घट्न थाल्यो सुनको मूल्य, आज पाँच सय रुपैयाँले सस्तियो

६ भदौ ८१, शुक्रबार

७ भदौ, विराटनगर । 

Advertisement

बुधबार (अस्ति) हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य दुई दिनयता निरन्तर घट्दो अवस्थामा छ । बुधबार एक लाख ५३ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

तर, बिहीबार भने एकै दिन एक हजार एक सय रुपैयाँले घटेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार (आज) पनि पाँच सय रुपैयाँले घटेर एक लाख ५१ हजार चार सय रुपैयाँले किन-बेच भइरहेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले सस्तिएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top