×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नक्कली शैक्षिक प्रमाणपत्रको सहायतामा अधिकृत बनेका दुई जनाविरुद्ध मुद्दा दायर

६ भाद्र २०८१

६ भदौ, काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्कली शैक्षिक प्रमाणपत्रको सहायतामा अधिकृत बनेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

Advertisement

कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी (अधिकृत छैटाैं) कार्यरत सरस्वती ओली क्षेत्री र स्याङ्जाको जगन्नदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिकामा सिअहेव अधिकृत छैटाैं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरू दुवैविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार ओली क्षेत्री सो गाउँपालिकामा मातृ शिशु कार्यकर्ता पदबाट नियुक्ति लिएकी थिइन् ।

पछि, सिअनमी पदमा स्तरवृद्धि भएकी क्षेत्रीको प्राविधिक एसएलसी परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अनमी नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाण–पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौं तहमा स्तर वृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैटाैं तहमा स्तर वृद्धि भई सिअनमी निरीक्षक पद पाउन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली प्रमाण–पत्र पेस गरी लाभ एवम् सुविधा लिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार न्यौपानेले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण–पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्ति लिई सो पदको लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको छ ।

Advertisement

आयोगका अनुसार उनीहरू दुवै जनाविरुद्ध सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top