×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

मधेश युनाइटेड बन्यो दुई विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो क्लब

७ भाद्र २०८१

७ भदौ, विराटनगर । 

पहिलोपटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेस्ट वुमन्स भलिबल लिग’ रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । एकपछि अर्को गर्दै विदेशी खेलाडी अनुबन्धित भइरहँदा ‘इडब्लुभिएल’ को पहिलो संस्करण राेमाञ्चक हुने अनुमान गरिएको हो ।

Advertisement
Advertisement

६ टोलीको सहभागिता रहने ‘इडब्लुभिएल’ आबद्ध मधेश युनाइटेडले दुई विदेशी खेलाडीलाई अनुबन्धित गरेको हो । शुक्रबारमात्र मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो । मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ ।

ट्युनिसियाकी मिडल ब्लकर योस्राले मधेशबाट खेल्नेछिन् । ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कपसमेत खेलेकी छिन् ।

उनको उचाइ १८४ सेन्टिमिटर छ । योस्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छिन् ।

यसअघि नै मधेश युनाइटेडले काजकिस्तानकी हाउटसाइड हिटर कालिनोभा यभजेनियाको नाम घोषणा गरिसकेको छ । ३५ वर्षीय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टोलीका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । स्पाइकर उनको उचाई १ सय ८० सेन्टिमिटर रहेको बताइएको छ ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म आठ नेपाली र दुई विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

यस्तै, काभा यू–२० महिला च्याम्पियनसिप खेलेकी यू–२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पूजा थारू र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छन् ।  राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भरत यादव टोलीको‌ प्रशिक्षकमा छन् ।

Advertisement
Advertisement

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिग हुन आँटेको हो । तथापि, महिला भलिबलको फ्रेन्चाइज इडब्लुभिएलको मिति भने तय हुन बाँकी छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top