×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दर्शक बढाउन स्टेडियम फर्किए मेसी, मैदान कहिलेदेखि फर्किन्छन् ?

९ भाद्र २०८१

९ भदौ, विराटनगर ।
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी टोलीमा नहुँदा उनीआबद्ध इन्टर मियामीका खेलहरूमा दर्शक संख्या उल्लेखनी रूपमा घटेको रिपोर्टहरू बेला–बेला सार्वजनिक भइरहेका छन् । अमेरिकन मेजर लिग सकरमा घट्दो टिकट बिक्रीदर घटिरहेका कारण टिकटमा पनि छुट दिएर बेच्नुपरेका रिपोर्ट पनि सार्वजनिक भएका थिए ।

यसलाई मध्येनजर गरेर ३८ वर्षीय मेस्सी स्टेडियम फर्किएका छन् । आइतबार बिहान घरेलु मैदान चेस स्टेडियममा भएको सिनसिनाटीसँगको खेल हेर्न मेसी स्टेडियम फर्किएका हुन् । उनले दर्शकदीर्घामा बसेर हेरेको खेलमा मियामी २–० गोलले विजयी हुँदै प्लेअफमा स्थान ओगट्न सफल भएको थियो । मियामीका लागि दुवै गोल उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले गरेका थिए ।

Advertisement
Advertisement

एनएफएलका लिजेन्ड टोम ब्राडी र मियामीका मालिक डेभिड बेकह्यामसँग बसेर मेसीले सिनसिनाटीविरुद्धको जितमा उत्सव मनाएका थिए । स्टेडियम भरिभराउ राख्नका लागि पनि मेसी दर्शकका रूपमा फर्किएको हुन सक्ने कतिपय मिडिया रिपोर्टको आँकलन छ । तर पनि मेसीको उपस्थितिले उनका समर्थकलाई उत्साह त दिलाएको छ । विश्वकप विजेता मेसीको आगमनले उनका सहकर्मी स्वारेज, जोर्डी अल्बा, सर्जियो बुस्केट्स जस्ता अन्य स्टार खेलाडीहरूलाई पनि खुसी तुल्याएको छ । तर, तर, उनी कहिलेबाट मैदान फर्किन्छन् भन्ने उत्सुकताले सबैलाई उतिकै सताएको छ ।

जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियामाथि जित हात पार्दा घुँडामा चोट लागेपछि मेसीले कुनै पनि खेल खेलेका छैनन् । गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेस्सी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् ।

मेसीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको भए पनि उनी पूर्ण प्रशिक्षणमा फर्किएका छैनन् । यसैले पनि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गर्दा मेसीलाई समावेश गरेनन् । मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने छन् । उनले सेप्टेम्बर ५ मा हुने चिलीसँगको खेल र त्यसको पाँच दिनपछि हुने कोलम्बियासँगको खेल गुमाउने निश्चित छ ।

Advertisement

तथापि, मियामीले भने मेसी नियमित सिजनको अन्त्यअघि नै फर्कने अपेक्षा गरेको छ । अक्टोबर १९ मा यो सिजन समाप्त हुनेछ भने अर्को हप्ताबाट प्लेअफका खेल सुरु हुने छन् ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top