NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

बंगलादेशमा राष्ट्रपिता नै तिरस्कृत ,श्रद्धाञ्जली दिन गएका कुटिए

शुक्रबार साउन ३२ , २०८१
Reading Time: 2 mins read
A A
Nepal Top
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
३२ साउन , एजेन्सी ।
बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि र उनले देश छोडेपछि डेढ दशकमा पहिलो पटक बंगबन्धु शेख मुजिबुर रहमान र उनको परिवारको अगस्ट १५ मा भएको हत्याको वार्षिकोत्सवमा कुनै कार्यक्रम आयोजना गर्न दिइएन। ढाकाको धानमण्डी रोड नम्बर ३२ क्षेत्रमा रहेको निवासमा श्रद्धाञ्जली दिन आएका अवामी लिगका कार्यकर्तामाथि कुटपिट भएपछि सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ ।
१५ अगस्ट १९७५ मा बंगलादेशका राष्ट्रपिता भनिने र त्यसबेला राष्ट्रपति भएका शेख मुजिबुर रहमान र उनको परिवारका लगभग सबै सदस्यको यही निवासमा हत्या भएको थियो । उनका दुई छोरी शेख हसिना र शेख रिहाना मात्र देशबाहिर रहेका कारण बाँचेका थिए । बंगलादेशको सेनाले बिहीबार दिउँसो श्रद्धाञ्जली दिन आएका ३० जनालाई सकुशल उद्दार गरेको छ ।
उनीहरु सबैलाई त्यहाँबाट सेना र बंगलादेशको सीमा गार्डको चारवटा गाडीमा लगिएको थियो । रिपोर्टका अनुसार ती सबैलाई लाठी र पाइपले कुटपिट गरिएको थियो। एक दिनअघि बंगलादेशको अन्तरिम सरकारले शेख मुजिबको हत्याको वार्षिकोत्सवमा मनाइने बिदा रद्द गरेको थियो । वासिङ्टनमा बस्दै आएका शेख हसिनाका छोराले अवामी लिगका कार्यकर्ताहरूलाई १५ अगस्टमा धानमण्डी रोड पुगेर श्रद्धाञ्जली अर्पण गर्न अपिल गरेका थिए ।
विभेद विरोधी विद्यार्थी आन्दोलनका आन्दोलनकारीले बिहीबार कसैलाई पनि घर अगाडि जम्मा हुन दिएनन् । बंगलादेशका संस्थापक वा आफूलाई अवामी लिगको सदस्यको रूपमा चिनाउने तस्बिर राख्न जाने जोसुकैलाई देखेर कुटपिट गरिएको थियो । विद्यार्थीहरूसँगै जमात–ए–इस्लामी र यसको विद्यार्थी संगठन शिबिरका मानिसहरू पनि लाठीसहित उपस्थित भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
यस अवधिमा त्यहाँ धेरैलाई कुटपिट भएको थियो। यस पटक अवामी लिगका नेताहरूले पूर्ण भिन्न परिस्थितिमा बंगबन्धुको हत्याको वार्षिकोत्सव मनाए। शेख हसिनाले देश छाडेपछि पार्टीका अधिकांश नेताहरु लुकेर बसेका छन् । भारतमा बस्दै आएकी अवामी लिगकी अध्यक्ष शेख हसिनाले वार्षिकोत्सव मनाउन आह्वान गरेपछि पार्टीका कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्न धानमण्डी रोड नम्बर ३२ मा जाने घोषणा गरेका थिए ।
तर, बुधबार मध्यरातदेखि नै विभेद विरोधी विद्यार्थी आन्दोलनका प्रदर्शनकारीले उक्त क्षेत्र कब्जामा लिएका थिए । त्यसमा जमात ए इस्लामीका कार्यकर्ता पनि थिए । बिहानैदेखि सयौंको संख्यामा प्रदर्शनकारी घरअगाडि बसेका थिए । बिहान ६ बजेदेखि नै भवनको वरिपरि बसेर उनीहरुले श्रद्धाञ्जली दिन खोज्नेलाई अवरुद्ध गरेका थिए । यसमा शेख हसिनाका छोरा सजिव वाजेद रोयले सार्वजनिक रुपमा आपत्ति जनाएका छन् ।
उनी अहिले अमेरिकामा काम गरिरहेका छन् । देशमा आफ्नो आवश्यकता भए आफू स्वदेश फर्किन तयार रहेको समेत बताउदै आएका छन् । यसैबीच बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको निर्वासनपछि नयाँ सरकार आएसँगै राजदूतहरूको फिर्ता सुरु भएको छ । बंगलादेशी अखबार प्रोथम आलोका अनुसार छ देशका बंगलादेशी राजदूतहरू फिर्ता हुने भएका छन् ।
फिर्ता हुने देश तथा राजदूतहरूमा अमेरिकाका महोमद इमरान, रुसका कामरुल असन, जापानका शाहाबुदिन अहमद, संयुक्त अरब इमिरेट्सका महमद अबु जफर, जर्मनीका मुसरफ हुसेन भुइयान, साउदी अरेबियाका महमद जाभेद पटवरी रहेका छन् । यस्तै माल्दिभ्समा रहेका बङ्गलादेशका उच्चायुक्त पनि फिर्ता भएको प्रोथम आलोले उल्लेख गरेको छ ।
गएको अगष्ट ५ मा जबरजस्त सत्ता छोडेर भारत शरण लिन बाध्य भएकी हसिना सत्ता पल्टेपछि बंगालादेशमा अस्थिरता तथा हिंसा जारी छ । खास गरी अल्पसङ्ख्यक तथा हसिनाको दल अवामी लिगका नेता तथा कार्यकर्ताहरुमाथि हिंसा बढेको छ ।
Advertisement
Tags: #बंगलादेश#राष्ट्रपिता नै तिरस्कृत

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.