×

NEPAL TIMES UPDATES

Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026

सुमनाले ठाडै भनिन् : प्रधानमन्त्रीमा क्षमता देखिएन

६ भाद्र २०८१

६ भदौ, विराटनगर । 

सदनमा खरो रूपमा प्रस्तुत हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के भन्दै प्रश्न तेर्स्याइन् । विशेषगरी श्रेष्ठका सवाल त्रिभुवन विश्वविद्यालयमा सिर्जित वर्तमान समस्यातर्फ लक्षित थिए ।

Advertisement
Advertisement

निरन्तरको धम्कीले गर्दा त्रिविका पदाधिकारीका लागि गृहमन्त्रीसँग सुरक्षाको माग गरिदिने शिक्षामन्त्री विद्या भट्टराईतिर इंगित हुँदै उनले प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठाएकी हुन् । ओली नेतृत्वकोमन्त्रीपरिषद्मा प्रतिनिधित्व गर्ने एक मन्त्रीले अर्को मन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षाको माग गर्नु प्रधानमन्त्रीको कार्यक्षमता कमजोर पुष्टि भएको उनको भनाइ छ ।

‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुँदाहुँदै पनि एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने? त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ?,’ सुमनाको प्रश्न छ । प्रधानमन्त्रीकै दलको भ्रातृ संगठन अनेरास्ववियुका नेताले ठमेलस्थित सरस्वती क्याम्पसमा चिट चोराउने क्रममा परीक्षा नियन्त्रकलाई कुटेको विषय उठाउँदै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने प्रधानमन्त्रीको कार्यक्षमतामै प्रश्न उठाइन्।

उनले भनेकी छन्, कहिले गार्ड कुट्ने विद्यार्थी संगठन र कहिले प्रेम चलाउने कुट्ने विद्यार्थी संगठन, दुवैलाई एकै ठाउँ ल्याएर दुई ठूला दलहरु हाँक्ने कप्तान पनि – प्रधानमन्त्री, शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रुपमा उभिनु भएको पनि, प्रधानमन्त्री सरस्वती क्याम्पसमा चिट चोराउन साउन १५ गते परिक्षा निरिक्षक कुट्ने अनेरास्ववियु नेताको माउ पार्टीका अध्यक्ष पनि प्रधानमन्त्री ।

सुमना यतिमा मात्रै रोकिइनन् समस्याको जरोमा पनि प्रधानमन्त्री , टुप्पोमा पनि प्रधानमन्त्री । उनले प्रश्न गरिन् यसमा प्रधानमन्त्री ज्यूको कार्यक्षमता पुगेन नभन्नु पर्ने कारण के छ? यसअघि शिक्षामन्त्री हुँदा श्रेष्ठले शिक्षामा पार्टी–दलीय राजनीति मुक्त बनाउने अभियान थालेकी थिइन् । शिक्षकलाई राजनीतिक दलबाट टाढा राख्न आफू निर्मम बनेकी उनले शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन पनि सचेत गराउने गरेकी थिइन् ।

तर, त्यसबेला प्रतिपक्षमा रहेका ओलीले श्रेष्ठको अभियानप्रति असन्तुष्टि जाहेर गरेका थिए भने शिक्षकहरू स्वयम् शिक्षालयमा राजनीति गर्न पाउनुपर्छ भनेर आन्दोलनमा उत्रिएका थिए । सुमनाले आफू मन्त्री हुँदा विश्वविद्यालयमा दलीय राजनीतिमुक्त हुनुपर्ने विषय उठाएको पनि स्मरण गरिन्। त्यतिबेला ओलीले शिक्षकले राजनीति गर्न पाउनुपर्छ भनेको विषयमा आपत्ति जनाउँदै विश्वविद्यालयलाई राजनीतिले नै विकराल अवस्थामा पुगेकोश्रेष्ठले बताइन् ।

शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री ओली भएको श्रेष्ठको ठहर छ । सत्ता समीकरणको फेरबदलपछि प्रधानमन्त्री बनेका ओलीले त्यसबेलाको सुमनाको अडानलाई आलोचना गरेका थिए । केही दिनअघि एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले रास्वपाकी सांसद श्रेष्ठप्रति लक्षित हुँदै शिक्षकलाई घुँडा टेकाउनेहरूको सत्ता धेरै नचलेको बताएका थिए ।

Advertisement

केही समयअघि शिक्षकहरूमाथि एकतर्फी ढंगले आजको दिनमा पनि दमनचक्र चलाउने प्रयास भएको टिप्पणी गरे ।आठ सय २५ जना शिक्षकलाई घुँडा टेकाएँ, राजीनामा गराएँ, झुकाएँ, राजनीतिबाट अलग गराएँ भन्नेहरूको सत्ता धेरै दिन टिकेन भन्दै ओलीले टिप्पणी गरेका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top