४ भदौ, विराटनगर ।
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् । विश्वकप विजेता मेसीले चोटका कारण चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका हुन् ।
इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका ३७ वर्षीय मेस्सी चोटका कारण लामो समययता मैदानबाहिर छन् ।
उनी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।
कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेसी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् ।
अब, उनले सेप्टेम्बर ५ मा हुने चिलीसँगको खेल गुमाउने छन् । विश्वकप छनोटअन्तर्गत साविक विजेता अर्जेन्टिनाले घरेलु मैदानमा चिलीसँग खेल्ने छ ।
त्यसको पाँच दिनपछि उसले कोलम्बियासँग उसको मैदानमा प्रतिस्पर्धा गर्ने छ ।
त्यही कारण अर्जेन्टिना एफएले छनोटका लागि घोषणा गरेको टोलीमा उनलाई २८ सदस्यीय समावेश गरिएको छैन । यद्यपि, उनी मेजर लिग सकर टोली इन्टर मायामीसँगै रहेका छन् । त्यही रिकभरीका लागि उनी प्रयास गर्दै छन् ।
प्रशिक्षक लियोनेल स्कालोनीले घोषणा गरेको टोलीमा सन्न्यासको घोषणा गरेका एन्जेल डि मारियासँगै रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानी पनि परेका छैनन् ।