×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

बजारमा आयो हाइजेनिक प्रविधियुक्त तयारी चाउचाउ

२ आश्विन २०७५

झापा,असोज २
झापाका उद्योगी तथा व्यवसायीले मेची अञ्चलमै पहिलो पटक वातावरणमैत्री स्वच्छ सफा हाइजेनिक प्रविधियुक्त तयारी चाउचाउ उद्योग सञ्चालनमा ल्याएका छन् । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्राण्ड एम्बासेडर बनाएका मेचीनगर १४ दुवागढीस्थित मनसा थाई फूडस् प्रा.लिद्धारा उत्पादित मगमग तयारी चाउचाउ बजारमा ल्याएका हुन् ।

उद्योगले झापाको बिर्तामोडमा आज पत्रकार सम्मलेनको आयोजना गर्दै आफ्नो ब्राण्डका चाउचाउ आजैदेखि बजारमा बिक्री वितरण सुरु गरिएको उद्योगका सञ्चालक पशुराम अग्रवालले जानकारी दिए । नेपालकै ख्याती प्राप्त तथा दक्ष अनुभवी चाउचाउ विशेषज्ञहरुको प्रत्यक्ष लगानीमा अत्याधुनिक प्रविधि र मेशिनहरुको प्रयोग गरिएको यो चाउचाउ उद्योग नेपालकै सबैभन्दा ठूलो उद्योग भएको सञ्चालक गणेश प्याकुरेलले बताए ।

Advertisement
Advertisement

वाईवाई र रमपम ब्राण्डका चाउचाउ उद्योगमा २५ वर्ष विशेषज्ञको रुपमा काम गरिसकेका सञ्चालक प्याकुरेलका अनुसार एक सय करोड लगानीमा सञ्चालनमा ल्याएको यस उद्योगबाट दैनिक ७ लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन हुन्छ । उद्योगी अग्रवाल, प्याकुरेल, ओमप्रकाश अग्रवाल, सञ्जय गोयल र अजय अग्रवालको संयुक्त लगानीमा सञ्चालन ल्याइएको यस उद्योगले ८१ ग्रामको मगमग तयारी चाउचाउ मूल्य २० रुपैयाँ राखेको छ ।

Advertisement
Advertisement

असोज महिनाभित्रै ७० ग्रामका प्यारी ब्राण्डका १५ रुपैयाँ पर्ने चाउचाउ बजारमा ल्याउने तयारी भइरहेको छ । मगमग, प्यारी, रेलिमाई, गट्टुबट्टु चारै ब्राण्डका चाउचाउ भेज र चिकन स्वादमा पाइन्छ । साथै उद्योगले चाउचाउ बाहेक चीजबल, चीजरङि, कटुकुट लगायतका विभिन्न प्रकार स्न्याक्सहरु समेत बजार ल्याउने तयारीमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top