×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

जनजनको मन जित्दै लम्किदैछ नेपाल टाइम्स

२४ श्रावण २०८१

२४ साउन विराटनगर ।

कसैले मन पराउनु र कसैको मनमा बस्नु दुई फरक कुरा हुन् । मन पराइनेको नराम्रो पक्ष वा कमजोरी मन नपर्न पनि सक्छ । आज मन पराइनेहरु भोलि मन नपर्न पनि सक्छन् । तर मनमा बसेकाहरु आफ्ना हुन् उनीहरुलाई तमाम कमिकमजोरीका साथ अपनाइएको हुन्छ । अपनत्वले नै उसका गुण, अवगुण, खोट, चोट सबै प्रिय लाग्छ ।

Advertisement
Advertisement

यसैले उसलाई सच्याउने, झक्झक्याउने र मार्गदर्शन गर्ने गरिन्छ । यस मानेमा नेपाल टाइम्स अनलाईन टेलिभिजन भाग्यशाली रह्यो । आफ्ना दर्शक, पाठक, शुभचिन्तकबाट मन पराउने त छदैछ मनमै बस्ने शौभाग्य पायो । वितेको ७ वर्षमा हामीजस्तै थुप्रै नयाँ माध्यम खुले । पूराना त छदैथिए । तर प्यारा दर्शक, पाठकहरुको साथ, माया, समर्थन र हौसला हामीलाई वर्षैपिच्छे झन झन थपिदै गयो ।

तपाईहरुको यही अपनत्वको प्रतिफल हामी सिल्भर बटन हुँदै गोल्डेन बटन नजिक पुग्दैछौं । हामीले शून्यबाट सुरु गरेको यात्रा आज फेसबुकमा १५ लाखबढी, युट्युवमा सात लाख बढी साथीहरु जोडिनु भएको छ । र यो क्रम बढ्दोरुपमा छ । यो सबै तपाईले हामीलाई मनमा राखेका कारणले हो । हामीलाई माया गर्दै, साथ दिदै, सच्याउँदै, सम्झाउँदै यहाँसम्मको यात्रामा डोर्याएको यहाँहरुले नै हो ।

यसका लागि यहाँ सम्पूर्ण दर्शक, पाठकहरुलाई हृदयदेखि नै आभार । आज सातौं वार्षिक उत्सव मनाइरहँदा शुभकामनाको पहिलो हकदार तपाई दर्शकपाठक, शुभचिन्तकहरु नै हुनुहुन्छ । यो अवसरमा हामी यहाँहरुलाई फेरि पनि विश्वास दिलाउन चाहान्छौ कि तपाईहरुको यो साथ र भरोसा व्यर्थ हुने दिने छैनौं । झन हरेक वर्ष हामी तपाईहरुका लागि विश्वासिलो, विश्वसनीय र जवाफदेही बन्न क्रियाशील छौं ।

अरुभन्दा छिटोको होडमा नलागी सत्यतथ्य समाचार, सूचना सम्प्रेषण गरिरहने फेरि एक पटक प्रण गछौं । जसरी हाम्रा समाचार, समाचारमुलक सामाग्रीहरु, सम्पादकीय, विश्लेषण, अन्तर्वाताहरुलाई यहाँहरुले रुचाइदिनु भएको छ, विश्वास गरिदिनु भएको छ । नेपाल टाइम्स एक पटक नहेरी चित्तै बुझ्दैन, निन्द्रा नै लाग्दैन भन्ने यहाँहरुबाट आएका प्रतिक्रिया, यो विषय उठान गनुपर्छ भन्ने जस्ता सुझाव सल्लाहहरु हामी सधैं शिरोपर राख्नेछौ, मनन् गर्नेछौं ।

नेपाल टाइम्स नहेरी चित्त नबुझ्ने मात्रै होइन सूचना र पूर्ण समाचारका लागि नेपाल टाइम्स हेरेपछि अरु हेर्नै नपर्ने बन्नका लागि हाम्रो प्रयत्न हिजो पनि थियो आगामी दिनमा पनि जारी रहनेछ । २०७४ साउन २४ को त्यो दिन फर्केर हेर्दा एकातिर सिमित स्रोतसाधन, श्रब्यदृश्यको दुनियामा टेलिभिजनहरुका माझमा फरक र नौलो प्रयास, थोरै जनशक्ति । तर अथाह उर्जा अनि आवाजविहिनहरुको आवाज बन्ने, नव युगको नयाँ सारथी बन्ने, अनलाइन टेलिभिजनको दुनियाँमा नयाँ केही गर्ने अथाहा विश्वास र हुटहुटी थियो ।

त्यसैको बलमा काम गर्दै थियौं कहिले कोरोना महामारी त कहिले त्यसले बजारलाई पारेको प्रभावमा हामी पनि पर्यौं । योबीचमा अन्य विभिन्न अवरोध, अप्ठ्यारा पनि आए । तर त्यसले रोकिनेवाला हामी कहाँ थियौं र । चुनौतीसंग लड्ने बानी परेका हामीले केही नयाँ कुराहरु स्थापित पो गर्यौ, केही नयाँ ट्रेण्ड चलायौं । जस्तो कि भिडियो सम्पादकीय । विगतमा हुँदै नभएका त होइनन् तर हामीले सुरु गरेपछि यसको अहिले ब्यापक अनुशरण गरिएको छ ।

जसलाई सरहाना गर्दै तपाईहरुले थप उत्पेरणा जगाईदिनु भयो । हाम्रा राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद, विज्ञान सबैखाले छोटा भिडियो समाचारहरु, हेडलाइनहरु दर्शकहरुको रोजाईमा परेका छन् । हामीले हरेक दिन घटित राजनीतिक परिदृश्यहरुलाई सकभर छुटाएका छैनौ । राष्ट्रिय राजनीति, त्याहा भित्रका दृश्य र अदृश्य खेलहरु, अन्तर्राष्ट्रिय परिवेशले जनसरोकारलाई पारेको प्रभावलाई हामीले प्राथमिकतामा नै राखेका छौं ।

किसान, मजदुर, युवा, गरिखाने वर्गको मुद्या र विदेशिएकाहरुको पीडा हाम्रा एजेण्डा हुन् । शक्ति, सत्ता र जुनसुकै पदमा बसेर अनैतिक, भ्रष्टाचार गर्ने, जनतालाई दुख दिनेविरुद्ध हामी जहिल्यै खडा भएका छौं । सरकारको सूचक ,सचेत आलोचक र प्रतिपक्षको समेत हामीले भूमिका निर्वाह गर्दै आएका छौं । यसभित्र हामीले पत्रकारिताको धर्म र परिधि कहिल्यै नाँधेका छैनै । नत नाध्ने नै छौं ।

त्यही परिधि भित्र रहेर तपाइँलाई सुसुचित गर्ने हाम्रो कर्ममा सधैं साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौं । आगामी दिनमा हामी तपाईहरुसँगै रहेर थप उर्जा, थप आत्मविश्वास, थप कार्यक्रमहरुका साथ थप सशक्त सूचनाको माध्यम बन्ने छौं । अन्त्यमा हाम्रा सबै शुभचिन्तक, विज्ञापनदाता, हाम्रा कर्मठ र जुझारु पर्दा भित्र र बाहिरका कर्मचारी, सम्पूर्ण नेपाल टाइम्स परिवारप्रति हार्दिक आभार तथा आठौं वर्षमा प्रवेश गरेको यो वार्षिक उत्सवको हार्दिक मंगलमय शुभकामना ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top