६ वर्षको अवधिमा नियम नमान्ने ७० जना पाइलट कारबाहीमा

२ भदौ ८१, सोमबार

३ भदौ, विराटनगर ।

पछिल्लो ६ वर्षको अवधिमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियमविपरीत उडान र नियम उल्लंघन गर्ने ७० जना पाइलट कारबाहीमा परेका छन् ।

दुर्घटना भएर ज्यानै गएको अवस्थाबाहेक अरू बेला नियमविपरीत काम गर्ने पाइलटहरूलाई क्यानले कारबाही गर्दै आएको छ । क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको नियमविपरीत काम गरेका पाइटलहरू कारबाहीमा पर्छन् ।

सन् २०१८ देखि २०२४ सम्म यसरी नियमविपरीत काम गरेका भन्दै ७० जना पाइलट कारबाहीमा परेको क्यानको तथ्यांक छ ।

क्यानले सन् २०१८ मा १४ जनालाई कारबाही गरेको थियो भने २०१९ मा आठ जना, २०२० मा सात जना, २०२१ मा ६ जना, २०२२ मा १० जना, २०२३ मा १६ जना र २०२४ को हालसम्म नौ जनालाई कारबाही गरेको हो ।

विशेषगरी सिनियर पाइलटहरूले नै क्यानको नियम उल्लंघन गर्ने गरेका छन् । क्यानको सिभिल एभिएसनको सेक्युरिटी प्रोभिजन उल्लंघनमा नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामा र भावना पन्त यसअघि कारबाहीमा परेका थिए ।

प्राधिकरणले अनुमतिबिना उडानका दौरान भ्लगरलाई अन्तर्वार्ता दिएको भन्दै लामालाई कारबाही गरेको थियो ।

नेपाल आएका चर्चित एभियसन भ्लगर साम चुईले नेपाल एयरलाइन्समार्फत उडान भरेका थिए, जहाँ विजय लामाले हवाईजहाज उडाएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top