नेपालको यु-२० फुटबल टोलीमा कप्तानको जिम्मेवारी कुशललाई

३१ साउन ८१, शुक्रबार

३२ साउन, विराटनगर ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-२० फुटबलमा कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ ।

आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी मिडफिल्डर कुशलले पाएका हुन् ।

Advertisement

यसअघि नेपाली यु–१९ टोलीबाट खेलिसकेका कुशलले गत वर्ष भएको नेपाल सुपर लिग (एनएसएल) को विसता टिम ललितपुर सिटी एफसीबाट सिनियर टोलीमा खेलेका थिए ।

यु–२० साफ च्याम्पियनसिप आइतबारदेखि एन्फा मैदान सातदोबाटोमा हुँदै छ । सेमिफाइनल र फाइनल खेल भने दशरथ रंगशालामा खेलाउने तयारी गरेको छ ।

Advertisement

च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा हुँदै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top