×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

युनुसको आज शपथ, कस्तो बन्ला बंगलादेशको सरकार ?

२४ श्रावण २०८१

२४ साउन , विराटनगर।

दर्शकबृन्द, आज तपाइँहाम्रो नव युगको नयाँ सारथी नेपाल टाइम्स अनलाइन टेलिभिजनले सातौं वर्ष पुरा गरेको छ । यो सात वर्ष पारगरि आठौं वर्षमा खुट्किला चढ्दै गर्दा यहाँहरुको निरन्तरको साथ, सर्मथन र विश्वास हाम्रालागि अक्सिजन बनेको छ । अघि बढीरहने बलियो आधार बनेको छ । आज यो खुसी तपाइँहरुसंगै साट्न पाउँदा हामी निकै नै गौरवान्वित छौं ।

Advertisement
Advertisement

यहाँहरु सम्पूर्णलाई वार्षिक उत्सवको हार्दिक शुभकामना । अब लागौं आजको विषयवस्तुतर्फ । नेपालजस्तै राजनीतिक अस्थिरता भएका मुलुकहरुका लागि र आफ्नो प्रभाव बढाउने होडमा रहेका शक्तिराष्ट्रहरुका लागि बंगलादेश यतिबेला हट टपिक भएको छ । विशेषगरी चीन, भारत, पाकिस्तानदेखि अमेरिका, बेलायतसम्मले यसलाई नजिकबाट नियाली रहेका छन् ।

एकातिर त्यहाँ रहेका आफ्ना नागरिकहरुको चिन्ता छ भने अर्कातिर अब बंगलादेशको सत्ता कसरी आफूतर्फ ढल्काउन सकिन्छ भन्नेमा शक्तिराष्ट्रहरु हिसाबकिताब गरिरहेका छन् । भारतलाई यसमा सबैभन्दा धेरै चिन्ता छ, किनभने हसिना सरकार जो उसको निकट थियो अब फुत्किएको छ । यसबीच उता बंगलादेशमा भने अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन् ।

अन्तरिम सरकार प्रमुख नियुक्त हुँदा उनी फ्रान्सको पेरिसमा थिए । पेरिसबाट आज दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम रहेको बंगलादेशी समाचार संस्थाहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । समाचारहरूका अनुसार युनुस दुबई हुँदै दिउँसो २ः१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

त्यसपछि राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन् । बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन् । युनुसले आजै आफू नेतृत्वको अन्तरिम सरकारको १५ सदस्यीय सल्लाहकार समिति गठन गर्ने तयारी गरेको बताइएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् ।

साथै जमानले बंगलादेशमा ३–४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेको समेत जानकारी दिए । उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफुले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रकृयामा फर्किने विश्वास व्यक्त गरेका छन् ।

युनुसको आगमनमा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)ले ढाकाको नयाँ पल्टनमा ¥याली समेत गर्न लागेको छ ।उता देश फर्कनुअघि युनुसले आन्दोलनमा सहभागी विद्यार्थी र विद्यार्थीको आन्दोलनलाई बुलन्द बनाउन सहयोग गर्ने सबैलाई बधाई ज्ञापन गरेका छन् । आफ्नो अफिसियल वेभसाइट युनुस सेन्टरमार्फत विज्ञप्ती जारी गर्दै उनले नयाँ जितको राम्रो सदुपयोग गर्न र शान्त रहन पनि आह्वान गरेका छन् ।

‘कृपया सबै प्रकारको हिंसाबाट बच्नुहोस्। म सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक व्यक्तिहरूलाई शान्त रहन आग्रह गर्दछु। यो हाम्रो सुन्दर देश हो जहाँ धेरै रोमाञ्चक सम्भावनाहरू छन्। हामीले यसलाई हाम्रो र हाम्रा भावी पुस्ताहरूका लागि सुन्दर देश बनाउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । उनले नयाँ संसार सिर्जनाका लागि नेतृत्व दिन तयार रहेका युवाहरू कुनैपनि अर्थहीन हिंसामा गएर मौका गुमाउन नहुने पनि बताएका छन् ।

‘कृपया थप शत्रुहरू सिर्जना नगर्नुहोस्। शान्त हुनुहोस् र देश निर्माणको लागि तयार हुनुहोस्,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘ यदि हामीले हिंसाको बाटो लियौं भने सबै नष्ट हुनेछ। कृपया शान्त रहनुहोस्। आफ्नो वरपरका मानिसहरूलाई शान्त रहन मद्दत गर्नुहोस्।‘यता बंगलादेशबाट भागेर भारत पुगेको दुई दिन बितिसक्दा पनि शेख हसिनाले कहाँ शरण लिन्छिन्, स्पष्ट छैन । उनको लागि अहिलेलाई बेलायत र अमेरिकाको ढोका बन्द भइसकेको संकेत देखिएको छ ।

हसिनाले बेलायतमा राजनीतिक शरण नपाएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । त्यसैले उनी अहिले अन्य विकल्पको खोजीमा छिन् । हसिनाले यूएई, साउदी अरब र फिनल्यान्डमा शरणका लागि कोसिस गरिरहेको बताइएको छ । तर, उनका छोरा सजीव वाजेद जोयले भने हसिनाले कहीँ पनि शरण नखोजेको दाबी गरेका छन् । उनले हसिना आफ्नो परिवारका सदस्यहरू रहेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारत यात्रा गर्नसक्ने बताएका छन् । जोयले आफू वासिङ्टनमा, सानीमा लन्डनमा र दिदी दिल्लीमा बस्ने गरेको बताएका छन् ।

अमेरिकाले भने उनको भिसा रद्द गरिदिएको खबर छ । मंगलबार हसिना अझै केही दिन भारतमा रहनसक्ने खबर बाहिरिएको थियो । यसबीच गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । सबैले विश्वास गरेका युनुसले नै अब बंगलादेशलाई नयाँ बाटोमा लैजाने छन् ।

Advertisement

यसमा तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top