३२ साउन ,काठमाण्डौ ।
कलाकार दिपकराज गिरी र दिपारुी निरौंलाको चलचित्र छक्का पञ्जा नेपाली चलचित्र उद्योगकै सफल चलचित्र मध्येको एक हो । यो चलचित्र अहिले ५ औं सिक्वेलसम्म आइपुग्दा यसले सफलता सँगसँगै विवाद समेत बोकेर ल्याउने गरेको छ । अहिले छक्का पञ्जा ५ को पहिलो गीत रिलिज लगत्तै चर्चा र विवादमा आएको छ ।
गायिका ज्योति मगरले ‘छक्का पन्जा ५’को केही दिन अगाडि सार्वजनिक गीत ‘बिहे भाको छैन’ पनि समाज भड्काउने खालको धारणा राखेकी छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै अन्य गीतमा संस्कार सिकाउनेहरू फिल्मको गीत प्रति नबोलेको गुनासो गरेकी छन् ।
उनी लेख्छिन्, ‘बिस्तराले पोल्यो’, ‘३ महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले ‘छक्का पन्जा ५’को गीत ‘बिहे भाको छैन, कुमारी पनि हैन म’ गीतलाई कुन रूपले लिए होलान् । यो गीतको भाव बुझेनन् कि क्या हो ?’ उनले गीतले बिहे ग¥या छैन ।
तर संसर्ग गर्याछु भन्न खोजेको समेत उनको भनाई छ । गीत रिलिजपछि राम्रो भियुज पाइरहेको अवस्थामा ‘बिहे भएको छैन, कुमार÷कुमारी नि होइन’ भन्ने शब्द अमर्यादित रहेको भन्दै आलोचना गरिएको हो । आमरुपमा कुमार÷कुमारी शब्दलाई यौन सम्बन्ध नराखेको अर्थमा लिइन्छ ।
विवाहपछि मात्रै यौनसम्बन्ध राख्नुपर्ने सामाजिक मान्यता रहेको हुँदा गीतका शब्दलाई केहीले अपाच्य मानेका हुन् । गीतका शब्दहरू चलचित्रका निर्माता दीपकराज गिरी र संगीतकार दीपक शर्माले मिलेर लेखेका हुन् । टीकाटिप्पणी हुन थालेपछि निर्माता गिरीले सामाजिक सञ्जालमा प्रतिवाद गरेका छन् ।
शब्दमा आपत्ति जनाउनेहरूलाई शब्दकोश हेर्न उनको सुझाव छ । ‘केही साथीहरूले कुमारीको अर्थ खोजिरहनु भएको रहेछ । शब्दको हेरौं न के लेख्या रहेछ ? शब्दको सही अर्थ खोज्ने ठाउँ त त्यही नै होला होइन र ?’ उनले लेखेका छन् ।
नेपाली शब्दकोशमा भने ‘कुमारी’ शब्दलाई १२ वर्षसम्मकी अविवाहित कन्या, छोरी, पुत्री, पार्वती, दुर्गा, र भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौंकी देवी भनेर परिभाषित गरिएको छ ।
आगामी असोजको २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मका लोक शैलीमा तयार यो गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ । दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ ।
सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । यसअघि ’छक्का पञ्जा २’को गीत ’ए दाजु नसमाऊ नारीमा’ पनि विवादमा आएको थियो ।
प्रिन्स नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो। गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो। त्यसअघि ‘छक्का पञ्जा’को पाइरेसी भएको भन्दै गिरीले केही युवामाथि उजुरी समेत गरेका थिए ।
नेपाली चलचित्रको बजार सानो छ । यही सानो बजारमा एक वर्षमा १ सयभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आउँछन् । त्यसमा सरदर ९५ प्रतिशत चलचित्र असफल हुन्छन् भने ५ प्रतिशतले मात्र लगानी उठाउँछन् । नाफामा जाने चलचित्र त २÷३ वटा मात्र हुन्छन् ।
जुन कुरा विगतका आँकडाले प्रष्ट पार्छ । एउटा चलचित्र निर्माण गरेपछि त्यसको लगानी समेत उठाउन मुस्किल हुने नेपाली चलचित्र बजारमा ʻछक्का पञ्जाʼ भने एउटा ब्राण्ड साबित हुँदै गएको छ । व्यापारिक रिपोर्टअनुसार यसका चारवटै श्रृङ्खला ब्लकबस्टर साबित बनेका छन् ।
ʻछक्का पञ्जाʼको व्यापारिका आँकडा १६ करोड छ । जुन चलचित्रले सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको थियो । त्यस्तै ʻछक्का पञ्जा २ʼ ले १४ करोड बढीको कमाई गरेको थियो । ʻछक्का पञ्जा ३ʼ ले झण्डै १७ करोडको कमाएको थियो ।
’छक्का पञ्जा ३’ ले ५१ दिनमा १७ करोड कमाएको थियो । यस्तै ‘छक्का पञ्जा ४’ले पनि ५१ दिन मनाउन सफल भएको थियो । देशभरका १६ वटा हलमा ५१औं दिन मनाएको चलचित्रले यो अवधिसम्ममा घरेलु बजारमा १८ करोड ग्रस कलेक्सन गरेको थियो ।