नेपाली विद्यार्थी सोनिशलाई अष्ट्रेलियामा अहिले सम्मकै ठुलो अवार्ड

नेपाली विद्यार्थी सोनिशलाई अष्ट्रेलियामा अहिले सम्मकै ठुलो अवार्ड

अध्ययनका लागि नेपालबाट अष्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थी क्रिटेन विश्वविद्यालयको ब्यबस्थापन संकायमा उत्कृष्ट भएका छन् ।

एक वर्ष अघि अध्ययनका लागि अष्ट्रेलिया पुगेका नवलपरासीका सोनिश सापकोटाले क्रिटेन विश्वविद्यालय अन्तर्गतको क्रिटेन कलेज ब्यबस्थापन संकायबाट सर्वोत्कृष्ट गरेका हुन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

ब्यबस्थापन संकाय दोस्रो वर्षको दोस्रो सेमेस्टर अध्ययन गरिरहेका सापकोटाले २० भन्दा बढी देशका करिब ६० हजार विद्यार्थी अध्ययनरत विश्वविद्यालयबाट शैक्षिक वर्ष २०१७–०१८ को हाइयर अचिभर अवार्ड प्राप्त गरेका हुन् ।

विश्वविद्यालयबाट यति ठुलो अवार्ड पाउने उनी पहिलो नेपाली विद्यार्थी हुन् । सर्वोत्कृष्ट अंक ल्याएपछि विश्वविद्यालयले उनलाई प्राज्ञिक समितिको सदस्यमा पनि मनोनित गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.