परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा ओमानका विदेशमन्त्री काठमाडौं आउँदै

९ भदौ ८१, आइतबार

९ भदौ, विराटनगर ।

Advertisement

ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने  जनाएको छ । उनी मंगलबार फर्किने तालिका रहेको छ ।

Advertisement

नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top