×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026

यस्ता छन् बंगलादेशको नवगठित सरकारका आठ निर्णय

२८ श्रावण २०८१

२८ साउन, विराटनगर । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि देशका शान्ति स्थापना र चुनाव गर्नका लागि गठन भएको अन्तरिम सरकारको पहिलो बैठकले विभिन्न आठ निर्णयहरू गरेको छ ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको हो ।

Advertisement
Advertisement

१७ सदस्यीय मन्त्रिपरिषदका १६ सदस्य मात्रै आइतबारको बैठकमा सहभागी थिए । मन्त्री नियुक्त भएपनि फारुक–ए–आजमले अहिलेसम्म शपथ लिएका छैनन् । उनी अमेरिकामा छन् । युनुसले मन्त्री नियुक्त गरेको चार दिन बितिसक्दा पनि आजमको बंगलादेश फर्किने समय निर्धारण भइसकेको छैन ।

बंगलादेशी समाचार संस्था द डेली स्टारका अनुसार आइतबारको बैठकले विद्यार्थी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ ।

प्रदर्शनमा घाइते भएकाहरूको सूची चाँडै बनाउने र उनीहरूलाई सरकारले नै उपचार गर्ने निर्णय आइतबारको बैठकले गरेको डेली स्टारले लेखेको छ । त्यस्तै प्रदर्शनमा मारिएकाहरूका परिवारलाई पनि सरकारले सहायता दिने निर्णय गरेको छ ।

बंगलादेशमा एक महिनाभन्दा लामो समय चलेको विद्यार्थीहरूको प्रदर्शनका क्रममा ४ सय जनाभन्दा बढीले ज्यान गुमाएको र हजारौं घाइते भएका थिए ।

बैठकले सेख हसिना नेतृत्वको सरकारले करारमा गरेका नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको छ । हसिनाले विभिन्न सरकारी निकायमा मनलाग्दी ढंगले आफ्ना कार्यकर्ताहरूलाई करारमा नियुक्ति दिएको भन्दै विरोध भएको थियो ।

ती सबै नियुक्तिहरूलाई खारेज गर्ने निर्णय भएको डेली स्टारले उल्लेख गरेको छ । त्यस्तै बंगलादेश बैंकका गभर्नर र धितोपत्र तथा विनिमय आयोगका प्रमुखको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

रिक्त स्थानमा पदपूर्तिका लागि सिफारिस समिति पनि गठन गरिएको छ । उक्त समितिलाई यथाशिघ्र सिफारिस गर्न भनिएको छ । समितिले सिफारिस गरेपछि सरकारले रिक्त स्थानमा पदपूर्ति गर्नेछ ।

बैठकले देशका केही स्थानमा अल्पसंख्यक जाति तथा धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे पनि चिन्ता प्रकट गर्दै ध्यानाकर्षण भएको बताएको छ । अन्तरिम सरकार प्रमुखले तुरुन्त प्रतिनिधि निकाय र अन्य सम्बन्धित समूहसँग बसेर यस्ता जघन्य आक्रमणको समाधानका उपायहरू खोज्ने निर्णय भएको छ ।

त्यस्तै, युनाइटेड अबर इमिरेट्समा प्रदर्शनका क्रममा पक्राउ परेका र सजाय सुनाइएका ५७ बंगलादेशी नागरिकहरुलाई रिहा गर्नका लागि अन्तरिम सरकारले पहल थाल्ने निर्णय गरेको छ ।

बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा समर्थन जनाउँदै युएईमा पनि बंगलादेशीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नागरिकहरूलाई रिहा गर्नका लागि आवश्यक परे अन्तरिम सरकार प्रमुख युनुसले नै संवाद गर्ने निर्णय भएको छ ।

बैठकले जुलाई १८ देखि बन्द रहेको ढाका एक्सप्रेस मेट्रो रेल सञ्चालन गर्ने निर्णय गरेको छ । काजीपारा र मिरपुरका क्षतिग्रस्त स्टेशनहरूमा भने केही दिनका लागि रेल रोकिने भएको छ ।

क्षतिग्रस्त स्टेशन मर्मत भएपछि नियमित चल्ने बताइएको छ । बंगलादेशमा विद्यार्थीहरूको देशव्यापी विरोध प्रदर्शन र नयाँ अन्तरिम सरकारले सत्ता सम्हालेपछि एक पछि अर्को गर्दै विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा दिइरहेका छन् ।

यसैबीच कुमिल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. एएफएम अब्दुल मोइनले पनि आइतबार राजीनामा दिएका छन् । मोइनले व्यक्तिगत कारण देखाउँदै आइतबार राजीनामा बुझाएका हुन् ।

‘व्यक्तिगत कारणले मैले आज दिउँसो यो पत्रमार्फत उपकुलपति पदबाट राजीनामा बुझाएको छु,’ विश्वविद्यालयका अध्यक्ष तथा कुलपति शाहबुद्दीनलाई पठाएको राजीनामा पत्रमा उनले लेखेका छन् ।

आफूले कुमिल्ला विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अधिकारी, कर्मचारीलगायत सबैको सर्वांगीण विकासको कामना गर्ने पनि पत्रमा उनले भनेका छन् ।

यसअघि आइतबारै बंगलादेशको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर काजी साहिदुल्लाहले राजीनामा दिएका थिए । ढाका विश्वविद्यालय र शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालयसहित सात विश्वविद्यालयका उपकुलपतिले भने शनिबार राजीनामा दिएका थिए ।

उता हसिनाको राजीनामापछि बंगलादेशमा अल्पसंख्यक समूहविरुद्ध भएको हिंसाको विरोधमा शनिबार लण्डनको संसद भवनबाहिर प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए ।

Advertisement

प्रदर्शनमा विभिन्न मानव अधिकार संगठनका कार्यकर्ता, बंगलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागिता रहेको थियो । ब्यापक प्रर्दशनपछि देश छाडेकी हसिना अहिले भारतको शरणमा छिन् । उनले आफूले अमेरिकाका कारण देश छाड्नु परेको भन्दै चाँडै स्वदेश फर्किने बताएकी छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top