NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

टीआरसी पास गर्ने दिन प्रचण्डलाई शंकैशंका

बुधबार साउन ३० , २०८१
Reading Time: 1 min read
A A
टीआरसी पास गर्ने दिन प्रचण्डलाई शंकैशंका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० साउन , काठमाण्डौ । 

प्रतिनिधिसभाको आजको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आशंकाहरु व्यक्त गरेका छन् । यस्तै जनयुद्धलाई जनयुद्ध नभनी विभिन्न नाम दिइएकामा पनि उनले आपत्ति जनाएका छन् ।

बैठकमा प्रचण्डले संविधान सभामा गरेका सहमति केही नेताले विर्सन खोजेको भन्दै संविधानको प्रस्तावनामै ‘जनयुद्ध’ शब्द समेटिएको विषय स्मरण गराए । ‘अहिले पनि नेताहरु बोल्दा खेरी हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ ।

जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ,’ प्रचण्डले भने । जनयुद्ध कुनै लहड वा मनोगत चाहना नभएको पनि उनले प्रष्ट पार्दै यसको मूल चरित्र ध्वंसात्मक नभएकोसमेत बताए । यस्तै उनले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भन्ने आशंका गरेका छन् ।

कांग्रेस र एमालेतिर संकेत गर्दै यस्तो आशंका गरेका हुन् । प्रतिनिधि सभामा सुरुमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बहुदलीय प्रतिस्पर्धाको पक्षमा रहेको बताएका थिए ।

‘तर केदेखि तर्सिएको के, केदेखि पनि झस्कन्छ भनेझैं उहाँले हुन्छ भनेको हुन्न बुझ्नुपर्ने, हुन्न भनेपछि हुन्छ बुझ्नुपर्ने भएकाले बडो आशंकाको स्थिति कायम छ’, प्रचण्डले भने, ‘आज उहाँले जे बोल्नुभएको छ, त्यो सही साबित होस् ।’ यस्तै प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई समाजमा अराजकता फैलाउने प्रवृत्ति देखिएको बताए।

यसको प्रतिवाद गर्न लोकतन्त्रमा विश्वास गर्नेहरु समझदारीमा आउनुपर्ने प्रचण्डले बताए । उनले अगाडि भने, संविधानको रक्षा, प्राप्त उपलब्धीको र रक्षा लोकतन्त्रको सुदृढीकरढणका लागि सबैसँग मिलेर जान तयार छु ।’

सरकारका पछिल्ला केही कदमले मुलुकमा सुशासनको गति रोकिने त होइन भन्ने शंका उत्पन्न भएको दाहालले बताए। पछिल्ला राजनीतिक घटनाक्रमले शंका उत्पन्न गरेको उनको भनाई छ । संविधान संशोधनका नाममा मुलुक पछाडि फर्किने त होइन भन्ने आशंका उत्पन्न भएको उनको भनाइ थियो ।

’संविधान संशोधनको नाममा या राजनीतिक स्थिरिताका नाममा फेरि केही सीमित वर्ग, क्षेत्र, भूगोल या समूहको स्वार्थमा शासन प्रणाली संचालन गर्ने त होइन ? अहिलेको आवश्यकता यी उपलब्धिलाई रक्षा गर्दै नेपाली समाजका सबै विभेद अन्त्य गर्ने हो तर कताकता पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले यसमा शंका उत्पन्न हुने स्थिति बनेको छ,’ दाहालले भने, ’सुशासनको गति रोकिने त होइन भन्ने शंका उत्पन्न भएको छ ।

बहुदलीयको रूपमा दुई दलीय हुने त होइन भन्ने प्रश्न पनि उठेको छ ।’ प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहार समान हुनुपर्ने दाहालको भनाइ थियो । त्यस्तै, नेपालको शान्ति प्रक्रियामा माओवादी इमानदार हुनाले शान्ति प्रक्रिया सम्पन्न हुने चरणमा पुगेको दाहालको भनाइ थियो ।

प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको पनि सो क्रममा खुलाएका थिए । सेना समायोजन र हतियार व्यवस्थापनका लागि आफूले जोखिम उठाएको समेत जिकिर गरे।

‘सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल थियो,’ उनको भनाइ थियो, ‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, हतियार व्यवस्थापन सम्भव हुने थिएन।’ प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे।

‘बिनाकुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुप¥यो। मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बँच्यो। शान्ति स्थापित भयो। त्यस कुरामा मलाई गर्व छ।’ नेपालको शान्ति प्रक्रिया मौलिक रहेको समेत प्रचण्डको भनाइ छ ।

मुलुकमा देखिने समस्या समाधान गर्नका लागि प्रमुख प्रतिपक्ष मिलेर जान तयार रहेको समेत दाहालको भनाइ थियो । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।

यस्तै ‘प्रचण्ड’ ले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गरे । शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको उनले बताए । उनले अब परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने बाटो पाएको जिकिर गरे ।

उनले भने, ‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका छौं । यो विधेयक पारित हुँदैगर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिन्छु । मैले ०६२ सालमा सात दलीय गठबन्धन र उहाँ मेरो साझेदारको रूपमा हुनुहुन्थ्यो ।’

उनले अस्पतालको अन्तिम भेटमा आफूपछि शान्ति प्रक्रियाको बाँकी काम आफ्नो काँधमा रहेको बताएको पनि स्मरण गरे । शान्ति प्रक्रियाको बाँकी काम टुंगिने बाटोमा रहेपनि कार्यान्वयनको चुनौती रहेको दाहालले बताए ।

Tags: # ओलीमाथि शंका#‘जनयुद्ध’ नभनेकोमा प्रचण्ड रुष्ट

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.