NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Sjovt, simpelt og sikkert online casino! बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

बेचेन झाले मानेनन् पोलिग्राफ गर्न, अदालतमा मुद्दा दर्ता

बुधबार साउन ३० , २०८१
Reading Time: 1 min read
A A
बेचेन झाले मानेनन् पोलिग्राफ गर्न, अदालतमा मुद्दा दर्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० साउन ,काठमाण्डौ।

भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्ध पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । दोस्रो चरणको अनुसन्धान घेरामा परेका अन्य प्रतिवादीहरु भने पक्राउ परेका छैनन् । झाविरुद्ध सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत काठमाडौंले बेचनको आज बयान गराउँदै छ । न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको हो ।

LS Auto

झालाई एकीकृत कसुरमा पनि थप सजाय हुनुपर्ने मागदाबी छ । यसैबीच नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका झाले आफ्नो पोलिग्राफ परीक्षण गर्न नमानेको खुलेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले बेचनले ‘पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौँ प्रहरीलाई दिएकी छन् । तर सार्वजनिक भएको अडियोका बारेमा भने आफ्नो स्वर परीक्षण गराउन उनी तयार भएका छन् । दुई करोडको चेक लिनको लागि भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए ।

त्यसबारे स्वर परीक्षण गर्न उनी सहमत भएका हुन् । स्वर परीक्षण गर्न अनुसन्धान अधिकृतहरूले पत्राचार गरेका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् । झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनी असार १४ गते पक्राउ परेका थिए । हिरासतमा उनी श्रीमद भगवत् गीता पाठ गरेर बस्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

उनलाई अरू थुनुवासँगै राखिएको छ । मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, बेचनले सो आरोप अस्वीकार गरेका छन् । बेचनको बयानबाट शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहको कनेक्सन खुल्छ भन्ने आकलन थियो । तर, उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेसँगै राजनीतिक कनेक्सन खुलेन ।

बयान लिएर प्रहरीले उनलाई थुनामा राखिरहेको छ । सङ्गठित अपराध मुद्दामा उनलाई ६० दिनसम्म हिरासतमा राख्न पाउने अधिकार प्रहरीसँग छ । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेर धरौटीमा छुटेका रामशरणले केसीले उनलाई चेक दिएको बयानमा खुलाएका छन् । चेक दिनेबलामा भेट्दा रामशरण र झाको बिचमा भएको कुराकानीको अडियो प्रहरीले बरामद गरेको छ ।

तर, बेचनले रामशरणसँग भेटेको कुरा पनि अस्वीकार गरेका छन् । यस्तै प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साबाट नागरिकता लिएका छन् । तर, झाको साथमा भारतीय आधार कार्ड समेत भेटिएको छ । यसबारे सत्यतथ्य बुझ्न प्रहरीले भारतमा पत्राचार समेत गरिसकेको छ ।

झा पक्राउ परेपछि नै आफू नेतृत्वको सरकार ढलेको पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्षसहित पूर्व उपप्रधानमन्त्री रवि लामिछाने लगायतले आरोप लगाउँदै आएका छन् । शरणार्थी प्रकरणको निश्पक्ष छानविन गर्न नेपाली काग्रेसका महामन्त्री गगन थापाले पनि सरकार माथि दबाब बढाएका छन् । उनले हिजोको प्रतिनिधिसभाको बैठकमा मात्रै पनि भुटानी शरणार्थी प्रकरणमा सम्लग्न जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका थिए ।

Tags: #अडियो परीक्षण#अभियुक्त बेचन झा#पोलिग्राफ#भुटानी शरणार्थी प्रकरण

लोकप्रीय

Sjovt, simpelt og sikkert online casino!

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

Casino

Sjovt, simpelt og sikkert online casino!

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?
अन्तर्राष्ट्रिय

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Sjovt, simpelt og sikkert online casino!

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.