×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

बंगलादेशबाट सर्‍यो महिला विश्वकप क्रिकेट, अब युएईमा हुने

५ भाद्र २०८१

५ भदौ, विराटनगर । 

यसअघि बंगलादेशमा हुने तय भएको आइसिसी टी-२० महिला विश्वकप क्रिकेट युएईमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधबार निर्णय गर्दै आगामी अक्टोबर महिनादेखि हुने महिला विश्वकप युएईमा हुने जनाएको हो ।

Advertisement
Advertisement

बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्येनजर गरेर नवौं संस्करणको महिला विश्वकप युएईमा सारिएको आइसिसीले जनाएकाे छ । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्नसक्ने बताइरहँदा आइसिसीले सुरक्षा चुनौतीलाई मध्यनजर गरेर युएईमा सारेको हो ।

अब, आगामी अक्टोबर ३ देखि २० तारिखसम्म हुने प्रतियोगिता दुबई र शारजाहमा हुने आइसिसीले जनाएको छ । आइसिसीका कार्यकारी प्रमुखले जियोफ अलार्डाइसले भनेका छन्, ‘बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने प्रयास गरेकोमा धेरै-धेरै धन्यवाद । तर, विश्वकमा सहभागी हुने टोलीहरूलाई असहज हुने देखिएपछि हामीले सार्नैपर्ने अवस्था आएको हो । भविष्यमा कुनै संस्करण बंगलादेशमा पनि हुने छ ।’

विश्वकपमा यसपालि १० राष्ट्रको सहभागिता छ । सन् २०१४ यता आइसिसीले १० टोलीलाई सहभागी गराएर विश्वकप खेलाउँदै आएको छ । विश्वकपको अघिल्लो संस्करणको विजेता भने अस्ट्रेलिया हो । उसले सर्वाधिक ६ पटक उपाधि जितिसकेको छ ।

Advertisement
Advertisement

१० राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अस्ट्रेलियासँगै भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् भने समूह ‘बी’ मा बंगलादेश, इंग्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top