युएईमा रहेका नेपाली रक्सी खाएर झगडा नगर्नू

२४ साउन ,  एजेन्सी ।

Advertisement

संयुक्त अरब इमिरेट्स युएईमा रहेका नेपालीहरुले मदिरा सेवन गरी होहल्ला गर्ने गरेको भन्दै गुनासो बढेको छ । यसैबीच त्यहाँ रहेका नेपाललाई रक्सी खाएर हल्ला र झगडा नगर्न आबुधाबीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । युएईमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने सूचना प्राप्त भएकाले सबैलाई सचेत रहन दूतावासले अनुरोध गरेको छ ।

राजदूतावास परिसर बाहिर मदिरा सेवन गरेर वा नगरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्नेलाई युएई सरकारको तर्फबाट ड्युटीमा तैनाथ सुरक्षाकर्मीको सूचनाका आधारमा युएईका प्रहरीले कारबाही गर्न सक्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

दूतावासले युएईको ऐन कानुन, नियम र मूल्य मान्यताको पालना गरी सोही अनुरुप व्यवहार युएईमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेको छ । दू्तावासले साउन २२ गते नै सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको हो ।

यूएईका ‘सम्बन्धित निकाय’ले नेपालीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना दूतावासलाई दिएको जनाएको छ । दूतावासका सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको यूएई सरकारका तर्फबाट डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top