×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

रोनाल्डो पनि युट्युबमा,एकैदिनमा गोल्ड प्ले बटन

६ भाद्र २०८१

६ भदौ , एजेन्सी ।

पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन बिदाका दिनहरू सकिए । बिदा सकेर उनी आफ्नो क्लब अल नासर फर्किएका छन् । ३९ वर्षीय रोनाल्डो हाल आफू आबद्ध रहेको अल नासरमा प्रशिक्षण गरिरहेका छन् । हालैमात्र अरबियन सुपरकपको उपाधि भिडन्तमा हारेको थियो । गत जुन–जुलाईमा भएको युरो कपमा पोर्चुगलबाट खेलेर अल नासर फर्किएका रोनाल्डोले सुपर कपको उपाधि भने उचाल्न पाएनन् ।

Advertisement

इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रोनाल्डो सन् २०२२ नोभेम्बरमा अल नासरमा अनुबन्ध भएका थिए, त्यसयता उनले तेस्रो सिजन थाल्दै छन् । पाँच पटकका बालन डी‘ओर विजेता रोनाल्डो आफ्नो परिवारका साथमा साउदी अरेबियामा बस्दै आएका छन् । तीन सन्तान, गर्लफ्रेन्ड र आमाका साथमा साउदीमा रहेका रोनाल्डोले बिदाका दिनमा छायांकन गरेका भिडियो सार्वजनिक गर्न युट्युब च्यानल बनाएका थिए ।

लगत्तै उनले आफूले युट्युब च्यानल खोलेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराए । समर्थकहरूको आग्रहकै कारण उनले युट्युब च्यानलको सुरुआत गरेका थिए । उनले युट्युब च्यानलको नाम ‘यूआर क्रिस्टियानो’ राखेका छन् । युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दै १ करोड ७० लाख बढीले सब्सक्राइब गरेका छन् । यसले नै रोनाल्डोलाई अर्काे कीर्तिमान चुमाएको छ ।

यसअघि मैदानमा कीर्तिमान बनाउन पल्किएका रोनाल्डोले युट्युब च्यानलमार्फत् एउटा नयाँ कीर्तिमान बनाएका हुन् । च्यानलले सबैभन्दा छिटो १० लाख सब्सक्राइबर बनाउने च्यानलको रूपमा कीर्तिमान बनाएको हो । यसअघि यु ट्युबमा सबैभन्दा छिटो एक करोड सब्सक्राइबर पु¥याउने कीर्तिमान ह्यामस्टर कोम्बाटको नाममा थियो ।

त्यो च्यानलले एक करोड सब्सक्राइबर पु¥याउन सात दिन प्रतीक्षा गर्नु परेको थियो । तर, रोनाल्डोको युट्युब च्यानलमा ९० मिनेटमै १० लाख सब्सक्राइबार पुगेको दाबी गरिएको छ । अहिले एक करोड ६० लाख माथि सब्सक्राइब पुगिसकेको छ । यो निरन्तर बढ्ने क्रममा छ । रोनाल्डोले यो उपलब्धिका लागि युट्युबबाट गोल्ड प्ले बटन पनि प्राप्त गरेका छन् ।

उनले त्यो भिडियो पनि यु ट्युबमार्फत सार्वजनिक गरेका छन् । उक्त बटन आफ्ना छोरा÷छोरीहरूलाई देखाउँदै गरेको भिडिओ पनि उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । जहाँ उनका छोराछोरीहरू उत्साहित हुँदै खुसी भएको देखिन्छ । अहिलेसम्म उनको च्यानलमा लामा र छोटा गरेर १९ वटा भिडिओ अपलोड भएका छन् ।

उनको सबैभन्दा पहिलो भिडियो नै ११ मिलियन बन्दा बढी पटक हेरिएको छ । जसमा ६५ हजारभन्दा बढी कमेन्टहरु आएका छन् । अब उनी १ करोड सब्सक्राइबर पुगेपछि युट्युबले दिने डायमन्ड बटनका लागि पनि योग्य भइसकेका छन् । ३९ वर्षीय रोनाल्डोको सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर) मा ११ करोड २६ लाख फलोअर्स रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पनि उनले १७ करोड फलोअर्स छन् । यसका अतिरिक्त इन्स्टाग्राममा पनि उनको कीर्तिमानी ६३ करोड ६० लाख फलोअर्स रहेका छन् । युरोपका शीर्ष तीन लिगमा आबद्ध क्लबहरूबाट व्यवसायिक फुटबलको अनुभव संगालिसकेका रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ।

३९ वर्षको उमेरमा पनि उत्कृष्ट फुटबल खेलिरहेका रोनाल्डोले क्लब र देश दुवैतर्फबाट पारिश्रमिक पाउँछन् । हाल साउदी अरेबियन क्लबका खेलाडीहरूमध्येमा रोनाल्डोको पारिश्रमिक सबैभन्दा बढी छ । उनको साप्ताहिक कमाइ ३.२३ मिलियन पाउन्ड छ । यसलाई नेपालीमा तुलना गर्दा ५६ करोड ६८ लाख २४ उनी एक सातामा क्लबबाट मात्र आम्दानी गर्छन् ।

त्यसबाहेक सामाजिक सञ्जालबाट राम्रो आम्दानी गरिरहेका छन् । विभिन्न ब्रान्डका विज्ञापनका माध्यमबाट पनि उनी भरपुर आम्दानी गर्छन् । यतिमा मात्रै सिमित नभएर उनले अब युट्युबबाट पनि आम्दानी गर्न थालेका छन् ।

Advertisement

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top