×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हसिनाका छोरा भन्छन्ः मेरी आमा अझै प्रधानमन्त्री

२६ श्रावण २०८१

२६ साउन, एजेन्सी ।

बंगलादेशमा अर्थशास्त्री मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुखको हैसियतमा शपथ ग्रहण गरिसकेका छन् । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले युनुस र नयाँ अन्तरिम सरकारका अन्य सदस्यलाई पनि शपथ गराइसकेका छन् । मुख्य सल्लाहकारका रूपमा युनुसको भुमिका प्रधानमन्त्रीजस्तै रहेको बताइएको छ । अन्तरिम सरकारमा १६ जना थपिएका छन् ।

Advertisement

यता बंगलादेश छाडेर भारत भागेकी शेख हसिनाका छोरा सजीव वाजेदले भने आफ्नी आमा टेक्निकल्ली अझै प्रधानमन्त्री नै रहेको दाबी गरेका छन् । उनले आफ्नी आमाले प्रधानमन्त्री पदबाट आधिकारिक रूपमा राजीनामा नदिएको बताएका छन् । अमेरिकाको वासिङ्टनबाट वाजेदले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफ्नी आमाले प्रधानमन्त्री पदबाट राजीनामा दिइनसकेको र संविधानअनुसार उनी अझै प्रधानमन्त्री रहेको दाबी गरेका हुन् ।

‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन । त्यसका लागि उहाँले समय नै पाउनुभएन’, वाजेदले भने, ‘उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो । तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर ¥याली गर्न थाले । उहाँले आफ्नो सामान त सबै प्याकिङ गर्न भ्याउनु भएन।’ उनको जिकिर छ, ‘संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ।’

राष्ट्रपतिले सैनिक प्रमुख र विपक्षी दलहरूसँग परामर्श गरेर संसद् विघटन गरे पनि प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नदिई गठन गरिएको अन्तरिम सरकारविरुद्ध अदालत जान सकिने चेतावनी दिएका छन् । यसैबीच उनले आगामी चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने बताए ।

‘अवामी लिग फेरि शक्तिमा आउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । त्यसो हुन नसके हामी विपक्षी दल बन्नेछौँ’, उनले भने । अवामी लिगले फेरि हसिनालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो त भन्ने प्रश्नमा वाजेदले भने, ‘यसै पनि मेरी आमा यही कार्यकालपछि विश्राम लिने तयारीमा हुनुहुन्थ्यो । यदि पार्टीले चाहेमा त सायद । यस विषयमा म पक्कै विचार गर्नेछु।’

यसैबीच बंगलादेशको राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा धेरै संगठनले प्रदर्शन गरेका छन् । शुक्रबारदेखि नै हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए । आन्दोलनरत संगठनहरूले हिन्दु समुदायको सुरक्षाको माग गरेका छन् ।

जातीय हिन्दु महाजोतलगायत सनातन धर्मका विभिन्न संघसंस्थाले आज दिउँसो ३ बजेका लागि सोही स्थानमा अर्को जुलुसको आह्वान गरेका छन् । बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार अगस्ट ५ पछिका ३ दिनमा बंगलादेशका खुलना, बागेरहाट, पटुआखाली, शरियतपुर, फरीदपुरलगायत कम्तीमा २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलमा तोडफोड र लुटपाट भएका छन् ।

संगठनहरूले हिन्दु समुदायविरुद्ध भएका यी आक्रमणमा धेरै मानिस घाइते भएको बताएका छन् । यसैबीच नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । कांग्रेसले उक्त अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको जनाएको छ ।

यसैगरी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक विशेष गरी हिन्दू, बुद्धिस्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने कांग्रेसले विश्वास लिएको छ ।

कांग्रेसको शुक्रबार भएको केन्द्रीय कार्यसमितिको बैठकले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको उल्लेख गरेको छ ।

त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने कांग्रेसको विश्वास रहेको पार्टीको निर्णयमा उल्लेख छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top