×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कमला राष्ट्रपति बन्दा उनको उत्तराधिकारी उमेद्वार को ?

८ श्रावण २०८१

८ साउन,  एजेन्सी ।

कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छन् । एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेका थिए ।

ह्यारिसले भनेकी छन– ‘हाम्रो पार्टीको उम्मेदवार बन्नको लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ । आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो ।’ अब ह्यारिसको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीको आगामी अगस्त १९ देखि हुने नेशनल कन्भेन्सनले अनुमोदन गरेपछि उनी पार्टीको आधिकारिक उम्मेदवार बन्ने छिन् ।

यसअघि कमलालाई आफ्नो पार्टीभित्रै समर्थन जुटाउन चुनौती रहेको चर्चा गरिएको थियो । किनभने बाराक ओबामासहित कैयौं नेताहरूले उनलाई उम्मेदवारको रुपमा समर्थन गर्न हिच्किचाइरहेका थिए । ओबामाले बाइडन राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटेकोमा प्रसंशा गरेपनि ह्यारिसको समर्थन गरेका थिएनन् । उनले डेमोक्रेटिक पार्टीको अगस्टमा हुने कन्म्भेन्सनमा सहि उम्मेदवार छान्ने बताएर ह्यारिसलाई समर्थन नगर्ने संकेत दिएका थिए ।

यता अर्काे प्रभावशाली नेतृ न्यान्सी पेलोसीले पनि ह्यारिसलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा समर्थन गरेकी छन् । राजनीतिमा एक महिलाको रूपमा कमला ह्यारिस चतुर रहेको उनले बताएकी छन् । विविधता नै डेमोक्र्याटिक पार्टीको शक्ति रहेको उल्लेख गर्दै पूर्वसभामुखले पार्टीलाई एकतावद्ध हुन र रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन आग्रह गरेकी छन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन करिब १०० दिन बाँकी छ । यस्तै डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन अगस्ट १९ बाट सुरु हुँदैछ, जसमा नयाँ उम्मेदवार औपचारिक रुपमा चयन हुने बताइएको छ । यसैबीच डेमोर्क्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिको उमेदवार को भन्ने चर्चा पनि गर्न थालिएको छ । ह्यारिसले कसैको नाम लिइसकेकी छैनन् ।

अन्तिम मनोनयन स्वयं ह्यारिसकै पनि शिकागोमा हुने पार्टीको सम्मेलनले तय गर्नेछ । उपराष्ट्रपतिका निम्ति केही नाम चर्चामा छ । चर्चामा केन्टुकीका गभर्नर आन्डी बेशियरको नाम पनि छ । रिपब्लिकनको बलियो अवस्था भएको स्थानमा यसअघि उनले डोनाल्ड ट्रम्पले छानेको उमेदवारलाई पराजित गरेका थिए । उनले गत वर्ष महान्यायाधिवक्ता रहिसकेका डेनियल क्यामरुनलाई पराजित गरेका थिए ।

उनले रेकर्ड कायम हुने खालको केन्टुकीमा आर्थिक वृद्धि गरेको बताइएको छ । अनुशासित पनि मानिने ४६ वर्षीय उनी दुई कार्यकाल केन्टुकीको गभर्नर भइसकेका स्टेभ बेशियरका छोरा हुन् । उनी गर्भपतनका समर्थक हुन् । अर्का सम्भावित दाबेदार हुन्, नर्थ क्यारोलिनाका गभर्नर रोय कुपर । ६७ वर्षीय उनको जब एप्रोभल रेटिङ बलियो मानिन्छ ।

उनले गएका दुई दशकमा ६ राज्यस्तरका चुनाव जितेका छन् । उनी गर्भपतनका पक्षधर हुन् । ट्रम्पले स्टेट इलेक्टोरल मत जितेको भए पनि उनी सन् २०२० मा ४.५ प्रतिशत प्वाइन्टसहित पुननिर्वाचित भएका थिए । अर्का दाबेदार हुन्, एरिजोनाका सिनेटर मार्क केली । उनी पूर्वअन्तरिक्षयात्री र नाभी क्याप्टेन पनि हुन् । उनी २०२० देखि एरिजोनाका सिनेटर छन् ।

रिपब्लिकनको वर्चस्व भएको राज्य भए पनि त्यहाँ उनको राम्रो प्रभाव मानिन्छ । ६० वर्षीय उनले २०१३ मा अमेरिकन्स फर रेस्पोन्सिबल सोलुसन नामक संस्थामार्फत बन्दुकबाट सिर्जित हिंसाको समाधानबारे मिसन चलाएका थिए । अर्का व्यक्ति हुन्, पेन्सिलभानियाका गभर्नर जोश शापिरो । ५१ वर्षीय उनले राज्यस्तरका तीन चुनाव जितिसकेका छन् । ऊर्जा क्षेत्रमा राज्यमा उनले राम्रो काम गरेको मानिन्छ । उनी पेन्सिलभानियामा गर्भपतन मामिलाका कट्टर प्रस्तावक मानिन्छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top