×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पिएसजी स्टार खेलाडीविहीन, फ्रेन्च लिग वान नै खस्किने खतरा

३२ श्रावण २०८१

३२ साउन, विराटनगर ।

कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेस्सी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्थ्यो, पिएसजी । ‘ड्रिम प्रोजेक्ट’ भन्दै कतारको लगानीबाट सञ्चालित फ्रान्सेली क्लब पिएसजीका मालिक नासर अल खिलाइफीले युरोपियन शीर्ष पाँच लिग खेल्ने स्टार खेलाडी थुपारेका थिए ।

Advertisement
Advertisement

सुरुमा रियल मड्रिडबाट रामोसलाई ल्याएर डिफेन्सको पार्ट बलियो बनाएका उनले त्यसपछि मेस्सीलाई बार्सिलोनाबाट अनुबन्ध गरेका थिए । पिएसजीसँगै रहेका एम्बाप्पे, नेयमार र एन्जल डिमारियालाई पनि उच्च पारिश्रमिकका साथ क्लबमा थिए ।

मैदानमा त्यसबेला स्टार खेलाडीले भरिपूर्ण हुन्थ्यो पिएसजी । फरवार्ड लाइनमा मेस्सी, नेयमार र एम्बाप्पे अथवा डी मारिया अनि डिफेन्सिङ लाइनमा रामोस, अच्राफ हाकिमीलगायत । तर, विस्तारै पिएसजी स्टार खेलाडीविहीन बन्दै गइरहेको छ ।

सर्वाधिक धेरै २५६ गोल गरेका एम्बाप्पेको बहिर्गमनपछि त झन् पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ठुलो शून्यताको अवस्था नै ल्याएको छ । विश्वकप विजेता एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिड पुगेपछि पिएसजीको एउटा युगको अन्त्य भएको हो कि भन्ने अनुमान लगाउन गाह्रो छैन ।

त्यसअघि पिएसजीमा धेरै गोल गर्ने खेलाडीमध्येका एक नेयमारले पनि फ्रान्स छोडे । पिएसजीबाट ११८ गोल गरेका नेयमार साउदी अरबियन क्लब अल हिलालतिर लागे । नेयमार बाहिरिनुभन्दा एक महिनाअघि मेस्सी अमेरिकन सकर लिग खेल्ने इन्टर मियामीमा अनुबन्ध भए ।

अहिले कोही पनि नभएपछि पिएसजी बार्सिलोनाबाट फ्रान्स पुगेका ओसमान डेम्बेलेको भरमा नयाँ सिजनको थालनी गर्ने तरखरमा छ । गोन्कालो रामोस, माउरो इकार्डीलाई फरवार्ड लाइन सुम्पिएर गोलरक्षकको जिम्मेवारी केयलेर नाभासको भरोसामा छ ।

स्टार खेलाडीजति सबै कता–कता हानिएपछि पिएसजीको ‘सान’ त ढल्यो नै फ्रेन्च लिगकै रोमाञ्चकता खस्किने अनुमान छ । साबिक विजेता पिएसजीले शुक्रबार (आज) राति लि हाभ्रेसँग खेल्दै नयाँ सिजनको फ्रेन्च लिगको थालनी गर्दै छ ।

Advertisement

पछिल्ला १२ सिजनमा १० लिग उपाधिका साथ फ्रान्सेली फुटबलमा प्रभुत्व जमाएको पिएसजीले यो सिजन उपाधि रक्षा गर्न चुनौती छ । मुख्य प्रशिक्षक लुइस एनरिकमाथि टोलीलाई नयाँ आकार दिन र फ्रान्समा आफ्नो प्रभुत्व कायम राख्न दबाब बढेको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top