दाबी तथा उपसभामुखले लेखेको पत्रको कानुनी परीक्षण गर्न अत्यावश्यक छ । हो, रास्वपाले पनि आज भनेजस्तै यसअघिका ठूला मानव तस्करीका आरोपीहरुले पनि कारबाहीको भागेदार बन्नुपर्छ ।

जस्तो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्न भएको संगठित अपराधमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला गृहसचिव, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकारसहितका व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

त्यस्तै गरि यही प्रकरण र अन्य सबै प्रकरण, घोटालाहरुमा मुछिएकाहरुमाथि छानविन, अनुशन्धान हुनै पर्छ । तर अरुलाई कारबाही भएन त्यसैले हाम्रालाई पनि हुनुहुँदैन भन्ने तर्क ठिक होइन ।

एक त उपसभामुखले पदमा रहुन्जेल आफ्नै भिसाका लागि त आफैले पहल गर्न पाउँदैनन् । यो संसद सचिवालय हुँदै परराष्ट्र मन्त्रालयले गर्ने हो ।

त्यसमाथि उनले लग्न खोजेका कोही पनि अमेरिका नगएकाले यो विषय सामान्य भएको रास्वपाको दाबी पनि अर्को भद्दा मजाक हो । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top