×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

बंगलादेशमा राष्ट्रपिता नै तिरस्कृत ,श्रद्धाञ्जली दिन गएका कुटिए

३२ श्रावण २०८१
३२ साउन , एजेन्सी ।
बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि र उनले देश छोडेपछि डेढ दशकमा पहिलो पटक बंगबन्धु शेख मुजिबुर रहमान र उनको परिवारको अगस्ट १५ मा भएको हत्याको वार्षिकोत्सवमा कुनै कार्यक्रम आयोजना गर्न दिइएन। ढाकाको धानमण्डी रोड नम्बर ३२ क्षेत्रमा रहेको निवासमा श्रद्धाञ्जली दिन आएका अवामी लिगका कार्यकर्तामाथि कुटपिट भएपछि सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ ।
१५ अगस्ट १९७५ मा बंगलादेशका राष्ट्रपिता भनिने र त्यसबेला राष्ट्रपति भएका शेख मुजिबुर रहमान र उनको परिवारका लगभग सबै सदस्यको यही निवासमा हत्या भएको थियो । उनका दुई छोरी शेख हसिना र शेख रिहाना मात्र देशबाहिर रहेका कारण बाँचेका थिए । बंगलादेशको सेनाले बिहीबार दिउँसो श्रद्धाञ्जली दिन आएका ३० जनालाई सकुशल उद्दार गरेको छ ।
उनीहरु सबैलाई त्यहाँबाट सेना र बंगलादेशको सीमा गार्डको चारवटा गाडीमा लगिएको थियो । रिपोर्टका अनुसार ती सबैलाई लाठी र पाइपले कुटपिट गरिएको थियो। एक दिनअघि बंगलादेशको अन्तरिम सरकारले शेख मुजिबको हत्याको वार्षिकोत्सवमा मनाइने बिदा रद्द गरेको थियो । वासिङ्टनमा बस्दै आएका शेख हसिनाका छोराले अवामी लिगका कार्यकर्ताहरूलाई १५ अगस्टमा धानमण्डी रोड पुगेर श्रद्धाञ्जली अर्पण गर्न अपिल गरेका थिए ।
विभेद विरोधी विद्यार्थी आन्दोलनका आन्दोलनकारीले बिहीबार कसैलाई पनि घर अगाडि जम्मा हुन दिएनन् । बंगलादेशका संस्थापक वा आफूलाई अवामी लिगको सदस्यको रूपमा चिनाउने तस्बिर राख्न जाने जोसुकैलाई देखेर कुटपिट गरिएको थियो । विद्यार्थीहरूसँगै जमात–ए–इस्लामी र यसको विद्यार्थी संगठन शिबिरका मानिसहरू पनि लाठीसहित उपस्थित भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
यस अवधिमा त्यहाँ धेरैलाई कुटपिट भएको थियो। यस पटक अवामी लिगका नेताहरूले पूर्ण भिन्न परिस्थितिमा बंगबन्धुको हत्याको वार्षिकोत्सव मनाए। शेख हसिनाले देश छाडेपछि पार्टीका अधिकांश नेताहरु लुकेर बसेका छन् । भारतमा बस्दै आएकी अवामी लिगकी अध्यक्ष शेख हसिनाले वार्षिकोत्सव मनाउन आह्वान गरेपछि पार्टीका कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्न धानमण्डी रोड नम्बर ३२ मा जाने घोषणा गरेका थिए ।
तर, बुधबार मध्यरातदेखि नै विभेद विरोधी विद्यार्थी आन्दोलनका प्रदर्शनकारीले उक्त क्षेत्र कब्जामा लिएका थिए । त्यसमा जमात ए इस्लामीका कार्यकर्ता पनि थिए । बिहानैदेखि सयौंको संख्यामा प्रदर्शनकारी घरअगाडि बसेका थिए । बिहान ६ बजेदेखि नै भवनको वरिपरि बसेर उनीहरुले श्रद्धाञ्जली दिन खोज्नेलाई अवरुद्ध गरेका थिए । यसमा शेख हसिनाका छोरा सजिव वाजेद रोयले सार्वजनिक रुपमा आपत्ति जनाएका छन् ।
उनी अहिले अमेरिकामा काम गरिरहेका छन् । देशमा आफ्नो आवश्यकता भए आफू स्वदेश फर्किन तयार रहेको समेत बताउदै आएका छन् । यसैबीच बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको निर्वासनपछि नयाँ सरकार आएसँगै राजदूतहरूको फिर्ता सुरु भएको छ । बंगलादेशी अखबार प्रोथम आलोका अनुसार छ देशका बंगलादेशी राजदूतहरू फिर्ता हुने भएका छन् ।
फिर्ता हुने देश तथा राजदूतहरूमा अमेरिकाका महोमद इमरान, रुसका कामरुल असन, जापानका शाहाबुदिन अहमद, संयुक्त अरब इमिरेट्सका महमद अबु जफर, जर्मनीका मुसरफ हुसेन भुइयान, साउदी अरेबियाका महमद जाभेद पटवरी रहेका छन् । यस्तै माल्दिभ्समा रहेका बङ्गलादेशका उच्चायुक्त पनि फिर्ता भएको प्रोथम आलोले उल्लेख गरेको छ ।
गएको अगष्ट ५ मा जबरजस्त सत्ता छोडेर भारत शरण लिन बाध्य भएकी हसिना सत्ता पल्टेपछि बंगालादेशमा अस्थिरता तथा हिंसा जारी छ । खास गरी अल्पसङ्ख्यक तथा हसिनाको दल अवामी लिगका नेता तथा कार्यकर्ताहरुमाथि हिंसा बढेको छ ।
Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top