×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोनाल्डिन्होका छोरा कहाँबाट खेल्छन् व्यवसायिक फुटबल ?

१० भाद्र २०८१

१० भदौ, विराटनगर । 
ब्राजिलियन लिजेन्ड खेलाडी रोनाल्डिन्हो गाउचो मन नपराउने फुटबल समर्थक कमै होलान् ! मैदानमा अट्याकिङ मिडफिल्डरका भूमिका निर्वाह गर्न रुचाउने रोनाल्डिन्हो आफ्नो खेल कौशलबाहेक राम्रो स्वभाव र सामान्य जीवनबाट परिचित थिए ।

विश्वकप विजेतासमेत रहेका रोनाल्डिन्हो सन् २०१८ मा क्लब फुटबलबाट अलग भए । त्यसअघि सन् २०१३ मा नै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए । ब्राजिलबाट सन् २००२ मा विश्वकप जितेका रोनाल्डिन्होले डेब्यु गरेकै वर्ष सन् १९९९ मा कोपा अमेरिकाको उपाधि जिते ।

Advertisement
Advertisement

रोनाल्डिन्होले ब्राजिलका लागि धेरै खेल खेल्न पाएनन् । अन्तिम खेलका रूपमा सन् २०१३ मा उनले चिलीविरुद्ध कप्तानको भूमिका निर्वाह गर्दै ९३ मिनेट खेलेका थिए । त्यसपछि उनी ब्राजिलको जर्सीमा देखिएनन् । १४ वर्ष ब्राजिलका लागि खेल्दा उनले ९७ खेलमात्र खेलेका छन्, जसमाले उनले ३३ गोल गरेका छन् । तर, राष्ट्रका लागि भन्दा बढी व्यवसायिक फुटबलमा धेरै समय बिताए ।

बार्सिलोना, पिएसजी, एसी मिलानजस्ता युरोपका उत्कृष्ट क्लबहरूबाट व्यवसायिक फुटबल खेलेका उनले एक पटक च्याम्पियन्स लिग जितेका छन् भने एक पटक बालोन डी‘ओरबाट पुरस्कृत बनेका छन् । विभिन्न आठवटा क्लबहरूबाट ५४९ खेल खेल्दा उनले १९८ गोल गरेका छन् ।

क्लब फुटबलमा रोनाल्डिन्होले स्पेनिस क्लब बार्सिलोनाका लागि २०७ खेल खेल्दा ९४ गोल गरेका छन् । यसैले पनि भन्न सकिन्छ, रोनाल्डोको प्रिय क्लब बार्सिलोना हो । किनकि, आफ्नो छोरा जाओ मेन्डेसलाई समेत उनले बार्सिलोनाको एकेडेमीमा राखेर फुटबल सिकाए । मेन्डेस अहिले मैदानमा बुबाजस्तै अट्याकिङ मिडफिल्डरको भूमिकामा छन् । उनै मेन्डेस अहिले च्याम्पियनसिप क्लब बर्नलीमा उडान भर्ने तरखरमा छन् ।

१९ वर्षीय फरवार्ड मेन्डेस बार्सिलोनाको यु–१९ छोडेर इंग्लिस च्याम्पियनसिप क्लब बर्नली यु–२१ मा अनुबन्ध भएका छन् । गत सातामात्र इंग्लिस क्लब आइपुगेका उनले चाँडै बर्नलीको सिनियर टोलीबाट खेल्ने विश्वास गरिएको छ ।

अघिल्लो वर्षको मार्चमा ब्राजिलको क्रुजेरियोबाट बार्सिलोनाको यु–१८ अनुबन्ध भएका मेन्डेसले आफ्नो बुबाकै कारण चार महिनापछि नै बढुवा हुन पाएका थिए । तर, उनको स्पेन बसाइ छोटो रह्यो । अहिले बर्नलीसँग दुई वर्षे सम्झौता गरेर उनी इंग्ल्यान्ड हानिइसकेका छन् ।

Advertisement

स्कट पार्कर नेतृत्वको बर्नली प्रिमियर लिगबाट घटुवा भएर च्याम्पियनसिप खेलिरहेको छ । जसअन्तर्गत अहिले पाँचौं स्थानमा रहेको बर्नली यसपालि बढुवा भएर पुनः युरोपको सर्वाधिक ठुलो मानिने प्रिमियर लिगमा ‘कमब्याक’ गर्ने योजनामा छ । अब, बर्नलीले काराबाओ कपको दोस्रो चरणमा बुधबार वुल्भ्सको सामना गर्ने छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top