×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

रोनाल्डोदेखि क्यान्सेलोसम्म, किन युरोपियन क्लब छोडेर साउदी हानिँदैछन् स्टार फुटबलरहरू ?

१२ भाद्र २०८१

१२ भदौ, विराटनगर ।

एक समय थियो, जतिबेला खेलाडीहरू युरोपियन लिग छोडेर जापानिज क्लबहरूमा आबद्ध हुन्थे । भनेजति पारिश्रमिक पाइने भएपछि युरोपका विभिन्न क्लबहरूबाट चर्चा कमाएका खेलाडी जापानिज लिग खेल्न पुग्थे । बार्सिलोनाका लिजेन्ड खेलाडी आन्द्रेस इनियस्टा, ब्राजियिनल हल्क, ओस्कारलगायत खेलाडीहरूले जापानका क्लबमा ठुलो रकममा खेलेका थिए ।

Advertisement
Advertisement

सन् २०१५ मा बार्सिलोनाका स्टार खेलाडी जाभीले कतारी क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । इटालियन डिफेन्डर फाबियो कानाभारोले युएईको अल अहिलीबाट खेलेका थिए सन् २०१७ तिर कोलम्बियन खेलाडी जेम्स रोड्रिग्वेजले कतारी क्लब अल रायनका लागि खेलेका थिए । त्यसपछिका केही वर्ष युरोपियन लिग छोड्ने स्टार खेलाडीहरूको संख्या न्युन थियो ।

तर, सन् २०२२ यता भने धमाधम युरोपका उत्कृष्ट क्लबहरूमा अनुभव संगालेका फुटबलरहरू साउदी अरेबियन क्लबतिर आकर्षित देखिन्छन् । पछिल्लो पटक म्यानचेस्टर सिटीका जाओ क्यान्सेलो साउदी अरबको अल हिलालमा अनुबन्ध भएका छन् । अल हिलालले पोर्चुगजलका डिफेन्डर क्यान्सेलोलाई २५ मिलियन युरोमा सिटीबाट अनुबन्ध गरेको हो ।

क्यान्सेलोले स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ‘ए’ र पोर्चुगलको लिगा पोर्चुगलका परिचित क्लबबाट खेलेका छन् । सिटीका उनले अलाबा बार्सिलोना, बायर्न म्युनिख, युभेन्टस, इन्टर मिलान, बेन्फिका, भ्यालेन्सियालगायत क्लबबाट फुटबल खेलेका क्यान्सेलो मोटो रकममा अल हिलाल पुगेका हुन् । अह हिलाल र क्यान्सेलोबीच १५ मिलियन पाउनेगरी तीन वर्षका लागि सम्झौता भएको छ ।

क्यान्सेलो अनुबन्ध भएको क्लबका अर्का स्टार खेलाडी नेयमार हुन् । बार्सिलोना र पिएसजीबाट चर्चामा आएका ब्राजिलियन खेलाडी नेयमार अघिल्लो वर्षमात्र पेरिसबाट साउदी आएका हुन् । त्यसबाहेक चेल्सीका पूर्वस्टार कालिडौ काउलीबाली, इटालियन क्लब लाजियोबाट साउदी पुगेका मिलिनकोभिक सेभिक, पोर्चुगलका रुबेन नेभ्स, सर्बियाका मित्रोभिक पनि अल हिलानसँग छन् ।

साउदी प्रो लिगआबद्ध अल नासरले फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट भित्र्याएर सनसनी नै मच्चाएको थियो । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो सन् २०२२ मा अल नासरमा अनुबन्ध भएका थिए । रोनाल्डोको आगमनपछि अल नासरले लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरेको थियो । इन्टर मिलानबाट साउदी आएका क्रोएसियाका मार्सेलो ब्रोजिभिक पनि अल नासरमै छन् ।

यस्तै, रियल मड्रिडका पूर्वस्टार फ्रान्सेली करिम बेन्जेमा र फ्रान्सकै विश्वकप विजेता एनगोलो काँटेलाई अल इत्तिहादले अनुबन्ध ग¥यो । अल इतिहादमा ब्राजिलियन फुटबलर फाबिन्हो पनि छन्, जसले लिभरपुलबाट प्रिमियर लिग खेलेका थिए ।

प्रो लिग क्लब अल अहिली भने युरोपियन लिगमा अनुभव संगालेका थुप्रै खेलाडी आबद्ध छन् । चेल्सीबाट च्याम्पियन्स लिग जितेका इडुआर्ड मेन्डी, लिभरपुलका पूर्वखेलाडी रोबर्ट फर्मिन्हो, बार्सिलोनाका फ्रान्क केस्सी, म्यानचेस्टर सिटीका अटलान्टाका मेरिह डेमिरल, न्यूकासलका एलन सेन्ट–म्याक्सिमिन, सेल्टा भिगोका गाब्री भिएगा र एएस रोमाका रोजर इबानेज अहिलीमा आबद्ध छन् ।

अल क्वादसियाले रियल मड्रिडका पूर्वखेलाडी नाचो फर्नान्डेजलाई अनुबन्ध गरेको छ भने चेल्सी, बार्सिलोना, आर्सनल, बोरुसिया डर्टमुन्डबाट खेलिसकेका पियरे इमरिक औबामेयाङले यसै क्लबबाट खेल्छन् । अल इतिफाकसँग फ्रान्सका मौसा डेम्बेले छन्, जसले एट्लेटिको मड्रिड र लियोनबाट युरोपियन लिग खेलेका छन् ।

साउदीको शीर्ष डिभिजन लिग प्रो लिगमा १८ टोलीले प्रतिस्पर्धा गर्छन्, तीमध्ये अधिकाशंसँग युरोपियन लिग खेलेका खेलाडीहरू खेल्छन् । आक्रमक ढंगबाट खेलाडी अनुबन्ध गरिरहेका साउदीका क्लबहरूले अझै पनि चर्चित खेलाडी अनुबन्ध गर्ने क्रम रोकेका छैनन् ।

Advertisement

विशेषतः कोरोना महामारीपछिको मन्दीबाट थलिएका युरोपियन क्लबहरू छोडेर खेलाडीहरू साउदी आउँदै छन् । राम्रो आम्दानी हुने भएपछि साउदीको लिगमा खेलाडीको आकर्षण बढेको देखिन्छ । खेलाडीहरू बाहिरिएसँगै युरोपियन लिगको चासो–चर्चा घट्दो छ भने साउदीका लिगले ला लिगा, प्रिमियर लिग, बुन्डेस लिगा, सिरी ‘ए’, फ्रेन्च लिग वान जस्ता लिगहरूको स्थान ओगट्ने देखिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top