खोटाङमा विद्यालय पुग्नै लागेकी शिक्षिकालाई पहिरोले पुर्‍यो

३० साउन ८१, बिहीबार

३१ साउन, विराटनगर ।

Advertisement

खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको बिहीबार बिहान पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेवी नेवार रहेकी छन् ।

विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा उनलाई पहिरोले पुरेको हो ।

Advertisement

विद्यालय नजिकै वडा कार्यालय छ । वडा कार्यालय भन्दा करिब १०० मिटरनजिक उनलाई पहिरोले पुरेको हो । पहिरोले पुरिएकी शिक्षिका नेवारको शव स्थानीय बासिन्दा र प्रहरीले करिव डेढ घण्टा लगाएर निकालेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top