×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

सन्दीप–दीपेन्द्रको टोलीको तेस्रो हार,रोहितको टोलीपनि पराजित

१४ श्रावण २०८१

१४ साउन , एजेन्सी ।
क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका तीन सदस्य सम्मिलित टोलीहरुले हारको सामना गरेका छन् । आज विहान भएको खेलमा कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।

सरे ज्याकवार्ससँगको खेलमा रोहितको टोली ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा अल आउट हुदै ८१ रन बनायो ।

नेसनल्सका लागि ओपनर उन्मुक्त चन्दले १७ बलमा सर्वाधिक २१ रन बनाए । यो खेलमा ब्याटिङको मौका पाएका नेपाली कप्तान रोहितले २५ बलमा १० रन बनाएका थिए । रासि भान डार डुसेनले २१ बलमा १५ तथा निकोलस किर्तनले ९ बलमा ११ रन थपे ।

सर्रेका लागि सुनिल नारायण र मार्कस स्टोईनेसले समान ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । सर्रेका लागि कप्तान मार्कस स्टोईनेसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए ।

विरनदिप सिंहले २३, कायल मेयर्सले २७, ब्रेन्डन म्याकमुलनले १८ तथा मोहम्मद नाबीले १३ रन बनाए । टोरोन्टोका लागि मोहम्मद रोहिड र जुनैद सिद्धिकीले समान २ तथा रोमासियो शेफर्डले १ विकेट लिए । नेसनल्सको अर्को खेल मंगलबार रहेको छ ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुभर नाइट्सले पनि लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हार बेहोर्ने क्रममा मोन्ट्रियल टाइगर्स विरुद्ध भेनकुभर १० रनले पराजित भएको हो ।

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे । दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए । त्यसबाहेक रिजा हेन्ड्रीक्सले ३४ तथा डवेन प्रिटोरियसले ३० रन जोडे।

हर्श ठाकेरले १८ रन बनाए । मोन्ट्रियलका आयान अफजल खानले ३ तथा कलिम सनाले २ विकेट लिए । एक विकेट अज्मतुल्लाह ओमारजाईको नाममा रह्यो । त्यसअघि टस जितेर पहिला बलिङ गरेको भेनकुभरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनमा रोकेको हो ।

भेनकुभरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चिए । उनले दिलप्रित बाज्वालाई बोल्ड आउट गरेका थिए । यस्तै नेपाली अल राउण्डर दीपेन्द्र सिंह ऐरीले भने बलिङ गर्ने अवसर पाएनन् ।

यस्तै भेनकुभरका लागि मोहम्मद आमिर र ड्वेन प्रिटोरियसले समान २ र जेरेमी गोर्डनले १ विकेट लिए । मोन्ट्रियलका लागि कोर्विन बोस्च्सले २५ बलमा सर्वाधिक ३५ रन बनाए ।

यस्तै बाज्वाले २२ बलमा सर्वाधिक ३३ रन बनाएका थिए भने अज्मतुल्लाह ओमारजाईले २७ रन बनाए । टिम साइफर्ट र आयान अफजल खानले समान १६ रन बनाए भने कप्तान क्रिस लिनले १० रन जोडे । भेनकुभरको अर्को खेल बिहीबार हुनेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top