×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लखेट्दै लगेर १५ बर्षीया किशोरी बलात्कार

३ आश्विन २०७५

म्याग्दी : चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए ।

हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।

Advertisement

ठाउँ एकान्त थियो । रात परीसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा, चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ बर्षीया किशोरीमाथि पर्यो ।

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्काउँदै हातपात गरे । आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएको बाटो भाग्न थाले । युवाले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ बर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे ।

८ः २० तिर बिजुली आयो । बत्तीको उज्यालोले बाँकी तीन बालबालिकामा साहास आयो । उनीहरु स्थानीयको घरमा पुगे । रातको समयमा रुदै कराउँदै आएका अपरिचित किशोरकिशोरी देखेपछि स्थानीय लीलबहादुर खड्काले सोधीखोजी गरे । उनीहरुले आफूहरुमध्ये एक जनालाई तीन युवाले मुख थुनेर अपहरण गरी लगेको बताए ।

त्यसपछि अरु स्थानीय भेला भए र बालिका खोज्दै हिँडे । उनीहरुले सडक मुनिको एक खाली गोठमा बालिका रोएको सुने । उनीहरु त्यहाँ पुग्दा बालिका बलात्कृत भइसकेकी थिइन् । तीन जनामध्ये नवीन र अर्जुन भागेको स्थानीयले देखे । तत्काल घार प्रहरी चौकीमा खबर गरे ।

Advertisement

प्रहरीले बालिका उद्धार गरी चौकी लैजाने क्रममा बाटोमै बलात्कारमा संलग्न युवालाई पक्राउ गरी चौकी पुर्यायो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top