×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रममात्रै हो : प्रचण्ड

१ भाद्र २०८१

१ भदौ, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पार्टी फुट्ने हल्लाको कुनै आधार नरहेको बताए ।

स्थायी कमिटीको बैठकमा केही सदस्यले भिन्न धारणा राखे पनि पार्टी एकजुट भएको उनको भनाइ छ । उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए ।

उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको नेतृत्वबाट कहिल्यै नभनिएको प्रचण्डको दाबी छ । उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए ।

आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष प्रचण्डको स्वीकारोक्ति छ ।

उनले जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रमबाट मुक्त हुन आग्रहसमेत गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top