NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

घरैसमेत पहिरोले बगाएपछि परिवारै बेपत्ता

आइतवार साउन १३ , २०८१
Reading Time: 1 min read
A A
घरैसमेत पहिरोले बगाएपछि परिवारै बेपत्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ साउन,काठमाण्डौ।

गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एकै घरपरिवारका हुन् । आइतवार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो । पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती वर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘बेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने भन्ने बुझिएको छ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहेको छ ।’ अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको उनले जानकारी दिए ।

LS Auto

उद्धार हुनेमा सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङ रहेका छन् । उनीहरुमध्ये दिलीपको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिबाट काठमाडौं लैजाने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए । पहिरोस्थल नजिकै वाटर इनर्जी हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ । सोही हाइड्रो पावरमा काम गर्ने मजदुरसहित नौ जना गएराति सो घरमा बास बसेका थिए ।

राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको हो । घरमा बास बसेका केही कामदारले भने भागेर ज्यान जोगाएका छन् । पहिरोले एउटा कुखुरा फार्म र केही मेसिन पनि बगाएको छ । घटनास्थलबाट भागेर ज्यान जोगाएका खमबहादुरले पहिरोमा मानिसहरु पुरिएको जानकारी गराएका थिए । पहिरोमा बेपत्ता भएकाहरुको उद्धारका लागि थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी गराए ।

यसैबीच दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन् । उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन् । अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले पनि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ ।

जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । त्यस्तै, धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ । यस्तै लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन भएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच अबका केही दिन रातिको समयमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । गएराति पनि काठमाण्डौ उपत्यकासहित वागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको थियो । आउँदो बुधबारसम्म नै विभिन्न ठाउँमा राति मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

उनका अनुसार आज र भोलि पूर्वी र मध्य तथा मंगलवार र बुधवार पश्चिमी क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना धेरै छ । अहिले मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमै रहे पनि मनसुनी गतिविधि भने थप सक्रिय बन्ने देखिएको मौसमविद् महर्जनले बताइन् । आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

Tags: #अबको केही रात मुसरधारे वर्षा#घरैसमेत पहिरोले बगाएपछि परिवारै बेपत्ता#महाकालीमा महिला बेपत्ता

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.