प्रकाशलाई नागरिकता दिन मध्यरातमा ओलीको निर्देशन

११ भदौ ८१, बुधबार

१२ भदौ , काठमाण्डौ।

लामो समयपछि परिवार भेट्न पाएका भोजपुरका प्रकाश तामाङले छिट्टै नै नागरिकता पाउने भएका छन् । ‘हेर्ने कथा’मार्फत सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएका प्रकाशको दुःखद घटना सार्वजनिक भएपछि यसमा प्रधानमन्त्री ओलीको समेत ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री ओलीले यसबारे चासो लिएपछि अब प्रकाशले नागरिकता पाउने भएका हुन् ।

उनलाई केही दिनभित्रै नागरिकता दिलाउने व्यवस्था मिलाइएको प्रधानमन्त्री ओलीले बताएका छन् । अनुमानित ४० वर्ष पार गरिसकेका प्रकाशको अहिलेसम्म नागरिकतासमेत नरहेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सुरुमा उनलाई नागरिकता दिलाउने पहल थालेका हुन्। उनलाई तुरुन्तै नागरिकता दिलाउने प्रक्रिया अघि बढाउन आफूले मंगलबार राति १० बजे गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

Advertisement

‘उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ’, ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

Advertisement

नागरिकता भए मात्र उनको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पहिले नागरिकता बनाइदिन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’, ओलीले भनेका छन् ।

यसअघि पनि ओलीले प्रकाशको जीवनीका बारेमा भिडियो हेरेपछि उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका थिए । उनले लेखेका छन्, ‘हामी दुःखको आँशुसँग मात्र परिचित छौँ । चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँशु झर्ने रहेछ। हेर्ने कथाको पछिल्लो एपिसोड हराएका वर्षहरू हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँशु आयो। ’ उनी अगाडि लेख्छन्, ‘यस्ता कति प्रकाशहरू वर्षौंदेखि हराएका होलान् । एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु । विद्या चापागाईं प्रभावशाली स्टोरी टेलर हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरू कयौँ कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु । यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद ।

ओलीको यो स्टाटमा धेरैले प्रकाशलाई भेट्नु भन्दा पहिला उनको नागरिकता बनाइदिन सुझाव दिएका थिए । सायद त्यही सुझावलाई अनुशरण गरेर नै प्रधानमन्त्रीले उनलाई भेट्नु अघि उनको नागरिकता बनाइदिन पहल गरेका हुन् ।

यस्तै प्रधानमन्त्रीलाई त्यति लामो समयसम्म विना ज्याला कामका लगाउने ब्यक्तिसँग पनि उनका लागि न्युनतम ज्याला असुल गरिदिन्, देशभित्र रहेका अन्य प्रकाशहरुको खोजी गर्न तथा समस्याको पहिचान गरी दीर्घकालीन समाधान खोज्न समेत सामाजिक संजाल प्रयोगकर्ताहरुले सुझाव दिएका छन् । प्रकाशलाई विभिन्न ब्यक्तिहरुले आवश्यक सहयोग गर्ने इच्छा समेत ब्यक्ति गरिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top