×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

युरोपियन नेसन्स लिगमा कुन राष्ट्र बलियो ?

१५ भाद्र २०८१

१५ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगका खेलहरू आगामी बिहीबारबाट सुरु हुँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगअन्तर्गत समूह चरणका खेलहरू सुरु हुन लागेका हुन् ।

Advertisement
Advertisement

युरोपियन फुटबल महासंघको आयोजना हुने प्रतियोगिताको पहिलो र दोस्रो गरी दुई चरणको खेल सेप्टेम्बरमा हुने छ भने तेस्रो र चौथौ अक्टोबरमा अनि पाँचौं र छैंटौ चरणका खेल नोभेम्बरमा हुने छ ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

यसपालि को छ बलियो ?

युइएफए नेसन्स लिग खेल्ने राष्ट्रहरूले धमाधम प्रारम्भिक टोलीको घोषणा गरिरहेका छन् । डिफेन्डि च्याम्पियन स्पेन, त्यसभन्दा अघिल्लो विजेता फ्रान्स अनि पहिलो संस्करणको विजेता पोर्चुगलले युवा खेलाडीलाई प्राथमिकतामा राखेर टोलीको घोषणा गरेका छन् ।

त्यसबाहेक स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, क्रोएसिया, वेल्स, जर्मनीलगायत टोलीले पनि युवा खेलाडीलाई समावेश गरेर टोली बनाएका छन् ।

पोर्चुगलको टोलीमा मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई पनि समावेश गरेका छन् । कप्तान रोनाल्डो गत महिना सम्पन्न युरो कपमा गोलविहीन बनेका थिए ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो पुरुष फुटबलको इतिहासमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलकर्ता पनि हुन् । उनले हालसम्म राष्ट्रका लागि दुई सय १२ खेल खेलेर १३० गोल गरेका छन् ।

तर, रोनाल्डोको युरो कप २०२४ भने निराशाजनक रह्यो । सन् २०१६ को युरोकप जितेका रोनाल्डो गत संस्करणको प्रतियोगितामा भने पाँच खेल खेल्दा गोल गर्न सकेनन् । पोर्चुगल पनि क्वार्टरफाइनल खेलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरियो ।

अब, यसपालि भने रोनाल्डो र उनी सम्मेलित पोर्चुगलको टिम युइएफए नेसन्स लिगको उपाधि जित्ने योजनामा रहने छ । पोर्चुगलले सेप्टेम्बर ५ मा क्रोएसिया र सेप्टेम्बर ८ मा स्कटल्यान्डसँग खेल्ने छ । मार्टिनेजको टोलीमा रोनाल्डोबाहेक जाओ फेलिक्स, डिएगो जोटा, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भालगायत पनि समावेश छन् ।

यस्तै, स्पेनका प्रशिक्षक लुइस डी ला फुयन्टेले युवा खेलाडीलाई समेटेर टोली बनाएका छन् । स्पेनले सेप्टेम्बर ५ मा सर्बियासँग खेल्दै नेसन्स लिगको थालनी गर्दै छ । त्यसको तीन दिनपछि स्पेनले डेनमार्कसँग खेल्ने छ ।

उक्द दुई खेलका लागि स्पेनले घोषणा गरेको टोलीमा बार्सिलोनाका लामिन यमल, फेरान टोरेस, पेड्री, डानी ओल्मो, रोड्रिगो र रियल मड्रिडका डेनियल कार्भजल, पिएसजीका फाबियन रुइज, बिल्बाओका निको विलियम्सलगायत समावेश छन् ।

टोलीमा अल्भारो मोरटा र युनाई सिमोनले चोटका कारण स्थान बनाउन सकेका छैनन् भने नाचो फर्नान्डेज र मिकेल मेरिनोलाई टिमबाट बाहिर राखिएको छ ।

फिफा विश्वकप २०१८ को विजेता फ्रान्सले पनि केही स्टार खेलाडी र केही नवप्रतिभावान खेलाडी समेटेर टोली बनाएको छ । मुख्य प्रशिक्षक डिडियर डेशच्याम्पले सार्वजनिक गरेको फ्रान्सेली टोली रियल मड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पे, एट्लेटिक मड्रिडका एन्टोइन ग्रिजम्यान, पिएसजीका ओसमान डेम्बेलेलगायत खेलाडी समावेश छन् ।

त्यसबाहेक रियल मड्रिडकै फेर्लान मेन्डी, अल इतिहादका एनगोलो काँटे, एसी मिलानका थियो हर्नान्डेज, इन्टर मिलानका मार्कस थोरम, पिएसजीका रान्डल कोलो मौनीलगायत खेलाडी फ्रान्सको टिममा छन् । फ्रान्सले ६ सेप्टेम्बरमा इटालीसँग खेल्दै चौथो संस्करणको नेसन्स लिगको थालनी गर्ने छ । त्यसको तीन दिनपछि हुने अर्को खेलमा भने फ्रान्सले बेल्जियमसँग खेल्ने छ ।

इंग्ल्यान्डको टोलीमा प्रशिक्षक ली कार्स्लीले न्युकासलका डिफेन्डर टिनो लिभ्रामेन्टो, लिलेका मिडफिल्डर एन्जल गोमेज, नटिंगम फोरेस्टका मर्गन गिब्स–ह्वाइट र चेल्सीका फरवार्ड नोनफ मडुएकेलाई पहिलोपटक राष्ट्रिय टोलीमा स्थान दिएका छन् ।

ह्यारी केनको कप्तानीमा रहने टोलीमा युनाइटेडका ह्यारी म्यागुइरे, सिटीका फिल फोडेन र ज्याक ग्रिलिस, आर्सनलका बुकायो साका र लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलगायत छन् । इंग्ल्यान्डले ७ सेप्टेम्बरमा आयरल्यान्डसँग खेल्दै नेसन्स लिगको थालनी गर्ने छ । त्यसको तीन दिनपछि उसले फिनल्यान्डसँग खेल्ने छ । पहिलो संस्करणको नेसन्स लिगमा इंग्ल्यान्ड तेस्रो बनेको थियो ।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डेलिकले स्टार मिडफिल्डर लुका मोड्रिकलाई समावेश गरेर नेसन्स लिगका लागि टोलीको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ३८ वर्षीय मोड्रिकका साथै टोलीमा माटेओ कोभासिच, इभान पेरिसिचलगायत खेलाडी पनि समावेश छन् । क्रोएसियाले सेप्टेम्बर ६ मा पोर्चुगलसँग उसैको मैदान बेन्फिकामा खेल्ने छ । सेप्टेम्बर ९ मा क्रोएसियाले पोर्चुगललाई आफ्नो घरेलु मैदानमा आतिथ्यता प्रदान गर्ने छ ।

यता, इटालीको टोलीमा भने १० महिनाको प्रतिबन्धपछि सान्ड्रो टोनालीले पनि पुनरागमन गरेका छन् । एसी मिलान र ब्रेसियामा सट्टेबाजी गरेको आरोपमा इटालियन फुटबल फेडेरेसनले उनलाई एक वर्षअघि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि प्रशिक्षक लुसियानो स्पालेट्टीले उनलाई टोलीमा बोलाएका हुन् । त्यसबाहेक इटालीको टोलीमा लेस्टरका डिफेन्डर कालेब ओकोली र एटलान्टाका मिडफिल्डर मार्को ब्रेसियानीलाई पनि पहिलो पटक समावेश गरिएको छ ।

टोलीमा पिएसजीका गोलरक्षक जियानलुइगी डोनारुम्मा, इन्टर मिलानका फेडेरिको डिमार्को, युभेन्टसका फेडेरिको गाट्टी, रोमा लोरेन्जो पेलेग्रिनी, फियोरेन्टिनाका मोइस केन, र लाजियोका माटिया जाकाग्नी छन् । 

Advertisement

इटालीले आगामी शुक्रबार फ्रान्सको भ्रमण गर्नेछ र त्यसको तीन दिनपछि बुडापेस्टमा इजरायलको सामना गर्नेछ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top