×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

हसिनाविरुद्धको मुद्या आईसीजेमा,हसिनाका मन्त्रीहरुमाथि धरपकड

३१ श्रावण २०८१

३१ साउन, विराटनगर ।

बंगलादेशमा शेख हसिनाले देश छाडेर भागेपछि उनी नेतृत्वको सरकारमा रहेकाहरु र प्रशासन तथा न्यायलयका अधिकारीसमेत धमाधम पक्राउ पर्न थालेका छन् । केही त हसिनाले जस्तै देशसमेत छाडेका छन् । यसबीच बंगलादेशका पूर्व उपसभामुख र पूर्व राज्य मन्त्री पक्राउ परेका छन् ।

Advertisement
Advertisement

पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो । पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार निकुञ्ज निवासी इलाकाबाट पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पक्राउ गरेको हो, जसको पुष्टी ढाकाको महानगरीय प्रहरीले बुधबार राति सो कुराको पुष्टि गरेको हो । उता प्रहरीले ढाका विश्वविद्यालयको छातालिग इकाईका महासचिव तनवीर हसन शैकतलाई पनि पक्राउ गरेको छ ।

उनीहरू खिल्केट प्रहरी चौकी अन्तर्गत निकुञ्ज आवासीय क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएमपीले जनाएको छ । यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग मामिलाका सल्लाहकार सलमान एफ रहमान र पूर्व कानूनमन्त्री अनिसुल हकलाई नदीको बाटो भएर भाग्न खोज्दा ढाकाको सदरघाट क्षेत्रबाट तटरक्षक दलका सदस्यहरूले मंगलबार पक्राउ गरिएको थियो ।

ढाकाको न्यु मार्केट क्षेत्रका व्यवसायी शाहजहान अलीको हत्यामा संलग्न अभियोगमा दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको हो । १६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले हत्याविरुद्ध जाहेरी दिएकी थिइन् ।

यसैबीच बंगलादेशको अन्तरिम सरकारले जुलाईमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएका मृत्युको जिम्मेवार व्यक्तिहरूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणमा पनि मुद्दा चलाउने भएको छ । यसमा शेख हसिना पनि रहेकी छिन् ।

कानून, न्याय र संसदीय मामिलासम्बन्धी अन्तरिम सरकारका सल्लाहकार आसिफ नजरुलले बुधबार उक्त कुरा बताएका हुन् । उनले भनेका छन्, ‘आरक्षण सुधार आन्दोलनका क्रममा भएको नरसंहार र गोलीकाण्डको सुनुवाइका लागि केही मुद्दा दर्ता भइसकेका छन् ।

तर विद्यार्थी, मानवअधिकार संगठन र अन्य धेरैले यसलाई मानवताविरुद्धको अपराधका रूपमा छानबिन गरिनुपर्छ भनेका छन्।’ ‘हामीले जुलाईमा भएको नरसंहारका लागि जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणमा कारबाही गर्न सकिन्छ भन्ने पायौँ’, उनले भनेका छन् ।

आसिफ नजरुलले अगाडि भने, ‘अनुसन्धान टोलीले संयुक्त राष्ट्रसंघअन्तर्गत काम गर्नेछ । हत्यामा संलग्न पूर्वप्रधानमन्त्री शेख हसिनालगायत कसैलाई पनि छुट दिइने छैन।’ गत जुलाईमा शेख हसिना सरकारविरुद्धको भएको आन्दोलनमा झन्डै ४ सय मानिस मारिएका थिए ।

यसबीच हसिनाका छोरा साजिब वाजेद जोयले भारतसंग गुहार लगाएका छन् । आमा भारतकै शरणमा रहेका बेला साजिबले बंगलादेशमा संविधानअनुसार ९० दिनभित्र निर्वाचन गराउन भारतलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् ।

’द इन्डियन एक्सप्रेस’लाई दिएको अन्तर्वार्तामा जोयले बंगलादेशको संविधानको पालना गर्दै तोकिएको समयभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । “मलाई आशा छ, भारतले ९० दिनको संवैधानिक समयसीमाभित्र चुनाव गराउन भूमिका खेल्ने छ ।

र, अवामी लिगलाई प्रचार गर्न र पुनर्गठन गर्न अनुमति दिने विषयको सुनिश्चित गर्ने छ । यदि यो सुनिश्चित भयो भने म अझै पनि विश्वस्त छु कि हामी चुनाव जित्ने छौँ । हामी अझै पनि सबैभन्दा लोकप्रिय पार्टी हौँ,“ जोयले अन्तर्वार्तामा भनेका छन् ।

उनले विद्यार्थी आन्दोलनलाई सरकारले राम्ररी व्यवस्थापन गर्न नसक्दा राजनीतिक अस्थिरता बढेको पनि स्वीकार गरे । उनले सरकारले सुरुमा नै आन्दोलनकारीहरूसँग संवाद गरेर विवादित कोटाविरुद्ध बोल्नुपर्ने तर त्यसो हुन नसकेको बताएका छन् ।

उनले विरोध प्रदर्शनमा विदेशी खुफिया एजेन्सीहरूको संलग्नता हुन सक्ने आरोप पनि लगाएका छन् । “धेरै प्रदर्शनकारीहरू हतियारसहित देखिएका छन्, जबकि बंगलादेशमा हतियार पाउन धेरै गाह्रो छ । किनकि पछिल्लो १५ वर्षमा हामीले विद्रोहलाई नियन्त्रणमा राखेका छौँ ।

प्रदर्शनकारीहरूलाई हतियार आपूर्ति गर्न सक्ने एकमात्र संगठन विदेशी गुप्तचर निकाय हुन सक्छ,” उनले भनेका छन् । जोयले अगस्ट ५ मा उनकी आमा शेख हसिनाले बंगलादेश छोड्नुअघि भएका घटनाहरूलाई स्मरण गर्दै सुरुमा हसिनाको देश छोड्ने कुनै मनसाय नभएको दाबी पनि गरेका छन् ।

यता अमेरिकाले पनि बांग्लादेशमा बिग्रिएको परिस्थितिबारे भारत र यसक्षेत्रमा अन्य देशहरुसंग आफू सम्पर्कमै रहेको बताएको छ । अमेरिकी विदेश मंत्रालयका उप प्रवक्ता वेदांत पटेलले बुधवार आफ्नो दैनिक संवाददाता सम्मेलनमा भने, ’म निजी कुटनीतिक चर्चामा प्रवेश गर्न चाहान्न, तर हामी बांग्लादेशमा हिंसा अन्त्य गर्न, जवाफदेहीता तय गर्न र कानूनी शासनको सम्मान गर्नका लागि लगातार प्रयास जारी राख्नेछौं’ ।

सो क्रममा उनले बांग्लादेशका नयाँ सरकार प्रमुख मोहम्मद यूनुसको बयानको पनि स्वागत गर्दै शांति र हालको हिंसा अन्त्यका लागि पनि आह्वान गरेका छन् । उनले भने, ’हामी अल्पसंख्यक समुदायका सदस्यहरुको सुरक्षा बहालीका लागि नयाँ सरकारको ध्यान आकृष्ट भएकोमा त्यसको स्वागत गर्दछौ।’

यसबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । मुलुकको ७८औँ दिवसका अवसरमा आज बिहान लाल किल्लामा झन्डा फहराएपछि मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूविरुद्ध भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले भने, ‘बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ। हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ।’ यसबीच हिंदू अमेरिकन फाउंडेशनले बुधवार व्हाइट हाउससंग बांग्लादेशमा अल्पसंख्यक हिंदू समुदायको रक्षाका लागि कदम उठाउन अनुरोध गरेको थियो ।

वाशिंगटन स्थित एनजीओ हिंदूएक्शनले बांग्लादेशका ग्रामीण क्षेत्रहरुमा रहेका हिंदुहरु सबैभन्दा धेरै निशाना परेको पनि दाबी गरेको छ । बंगलादेशी अल्पसंख्यक, खासगरी हिन्दुहरुको सुरक्षाका विषयमा देशभित्र र बाहिरसमेत कुरा उठ्दा यता अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजधानी ढाकास्थित हिन्दू मन्दिर ढाकेश्वरी पुगेका थिए ।

हिन्दू धर्मावलम्बीका ५१ शक्ति पीठमध्ये ढाकेश्वरी मन्दिर एक हो । यो मन्दिरलाई बंगलादेशको राष्ट्रिय मन्दिर पनि भनिन्छ । यही ढाकेश्वरी देवीको नाममा शहरको नाम ढाका रहेको हो । यो मन्दिर सेन वंशका राजा बल्लालले १२ औं शताब्दीमा निर्माण गरेका थिए । दुर्गा पूजाको अवधिमा धेरै दर्शन भक्तजन यहाँ पुग्छन् ।

त्यसैले युनुस ढाकेश्वरी मन्दिर पुगेका हुन् । मन्दिर बाहिर पुगेर उनले बंगलादेशलाई ‘एक परिवार’ बनाउनुपर्ने बताएका छन् । सत्ता परिवर्तनपछि अल्पसंख्यक हिन्दू बौद्धमाथि आक्रमण भएको एक सातापछि उनी ढाकेश्वरी मन्दिर पुगेका हुन् । साथै अल्पसंख्यकको अधिकार आन्दोलनका ५ सदस्यीय प्रतिनिधिमण्डललाई उनले भेटेका छन् ।

अल्पसंख्यक विद्यार्थी संगठनले ८ सूत्रीय माग बुझाएका छन् । युनुसले भने‚ ’सुन्नमा आएको छ– देशमा आपसमा विभेद बढेको छ । यद्यपि म ढाका विमानस्थलमा उत्रँदा बंगलादेशलाई सिंगो परिवार बनाउन चाहन्छु । यहाँ कुनै भेदभाव हुनेछैन । हामी बंगलादेशी हौँ भन्ने सुनिश्चित गर्न चाहन्छु भनेको थिएँ।’

उनले केही समयमा सबै ठिक हुने भन्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले अन्तरिम सरकारलाई धेरै सहयोग मिलेको बताए । यतिखेर आफूलाई कुनै दोष नदिन पनि आग्रह गरे । पूर्वप्रधानमन्त्री शेख हसीना राजीनामा दिएर भारत पलायन भएपछि बंगलादेशमा अहिले पनि लुटपाट र प्रदर्शन चलिरहेको छ ।

हिन्दू‚ बौद्ध लगायतका अल्पसंख्यकका घर‚ पसल जलाई निशाना बनाइएको छ । सत्तापलटपछि ५२ जिल्लामा हिन्दू बौद्धमाथि आगजनी र हत्याका २०५ घटना भएका थिए । यसअघि शुक्रबार र शनिबार हजारौँ हिन्दूले ढाका र चटगाउँमा विशाल विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले आफ्नो सुरक्षाको माग गरेका थिए । धर्मका आधारमा आफूमाथि अत्याचार भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । आफूमाथि अत्याचार भएको कुरा सरकारले नसुनेको भन्दै शनिवार मात्रै ढाकाको बीच सडकमा ३ घण्टा सडकमा ¥याली गरेका थिए ।

शनिवारको यो प्रदर्शनसँगै युनुसले युवाहरूलाई हिन्दू, इसाई र बौद्ध धर्मावलम्बीको रक्षाका लागि आग्रह गरेका थिए । उनीहरूले युनुससँग अल्पसंख्यकमाथि अत्याचार भएका मुद्दाको छिटो सुनुवाइ गर्न विशेष अदालतको माग गरेका छन् ।

संसद्मा अल्पसंख्यकका लागि १० प्रतिशत संसदीय सीटको माग र अल्पसंख्यकको सुरक्षा कानून लागू गर्ने माग गरेका छन् । आफूहरूमाथि अत्याचार भएपछि लाखौँ हिन्दू शरीरमा रहेका लुगा मात्रै लगाएर भारतको सीमाक्षेत्रमा जम्मा भएका थिए । उनीहरू सीमाक्षेत्रमा खुला चौर र खेतमा बसेका देखिन्थे ।

बंगलादेशको यो अवस्था आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद। नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top