NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम

बुधबार भदौ ५ , २०८१
Reading Time: 1 min read
A A
नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ भदौ, विराटनगर ।

संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिँदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ ।

अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो । उमेरले ७८ पुगिसकेका ट्रम्प पुनः एकपटक राष्ट्रपतिमा दोहोरिन खोज्दै छन् ।

LS Auto

राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन्, ट्रम्प । अघिल्लो निर्वाचनमा भने ट्रम्पले डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजय भोग्नुपरेको थियो । आफू राष्ट्रपति भएकाबेला ट्रम्पले सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै रुष्ट व्यवहार देखाएका थिए ।

पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीकै नेताहरू पनि खुशी थिएनन् । उनले बाइडेनलाई राष्ट्रपतिका रुपमा स्वीकार्न समेत निक्कै समय लगाएका थिए । त्यै पनि यसपाली राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका ट्रम्पले चुनावी अभियानलाई युद्धस्तरमा अगाडि बढाइरहेका छन् ।

ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिस भने डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी दाबेदार हुन् । हालैमात्र राष्ट्रपति बाइडेनबाट डेमोक्रेटिक पार्टीको जिम्मेवारी पाएकी ह्यारिसले अमेरिकाकी वर्तमान उपराष्ट्रपति पनि हुन् । सन् २०२१ यता उपराष्ट्रपतिको भूमिकामा छिन्, ह्यारिस । अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति पनि हुन्, उनी ।

हालका डेमोक्रेट राष्ट्रपति बाइडेनले राष्ट्रपतिको निर्वाचनबाट खुट्टा झिकेपछि मौका ह्यारिसले पाएकी हुन् । बाइडेनको साथ र समर्थनले बलियो उम्मेदवार बनेकी ह्यारिसलाई पूर्व राष्ट्रपति बाराक ओबामाले पनि खुलेर साथ दिएका छन् । पूर्वराष्ट्रपतिद्वय बाइडेन र ओबामाको समर्थनबाट हौस्सिएकी ह्यारिसले पनि राष्ट्रपतिको निर्वाचनका लागि कम्मर कसेर चुनावी अभियानलाई अगाडि बढाएकी छन् ।

राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा, मतदातालाई आकर्षित गर्न उनीहरूले विभिन्न रणनीतिहरू अपनाइरहेका छन् । ट्रम्प र ह्यारिस दुवैले स्वास्थ्य सेवा, रोजगारी र सुरक्षाजस्ता मतदाताका प्राथमिक विषयहरू वा लोकप्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने बाचासहित उनीहरूको ध्यान केन्द्रित खोजिरहेका छन् ।

ट्रम्पले धेरै आक्रमक र थोरै भावनात्मक रूपमा मतदातालाई रिझाउन खोजिरहेका छन् । गत जनवरी ६ मा पेन्सिलभेनियामा चुनावी र्‍यालीमा भएको ट्रम्पमाथिको हमलालाई पनि कतिपयले चुनावी प्रचारकै रूपमा अर्थ्याइरहेका छन् । तथापि, यसको आधिकारिक पुष्टि भने भएको छैन ।

त्यसबाहेक ट्रम्पले ह्यारिस र उनको समर्थनमा उभिएका बाइडेनमाथि राजनीतिक हमलाहरू गरिरहेका छन् । बाइडेन सरकारको कमजोरी खोजेर आलोचना गर्नेदेखि लिएर उनीहरूकै योग्यतामा प्रश्न तेर्स्याउने काममा ट्रम्प र उनका समर्थक लागिपरेका छन् । पटक–पटक बाइडेनको राजीनामा मागिसकेका ट्रम्पले आफ्नो चुनावी सन्देश फैल्याउन सामाजिक सञ्जाल ‘एक्स’ मा प्रत्यक्ष दखल राखेका छन् भने अरू परम्परागत मिडियाहरूको पनि उत्तिकै प्रयोग गरिरहेका छन् ।

आफू राष्ट्रपतिमा निर्वाचित भए खर्बपति व्यापारी एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको योजना छ । न्युज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पले टेस्लाका मालिक मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् । टेस्ला र स्पेस्क एक्सका मालिक मस्क र ट्रम्पबीचको दोस्ताना पछिल्लो समय खुबै जमेको छ ।

उनीहरूले हालै सामाजिक सञ्जाल एक्समा निकै लामो भलाकुसारी गरेका थिए । पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थनमात्रै गरिरहेका छैनन्, बाइडेनप्रति लक्षित हुँदै आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा खुलेर आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा दैनिक सक्रियकर्ताको संख्या २५० मिलियन छ, जसबाट ट्रम्पको चुनावी प्रचार–प्रसार व्यापक प्रभावकारी हुन सक्छ ।

यता, ट्रम्पकी प्रतिद्वन्द्वी ह्यारिसले भने भावनात्मक रूपमा आफ्नो प्रचार–प्रसार गरिरहेकी छन् । विशेषतः उनका लागि राष्ट्रपति बाइडेन स्वयम् ‘इमोसनल्ली’ खटिइरहेका छन् भन्दा फरक नपर्ला । सोमबार पार्टीको अधिवेशनबाट बिदाइ हुँदै गर्दा भावुक बनेका उनले ह्यारिसको खुलेरै प्रसंशा गरेका थिए ।

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास थिएन। यसैले रंगभेदको अन्त्यका लागि भन्दै ह्यारिस र उनका समर्थक अफ्रिकी–अमेरिकी समुदायको समर्थन प्राप्त गर्न बेजोडले लागिपरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ।

Tags: #अमेरिका#कमला ह्यारिस#डोनाल्ड ट्रम्प#राष्ट्रपतीय निर्वाचन

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.