आजदेखि साफ, श्रीलंकाविरुद्ध खेल्दै नेपाल, लक्ष्य उपाधि

१ भदौ ८१, आइतबार

२ भदौ , एजेन्सी ।

साफ यु–२० च्याम्पियनसिप प्रतियोगिता  आजदेखि सुरु हुँदैछ । आजको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  १२ भदौसम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।  गत वर्ष नेपालमै भएको साफ यु–१९ को कप्तानी गोलरक्षक जियारत सेखले गरेका थिए । कुशलले उक्त प्रतियोगिता सेखको कप्तानीमा खेलेका थिए । साफ यु–२० खेल्ने टोलीमा जियारतले पनि निरन्तरता पाएका छन् । यद्यपि, यसपल्ट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी कुशललाई नै दिएका छन् ।

उनीसँग ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको अनुभव रहेको छ । जियारत भने ‘ए’ क्लब मनाङ मर्स्याङ्दी फुटबल क्लबका बेन्च प्लेअर हुन् । गत सिजन उनी मनाङसँगै रहेपनि खेल्ने अवसर भने प्राप्त गरेनन् । उक्त सिजन राष्ट्रिय टोलीको अनुभव सम्हालिसकेका कप्तान दीप कार्कीले नै गोल पोस्ट सम्हालेका थिए ।

  टोलीका कप्तान कुशल देउवाले जित्ने ‘मेन्टालिटी’ लिएर खेल्ने बताएका छन् । नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन् । यु–२० टोलीले यसपल्ट चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग केही अभ्यास खेल खेलेको थियो । जसको कारण टिमको तालमेल पनि राम्रो भएको उनले बताए ।

घरेलु मैदानमै यो प्रतियोगिता हुने भएको कारण पनि  सहयोग पुग्ने बताए । यद्यपि, उमेर समूहमा नेपाल जहिल्यै बलियो देखिए पनि सबै टोलीलाई हलुकामा नलिई खेल्ने पनि उनले बताए । यस्तै टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो लक्ष्य जसरी भए पनि साफ यु–२० च्याम्पियनसिपको ट्रफी घरमै राख्ने रहेको बताएका छन् । ‘तयारी राम्रो भएको छ।

आफ्नै घरेलु मैदानमा प्रतियोगिता हुने भएको कारण ट्रफी यही राख्ने लक्ष्य छ,’ उनले भने । घरेलु मैदानमा समर्थको साथ पनि पाउने भएको कारण आफ्नो टोलीको उर्जा अझ बढ्ने उनको भनाइ छ । ‘फुटबल हो। कसैलाई कमजोर मान्नु हुँदैन । सबैको कोचको आफ्नो रणनीति र योजना हुन्छ । त्यसैले आफ्नो गेम खेल्दै जाने हो, जित्दै जाने हो। सबै म्याच फाइनल सम्झेर खेल्छौं,’ उनले भने ।

एन्फा कम्पलेक्समा हुने खेलको लागि टिकट दर ३ सय रूपैयाँ रहेको छ ।  १० दिन चल्ने प्रतियोगिताका लागि खेल्ने  २३ सदस्यीय  नेपाली युवा टोलीमा जियारत शेख, कृषल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ,आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लछु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्वेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी रहेका छन् ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top