प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि भएको प्रतिबन्ध खोल्दै ओली सरकार

३ भदौ ८१, मंगलबार

४ भदौ, विराटनगर । 

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकारले प्रतिबन्ध खोल्ने तयारी गरेको हो ।

१० महिनाअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । २०८० कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले निर्णय गरेर टिकटक बन्द गरेको थियो ।

सामाजिक सद्भाव खल्बल्याउन प्रेरित गरेको भन्दै प्रचण्ड सरकारले टिकटक बन्द गरेको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुलाउने तयारी गरेको हो ।

नेपालमा टिकटकमाथि प्रतिबन्ध भएपछि चिनियाँ पक्षले लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएर प्रतिबन्ध हटाउन माग गरेको थियो ।

टिकटकले पटकपटक आफूहरू नेपालमा दर्ता भएर सञ्चालनमा आउन तयार रहेको र नेपालको कानुन मान्न तयार रहेको बताएपछि टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने शर्त राखेर प्रतिबन्ध फुकाउने तयारी भएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top