NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

मध्यपूर्व तनावका ४ अनुहार,कोसँग कति छ दम ?

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
मध्यपूर्व तनावका ४ अनुहार,कोसँग कति छ दम ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ भदौ ,एजेन्सी ।

मध्यपूर्वमा तनाव जारी छ, एकातिर गाजामा इजरायली हमला जारी छ भने अर्कोतर्फ हमास प्रमुख इस्माइल हनियाको मृत्युलाई लिएर इरान र इजरायलबीच युद्धको खतरा छ । यो द्वन्द्व र तनाव कम गर्ने एक मात्र उपाय गाजामा युद्धविराम र बन्धकहरूको रिहाई हो। युद्धविराम सम्झौताका लागि अमेरिका, इजिप्ट र कतारले दुई पक्षबीच मध्यस्थता गर्दै आएका छन् ।

गत साता कतारको राजधानी दोहामा भएको दुई दिने वार्तापछि अमेरिका र इजरायलले सहमतिका सम्बन्धमा सकारात्मक संकेत दिएका छन् । अर्कोतर्फ हमास र इरानले यी दुई देशको नियतमाथि प्रश्न उठाएका छन् । गाजा युद्धविराम सम्झौता सम्बन्धी वार्ता दोहामा १५ र १६ अगस्टमा भएको थियो । यद्यपि हमासका प्रतिनिधिहरूले यी वार्ताहरूमा भाग लिएनन्।

मध्यस्थता गर्ने देश र इजरायली प्रतिनिधिमण्डलबीच दोहामा भएको भेटवार्तामा गाजामा युद्धविराम र बन्धकहरुको रिहाईका विषयमा छलफल भएको थियो । अमेरिका र इजरायलले आफूहरु सम्झौताको नजिक रहेको बताउँदै दुवै देशले छिट्टै युद्धविराम हुने सम्भावना व्यक्त गरेका छन् । यस बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार भनेका छन् कि इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइमा भएको गतिरोध अन्त्य गर्ने प्रस्तावलाई स्वीकार गरेको छ र हमासलाई पनि त्यसै गर्न आह्वान गरेको छ।

यद्यपि, इजरायलले चरमपन्थी समूहले उठाएको चिन्तालाई ध्यानमा राखेको छ कि छैन भन्ने विषय चाँही उनले बताएका छैनन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको साढे दुई घण्टा लामो भेटपछि ब्लिन्केनको बयान आएको हो र उनले मंगलबार इजिप्टको भ्रमण गर्ने अपेक्षा गरिएको छ। युद्धविराम सम्झौताका लागि अर्को बैठक बुधबार इजिप्टको राजधानी कायरोमा हुनेछ ।

यस बैठकलाई लिएर हमासले अमेरिका र इजरायलमाथि वैचारिक हमला गरेको छ भने इरानी समाचार एजेन्सी इरनाका अनुसार हमासका एक वरिष्ठ अधिकारीले गाजा पट्टीमा युद्धविरामको लागि अमेरिकाको वास्तविक इच्छा नभएको बताएका छन्। प्यालेस्टाइनको स्थानीय सञ्चारमाध्यमका अनुसार हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अमेरिकाले इजरायललाई यो वार्तालाप देखाएर थप नरसंहार गर्न समय दिन खोजेको आरोप लगाएका छन् ।

उनले यस प्रस्तावित सम्झौतामा प्यालेस्टिनी बन्दीहरुको रिहाईको स्पष्ट ग्यारेन्टी हुनुपर्ने बताएका छन् । यसबाहेक हमासका अधिकारी हमदानले नेतान्याहु र इजरायली सरकार युद्धविराम सम्झौता गर्न तयार नभएको बताएका छन् । उनले बैठकमा इजरायलले पहिले भएको सम्झौतालाई अस्वीकार गरेको र अब नयाँ शर्तसहित नयाँ सम्झौता गर्न चाहेको बताएका छन् ।

हमदानले इजरायली रक्षामन्त्रीको पुरानो भनाइलाई उद्धृत गर्दै यो सम्झौता हासिल गर्नमा एकमात्र बाधा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु रहेको बताएका छन् । यसअघि इरानले पनि युद्धविराम सम्झौतालाई लिएर अमेरिकामाथि ठूलो आरोप लगाएको थियो । इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरी कानीले शुक्रबार गाजा युद्धविराम वार्तामा अमेरिका ‘तटस्थ मध्यस्थकर्ता’ नभएको बताएका थिए ।

उनले मध्यपूर्वमा जारी द्वन्द्वका बीच यहुदीहरूलाई खतरनाक हतियार उपलब्ध गराएर अमेरिका यो नरसंहारमा सहभागी भएको आरोप लगाए । अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको यस युद्धमा गाजामा हालसम्म ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । हमासले करिब २०० इजरायली नागरिकलाई बन्धक बनाएको बेला इजरायलले वेस्ट बैंक र प्यालेस्टाइन क्षेत्रमा छापा मारेर हजारौं प्यालेस्टाइनी नागरिकलाई लगातार पक्राउ गरेको छ ।

नोभेम्बर २२, २०२३ मा, हमास र इजरायल बीच ४ दिने युद्धविराम भएको थियो, जसमा लगभग ५० इजरायली बन्धक र १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको थियो। त्यसयता युद्धविरामका लागि सहमतिका लागि प्रयास भइरहेका छन् तर अहिलेसम्म सकारात्मक नतिजा निस्कन सकेको छैन । डिसेम्बर १०, २०२३ मा अमेरिका, कतार र इजिप्टद्वारा तीन तहको युद्धविराम सम्झौताको प्रस्ताव गरिएको थियो जसमा हमासका अधिकारीहरू सहमत भए तर इजरायलले यो प्रस्तावलाई अस्वीकार गर्यो।

यसपछि इजरायलको नियतमाथि प्रश्न उठ्न थालेको थियो, नेतान्याहुको सरकारले गाजामा युद्धविराम चाहँदैनथ्यो, त्यसैले यो प्रस्तावलाई अस्वीकार गरेको थियो । मिडिया रिपोर्टका अनुसार हमासले तीन तहको प्रस्तावमा सहमति चाहेको छ जुन राष्ट्र संघ सुरक्षा परिषद्ले पनि पारित गरेको छ। इजरायली प्रधानमन्त्रीले फेरि एकपटक नयाँ शर्त राखेका छन् ।

इजरायलले दक्षिणी गाजामा आफ्नो नियन्त्रण कायम राख्न चाहन्छ, नेतान्याहुले गाजाका विभिन्न ठाउँमा चेक पोइन्टहरू निर्माण गर्ने र उत्तरी गाजामा फर्कने प्यालेस्टिनीहरूलाई जाँच गरेपछि मात्रै छोड्ने अनुमति दिइनेछ। इजरायलका यी नयाँ शर्तका कारण हमासले युद्धविराम सम्झौताको वार्तामा भाग लिन अस्वीकार गरेको बताइएको छ ।

Tags: # गाजा युद्धविराम सम्झौता#इजरायली हमला#गाँजा#मध्यपूर्वमा तनाव जारी

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.