साफको सेमिफाइनलमा नेपाल भर्सेस भुटान

९ भदौ २०८१, आइतबार
Share this
744shares

९ भदौ ,काठमाण्डौ।

Advertisement

साफ यू–२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज नेपालले सेमिफाइनलको पहिलो खेलमा भुटानसँग खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समूह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

भुटान भने समूह बी मा उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्ने छन् । यीदुई बीचको खेल सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार दशरथ रंगशालामा हुने तालिका छ ।

Advertisement

यसअघि अखिल नेपाल फुटवल संघ (एन्फा)ले सेमिफाइनलका खेलहरु पनि दशरथ रङ्गशालामा हुने बताएको थियो । तर साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल्ने ठाउँ सारिएको हो । अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो। यो संस्करणमा घरेलु मैदानको उपाधि रक्षा गर्ने नेपालले लक्ष्य बनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top