ओस्कार चार महिना मैदान बाहिरै

३२ साउन ८१, शनिबार

१ भदौ, एजेन्सी ।

म्यानचेस्टर सिटीका विंगर ओस्कार बोब तीनदेखि चार महिना मैदान बाहिर रहने भएका छन् । नर्वेका बोबलाई यसै साता प्रशिक्षणका क्रममा चोट लागेको थियो । उनको खुट्टाको हड्डी भाँचिएको थियो । शुक्रबार शल्यक्रिया गरिएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताए ।

सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध खेल्दै छ । बबले संयुक्त राज्य अमेरिकाको प्रि–सिजन टूरको क्रममा प्रभावित पारेका थिए । शनिबार कम्युनिटी शिल्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा सिटीको जितमा लगभग पूरा खेल खेले ।

Advertisement

ग्वार्डिओलाले डिफेन्सिभ मिडफिल्डर रोड्री युरोपियन च्याम्पियनसिपपछि प्रि–सिजन प्रशिक्षणमा फर्केपछि चेल्सीविरुद्ध सहभागी नहुने बताएका छन् । ग्वार्डिओलाले अर्का मिडफिल्डर काल्भिन फिलिप्स पनि लोनमा इप्सविचमा आबद्ध हुन लागेको बताएका छन् ।

यता ब्राजिलका स्ट्राइकर इभानिल्सनलाई बोर्नमाउथले अनुबन्ध गरेको छ । २४ वर्षीय इभानिल्सनलाई शुक्रबार पोर्टोबाट चार करोड पाउन्ड (पाँच करोड १६ लाख अमेरिकी डलर) मा अनुबन्ध गरिएको हो । गत सिजन उनले पोर्चुगिच क्लब पोर्टोका लागि लिगमा १३ गोल गरेका थिए ।

Advertisement

गत अक्टोबरमा रोयल आन्टवर्पविरुद्ध च्याम्पियन्स लिगको समूहचरणमा उनले ह्याट्रिक गरे । इभानिल्सनले डोमिनिक सोलान्केको स्थान लिनेछन्, जो शनिबार टोटनह्यामबाट मैदान उत्रिँदैछन्।

टोटनह्यामले फ्रान्सको यू–२१ अन्तर्राष्ट्रिय विंगर विल्सन ओडोबर्टलाई पनि रेलिगेसनमा परेको बर्नलीबाट २करोड ५० लाख पाउन्ड (३ करोड २३ लाख अमेरिकी डलर) मा किनेको छ ।

इप्सविचले म्यानचेस्टर सिटीबाट लोनमा ब्ल्याकबर्न र काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ । साउथह्याम्पटनले स्ट्राइकर क्यामरुन आर्चरलाई एस्टन भिल्लाबाट अनुबन्ध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top