×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

छक्का पञ्जाको सफलता र विवादले दिपकराजलाई छाडेन

३२ श्रावण २०८१

३२ साउन ,काठमाण्डौ ।

कलाकार दिपकराज गिरी र दिपारुी निरौंलाको चलचित्र छक्का पञ्जा नेपाली चलचित्र उद्योगकै सफल चलचित्र मध्येको एक हो । यो चलचित्र अहिले ५ औं सिक्वेलसम्म आइपुग्दा यसले सफलता सँगसँगै विवाद समेत बोकेर ल्याउने गरेको छ । अहिले छक्का पञ्जा ५ को पहिलो गीत रिलिज लगत्तै चर्चा र विवादमा आएको छ ।

Advertisement
Advertisement

गायिका ज्योति मगरले ‘छक्का पन्जा ५’को केही दिन अगाडि सार्वजनिक गीत ‘बिहे भाको छैन’ पनि समाज भड्काउने खालको धारणा राखेकी छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै अन्य गीतमा संस्कार सिकाउनेहरू फिल्मको गीत प्रति नबोलेको गुनासो गरेकी छन् ।

उनी लेख्छिन्, ‘बिस्तराले पोल्यो’, ‘३ महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले ‘छक्का पन्जा ५’को गीत ‘बिहे भाको छैन, कुमारी पनि हैन म’ गीतलाई कुन रूपले लिए होलान् । यो गीतको भाव बुझेनन् कि क्या हो ?’ उनले गीतले बिहे ग¥या छैन ।

तर संसर्ग गर्याछु भन्न खोजेको समेत उनको भनाई छ । गीत रिलिजपछि राम्रो भियुज पाइरहेको अवस्थामा ‘बिहे भएको छैन, कुमार÷कुमारी नि होइन’ भन्ने शब्द अमर्यादित रहेको भन्दै आलोचना गरिएको हो । आमरुपमा कुमार÷कुमारी शब्दलाई यौन सम्बन्ध नराखेको अर्थमा लिइन्छ ।

विवाहपछि मात्रै यौनसम्बन्ध राख्नुपर्ने सामाजिक मान्यता रहेको हुँदा गीतका शब्दलाई केहीले अपाच्य मानेका हुन् । गीतका शब्दहरू चलचित्रका निर्माता दीपकराज गिरी र संगीतकार दीपक शर्माले मिलेर लेखेका हुन् । टीकाटिप्पणी हुन थालेपछि निर्माता गिरीले सामाजिक सञ्जालमा प्रतिवाद गरेका छन् ।

शब्दमा आपत्ति जनाउनेहरूलाई शब्दकोश हेर्न उनको सुझाव छ । ‘केही साथीहरूले कुमारीको अर्थ खोजिरहनु भएको रहेछ । शब्दको हेरौं न के लेख्या रहेछ ? शब्दको सही अर्थ खोज्ने ठाउँ त त्यही नै होला होइन र ?’ उनले लेखेका छन् ।

नेपाली शब्दकोशमा भने ‘कुमारी’ शब्दलाई १२ वर्षसम्मकी अविवाहित कन्या, छोरी, पुत्री, पार्वती, दुर्गा, र भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौंकी देवी भनेर परिभाषित गरिएको छ ।

आगामी असोजको २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मका लोक शैलीमा तयार यो गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ । दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ ।

सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । यसअघि ’छक्का पञ्जा २’को गीत ’ए दाजु नसमाऊ नारीमा’ पनि विवादमा आएको थियो ।

प्रिन्स नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो। गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो। त्यसअघि ‘छक्का पञ्जा’को पाइरेसी भएको भन्दै गिरीले केही युवामाथि उजुरी समेत गरेका थिए ।

नेपाली चलचित्रको बजार सानो छ । यही सानो बजारमा एक वर्षमा १ सयभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आउँछन् । त्यसमा सरदर ९५ प्रतिशत चलचित्र असफल हुन्छन् भने ५ प्रतिशतले मात्र लगानी उठाउँछन् । नाफामा जाने चलचित्र त २÷३ वटा मात्र हुन्छन् ।

जुन कुरा विगतका आँकडाले प्रष्ट पार्छ । एउटा चलचित्र निर्माण गरेपछि त्यसको लगानी समेत उठाउन मुस्किल हुने नेपाली चलचित्र बजारमा ʻछक्का पञ्जाʼ भने एउटा ब्राण्ड साबित हुँदै गएको छ । व्यापारिक रिपोर्टअनुसार यसका चारवटै श्रृङ्खला ब्लकबस्टर साबित बनेका छन् ।

ʻछक्का पञ्जाʼको व्यापारिका आँकडा १६ करोड छ । जुन चलचित्रले सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको थियो । त्यस्तै ʻछक्का पञ्जा २ʼ ले १४ करोड बढीको कमाई गरेको थियो । ʻछक्का पञ्जा ३ʼ ले झण्डै १७ करोडको कमाएको थियो ।

’छक्का पञ्जा ३’ ले ५१ दिनमा १७ करोड कमाएको थियो । यस्तै ‘छक्का पञ्जा ४’ले पनि ५१ दिन मनाउन सफल भएको थियो । देशभरका १६ वटा हलमा ५१औं दिन मनाएको चलचित्रले यो अवधिसम्ममा घरेलु बजारमा १८ करोड ग्रस कलेक्सन गरेको थियो ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top