आज तीन प्रदेशमा ठूलो वर्षा

१३ भदौ ८१, शुक्रबार

१४ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी ।

आज तीन प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको थोरै ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement

त्यस्तै आज राति कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउहरूमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

काठमाण्डौ उपत्यकासहित गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले मौसम खुले पनि दिउँसो र साझपख वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुइ ठाउँमा छिटफुटदेखि हल्का वर्षा भएको छ ।

Advertisement

गएराति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी परेको थियो । उता हावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण गुल्मीले जनाएको छ।

प्राधिकरणका कर्मचारीहरुका अनुसार धुर्कोट, मदाने, मालिका, इस्मा र मुसिकोटका केही वडामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । हावाहुरीसँगै चट्याङले रेसुङ्गा नगरपालिका वडानम्बर–५ देखि धुर्कोट गाउँपालिका वडानम्बर–५ वस्तुसम्म जोड्ने ३३ केभी मुख्य प्रसारण लाइनको ठाउँठाउँमा धेरै नै क्षति पुगेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले बताए ।

विद्युत आपूर्ति पूर्ववत अवस्थामा फर्काउन प्राविधिक टोली खटिएको पोखरेलले बताए । विहीबार चट्याङ लागेर गुल्मीको इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका छन् ।

यस्तै आज पनि देशका केही जिल्लाका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र मकवानपुर भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।

यसैबीच बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९, कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको मृत्यु भएको हो । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गए राति नहरको किनारमा चप्पल फेला परेको थियो ।

आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ बारबर्दिया–९, धोविनपुर भन्ने ठाउँमा बालिकाको शव फेला परेको बताइएको छ ।

यसैबीच भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध फेरि खोल्ने भएको छ । परियोजनाको बाँध भोलि दिउँसो १२ बजेदेखि पर्सि बेलुकासम्म खोल्न लागिएको हो ।

बाँध खोलेका बेला र त्यसपछि केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ ।

यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिन्छ । परियोजनाले बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो । २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँ बराबरको क्षति भएको थियो ।

Advertisement

भर्खरको समाचार

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

सम्बन्धित समाचार

Scroll to Top