मेसीको उत्कृष्ट ह्याट्रिकमा बार्सिलोना विजयी, पीएसभी ४–० ले पराजित

२ असोज ७५, बुधबार

एजेन्सी,असोज ३
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाका कप्तान लिओनेल मेसीले उत्कृष्ट ह्याट्रिक प्रहार गरेपछि पीएसभीलाई ४–० को फराकिलो अन्तरले पराजित भएको छ ।

बार्सिलोनाले कप्तान लिओनेल मेसीले ३१ औं मिनेटमा गरेको फ्रिकिक गोलसँगै खेलमा सुरुआती अग्रता बनाएको थियो । पीएसभीका डिफेन्डर भिएरगिभरले ओस्मान डेम्बेलेलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसीले गोल गरेका थिए ।

पेनाल्टी क्षेत्रबाहिर मैदानको मध्ये भागमा प्राप्त फ्रिकिकलाई मेसीले वालको माथिबाट प्रहार गर्दै टप कर्नरमा छिराएका थिए ।यसै गोलको मदतले बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

Advertisement

त्यस्तै दोस्रो हाफमा लगातार आक्रमण गरेको बार्सिलोनाले ७४ औं मिनेटमा फ्रान्सेली युवा फरवार्ड डेम्बेलेले एकल प्रयासमा स्तरीय गोल गरे । उनले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रको ठिक बाहिर भागबाट शक्तिशाली प्रहार गर्दै गोलरक्षक जोएटलाई बिट गर्दै गोल गरेका थिए ।

Advertisement

लगत्तै ७७ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै खेलमा बार्सिलोनाको जित पक्का गरे । त्यसको दुई मिनेटपछि नै बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । डिफेन्डर स्यामुएल उम्टिटीले हर्भीङ लोजानोलाई रोक्ने प्रयासमा दोस्रो पहेंलो कार्ड खाएपछि बार्सिलोनाले एक खेलाडी कम खेलेको थियो ।

खेलको ८९ औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्ने क्रममा बार्सिलोनालाई ४–० को अग्रता दिलाए ।समकक्षी फरवार्ड लुइस सुआरेजले डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई मेसीले आफ्नो कमजोर दायाँ खुट्टाले प्रहार गर्दै गोलमा परिणत गरेका हुन् ।

मेसीको उत्कृष्ट प्रदर्शनमा प्रेरित बार्सिलोनाले यस जितसँगै समूहमा सुरुआती अग्रता कायम गरेको छ । समूहको अर्को खेलमा इन्टर मिलानले टोटेनहम हट्स्परलाई पराजित गर्यो । दुवै विजयी टोलीको ३–३ अंक रहेपनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्षस्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top