×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

रास्वपाबाट निकालिएका मुकुल अदालत जाने, रविलाई निकाल्ने

११ भाद्र २०८१

११ भदौ , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो । ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ ।

Advertisement
Advertisement

यसअघि पार्टीले पटक–पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए । बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘अनुशासन आयोगले यसअघि नै यथेष्ट प्रमाणहरू बुझाइसक्नुभएको थियो उहाँलाई कारबाही गरियोस् भनेर। तर, पार्टीले उहाँलाई स्पष्टीकरणको मौका दिएका थियौँ। उहाँको स्पष्टीकरणमाथि पनि छलफल ग¥यौँ। पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरेका छौँ।’

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ’रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन् । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।

’उनले रास्वपा सभापछि रवि लामिछानेलाई नैतिक रूपले पतित पात्र भएको भन्दै सहकारी प्रकरणका सवालमा आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्– ’रवि लामिछानेले आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पु¥याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

यसअघि रास्वपाले ढकाललाई पार्टीको भ्रम सिर्जना गर्ने काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टीबाट निष्कासन गर्ने तयारीस्वरुप उनलाई पत्र पठाइएको थियो ।

“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको थियो ।

त्यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट बर्खास्त गर्दै पार्टीको साधारण सदस्यमा मात्र सीमित राखेको थियो । त्यसअघि असार १९ मा बसेको केन्द्रीय समितिले उनलाई एक साताका लागि महामन्त्री र प्रवक्ताको पदको जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ढकाललाई ३५ दिनको समय दिएको थियो । तर यस अवधिमा पनि उनले पुनरावेदनको साटो अझ पार्टी र नेतृत्वविरुद्ध गम्भिर आक्षेपहरु लगाएका छन् । जसबाट रास्वपाका नेताहरु रुष्ट बनेका थिए ।

मुकुलले रास्वपालाई रवि लामिछानेको क्लबबाट मुक्त गर्नुपर्ने र त्यसको नेतृत्व आफूले लिने बताउदै आएका छन् । रास्वपाले पार्टीमा फर्किने अवसरसहित पटक पटक अवसर दिँदा समेत मुकुल उल्टै रास्वपाका सभापति माथि अनेकौ ठग र जेल जाने सम्मका आरोपहरु लगाएका छन् ।

सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै उनले पार्टीलाई स्पष्टीकरण बुझाएका थिए । उनले रविलाई राष्ट्रिय ठगको उपमा दिएका छन् ।

उनले रविलाई भनेका छन्, तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’ “सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ । भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न ।”

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top