इजरेलमा ४८ घण्टे सकंटकाल, इरानले के गर्ला ?

९ भदौ ,विराटनगर।

गाजा युद्धमा पूर्णविराम लगाउन अमेरिका, कतार, इजिप्ट लगायतले प्रयास जारी राखेकै बेला मध्यपूर्वमा थप युद्ध विस्तार हुने खतरा बढेको छ । आज बिहानैदेखि इजरायली सेनाले लेबनानस्थित हिज्बुल्लाह संगठनलाई लक्ष्य बनाई हवाई आक्रमण गरेको छ । शनिबार हिज्बुल्लाहले इजरेलतर्फ मिसाइलको वर्षा गरेको थियो । सो हमलामा इजरेल सीमाभित्रका कयौं घरहरु ध्वस्त भएका थिए ।

तर हिज्बुल्लाहले यो हमला शुक्रबार इजरेलले गरेको हमलाको जवाफ भएको बताएको थियो । यस्तो आरोपप्रत्यारोपबीच आज विहानै देखि दोहोरो आक्रमण जारी रहेको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजलायलमाथि सुरक्षा खतरा बढेपछि दक्षिणी लेबनानमा हवाई आक्रमण गरिएको बताएका छन् ।

Advertisement

इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी लेबनानमा तीनजनाको मृत्यु भएको छ । लेबनानका स्वास्थ्य मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा इजरायलको आक्रमणमा परी तीनजनाको मृत्यु भएको पुष्टि गरेको हो । इजरायली सेनाले लेबनानमा हिज्बुल्लाहको अखडालाई निसाना बनाई हवाई आक्रमण गरेको छ । लेबनानको दक्षिणी सहर खियाममा कारमा आक्रमण गरिँदा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, तिरी गाउँमा इजरायली आक्रमणमा परी दुईजनाको मृत्यु भएको जनाइएको छ ।इजरायली सेनाका प्रवक्ताले आक्रमण जारी रहेको पनि बताएका छन् । उनले हिज्बुल्लाहका १०० ठेगानामा आक्रमण गरिएको बताएका छन् । इजरायली सेनाले आक्रमण सुरु गर्नुअघि अरबी भाषामा स्थानीयलाई सुरक्षित स्थानमा जान उर्दी दिएको थियो । इजरायलले लेबनानी नागरिकलाई पनि इरान समर्थित शिया मुस्लिम समूह हिजबुल्लाह सक्रिय रहेका क्षेत्र तत्काल छोड्न चेतावनी दिएको छ ।

इजरायली सेनाको यो उर्दीलगत्तै हिज्बुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको जनाएको छ । हिज्बुल्लाहले इजरायली सेनाका ११ वटा ब्यारेकलाई लक्ष्य बनाई आक्रमण गरिएको बताएको छ । उता इजरायली सेनाका प्रवक्ताले लेबनानको भूमिबाट हिज्बुल्लाहले १५० भन्दा धेरै रकेट प्रहार गरेको जनाएको छ । केही रकेट इजरायली भूमिमा खसेको र केही घरहरू ध्वस्त भएको जनाइएको छ ।

हिज्बुल्लाहले इजरेलको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ । उसले यसलाई इजरेलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ । हिजबुल्लाहले आइतवार बिहान इजरायलमा सयौं रकेटहरू आक्रमण गरेपछि इजरायलले आफ्ना १०० वटा लडाकु विमानहरू आकाशमा प्रहार गरेको थियो। हिजबुल्लाहले जुलाईको अन्त्यमा बेरुतमा आफ्ना कमाण्डर फाउद शुक्रको हत्याको बदला लिन इजरायलमा आक्रमण गरेको बताएको छ।

इजरायली सेनाले हिजबुल्लाहका धेरै आक्रमणलाई सफलतापूर्वक विफल तुल्याएको छ । हिजबुल्लाहले समूहका शीर्ष कमाण्डरको हत्याको बदला लिएको बताएको छ। भगवानको कृपाले पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। यस चरणमा इजरायली ब्यारेकहरू र साइटहरूलाई लक्षित गरी आक्रमण ड्रोनहरूलाई इजरायल भित्रको तिनीहरूको इच्छित गन्तव्यहरूमा जाने सुविधा प्रदान गर्ने समावेश थियो।

हिजबुल्लाहले भनेको छ, ड्रोनहरू योजना अनुसार पार भयो। चरमपन्थी समूहले शत्रुको स्थानमा प्रहार गरिएका रकेटको संख्या ३२० नाघेको बताएको छ। इजरेली आइडीएफले पहिले कारबाही नगरेको भए हिज्बुल्लाहको आक्रमण भयानक हुने अनुमान गरिएकोछ । यसैबीच, आइडीएफले घरेलु मोर्चामा आफ्ना निर्देशनहरूमा ठूलो परिवर्तन गरेको छ।

माथिल्लो ग्यालिली दक्षिणदेखि तेल अवीवसम्म सार्वजनिक जमघट, कार्यस्थल र शिक्षा गतिविधिहरूमा सीमाहरू लगाइएको छ। तेल अवीवको दक्षिणी मध्य र जेरुसेलम क्षेत्रहरू अझै प्रभावित छैनन्, तर स्थिति बिग्रने सम्भावनाका कारण बेन गुरियन एयरपोर्ट अस्थायी रूपमा बन्द गरिएको छ।
हिज्बुल्लाहले एउटा विज्ञप्तिमा इजरेलमाथिको ड्रोन हमला फुआद शुकरको ‘शाहदत’को बदला भएको बताएको छ । उक्त सिया समूहका वरिष्ठ सैन्य कमान्डर जुलाईमा इजरेलले गरेको हवाई हमलामा लेबननको राजधानी बेइरुतमा मारिएका थिए । यसबीच इजरायली सेनाले देशभर अलर्ट जारी गरेको छ । साथै, आगामी ४८ घण्टा महत्वपूर्ण हुने बताएको छ ।

इजरेलमा आज विहान ६ बजेदेखि ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । हिज्बुल्लाहमाथि इजरायली सेनाले आक्रमण गरेपछि इरानले के गर्छ भन्ने चासो र चिन्ता बढेको छ । किनकि इरानमा हमास प्रमुख मारिएपछि इरानले इजरायलमा आक्रमण गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

हिज्बुल्लाह इरान समर्थित लडाकु समूह हो । यसबीच संयुक्त राज्य अमेरिकाले इजरेललाई आफ्नो समर्थन रहने दोहो¥याएको छ । अमेरिकी रक्षा सचिव लयड अस्टिन र इजरेली रक्षा मन्त्री योआभ ग्यालेन्टबीच कुराकानी भएको छ । जसमा उनले हिज्बुल्लाहविरुद्ध सहयोग गर्न अमेरिका तत्पर रहेको बताएका छन् ।

यता तेल अबिबमा मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहूले आफूहरूलाई चोट दिने जोसुकैलाई आफूहरूले पनि चोट दिने नीति अङ्गीकार गरेको दोहोर्याए । उनले हिज्बुल्लाहले इजरेलमाथि आक्रमण गर्ने तयारी गरिरहेको थाहा पाउने बित्तिकै सेनाले सक्रिय रूपमा जोखिम हटाउन काम गरेको बताए ।

आईडिएफले जोखिमहरू विफल तुल्याउन व्यापक रूपमा काम गरेको भन्दै उनले देशको उत्तरलाई निशाना बनाएका हजारौँ रकेटहरूलाई ध्वस्त पारिएको र प्रतिरक्षा र आक्रमण दुवैमा उच्च शक्तिका साथ सेना क्रियाशील रहेको बताएका छन् । इजरेल र हिज्बुल्लाबीच गएको वर्ष गाजा स्ट्रिपमा हमाससँगको युद्ध सुरु भए यता नै तनावहरू भइरहेको छ ।

हमासजस्तै हिज्बुल्लाहलाई पनि इरानको समर्थन छ । यसैपनि इरानले आफ्नो भूमिमा इस्माइल हानियाको हत्याको बदला इजरेलसंग लिइ छाड्ने चेतावनी छ । यस्तोमा उसकै समर्थितहरुले युद्ध थप विस्तार गर्दा इरान पनि खुलेरै युद्धमा होमिएला ? यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद। नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top