×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

गौतमले गरे रोहित–विराटको भविष्यवाणी

७ श्रावण २०८१

७ साउन, एजेन्सी ।

भारतीय क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् । श्रीलंका भ्रमणअघिको पत्रकार सम्मेलनमा गम्भीरले उनीहरूको भविष्यबारे टिप्पणी गरेका हुन् ।

सो क्रममा उनले भने, ‘उनीहरूले टिमका लागि के दिन सक्छन् भनेर टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा देखाइसकेका छन् । अब च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि उनीहरूले अझ राम्रो गर्न सक्छन्।’

गम्भीरले कोहली र शर्मा दुवैले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् । ‘उनीहरू एकदमै मोटिभेटेड छन्। उनीहरूले २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन्।

यो उनीहरूको व्यक्तिगत निर्णय हो। उहाँहरूले कति डेलिभर गर्न सक्नुहुन्छ त्यो उहाँहरूमा निर्भर रहन्छ।’ विराट र रोहित विश्वस्तरको खेलाडी भएको बताउँदै उनले उनीहरूलाई जुनसुकै टिमले लामो समयसम्म टिममा राख्न चाहने उनको भनाइ छ ।

हालै सम्पन्न टी– २० विश्वकपलगत्तै शर्मा, कोहली र रविन्द्र जडेजाले टी– २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए । भारतले यस वर्ष शर्माको कप्तानीमा विश्वकप जितेको थियो ।

मुख्य प्रशिक्षकमा गाम्भीर नियुक्त भएसँगै धेरैले शर्मा र कोहलीमाथि दबाब बढ्ने आशंका गरेका थिए । गौतमले आफू प्रशिक्षक बन्नु पूर्व पनि बढी उमेरका खेलाडीतर्फ लक्षित गर्दै खेलाडी छनोटको सम्पूर्ण अधिकार आफूसँगै मागेका थिए ।

धेरैको चासो रहेको सो विषयमा गम्भीरले भारतीय टिमको श्रीलंका भ्रमणअघि आफ्नो प्रतिक्रिया दिएका हुन् । श्रीलंका भ्रमणका क्रममा टी– २० फर्म्याटको कप्तानी सूर्यकुमार यादव र एक दिवसीयको कप्तानी रोहित शर्माले गर्नेछन् ।

ट्वान्टी–२० बाट सन्न्यास लिएका रोहित शर्मा र विराट कोहलीले एक दिवसीय टोलीमा स्थान पाएका हुन् । दुवैको उमेर ३५ वर्षभन्दा माथि छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top