×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

मंगोलिया पुगेका पुटिनलाई पक्राउ गर्ने योजना असफल

१८ भाद्र २०८१

१८ भदौ , एजेन्सी ।

युद्ध अपराधको आरोप खेपिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला छिमेकी भूपरिवेष्टित देश मंगोलिया पुगेका छन् । यो मौकामा उनलाई पक्राउ गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आग्रह गरेका छन् । सोमबार राती मंगोलिया ओर्लिनु भन्दाअगाडि पुटिनलाई पक्राउ गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

सन २०२३ मार्चमा अन्तर्राष्ट्रिय अपराध अदालतले गरेको फैसलाको सम्मान गरेर पक्राउ गर्न जेलेन्स्कीले आग्रह गरेका छन् । युक्रेनी बालबालिकाहरूलाई गैरकानुनीरुपमा रुसमा लगिएको आरोप पुटिनलाई लगाइएको छ । सोही मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

तर, रुस तथा पुटिनले भने बालबालिकाहरुलाई युद्धबाट जोगाउन लगिएको तथा रुसमा पनि उनीहरूलाई युक्रेनी भाषामै शिक्षादीक्षा दिइएको बताएका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आर्ईसीसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो।

पुटिनको यो भ्रमणलाई लिएर आइसिसी , किएभ, पश्चिमा र अधिकारवादी समूहहरूले आइसीसी निर्देशनको अवहेलनाको प्रदर्शनको रूपमा हेरिएको छ। सन् २०२२ मा युक्रेनी सेनाले युक्रेनमा आक्रमण गरेयता युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको अभियोगमा हेगस्थित अदालतले रूसी नेताविरूद्ध पक्राउपूर्जी जारी गर्दै ‘सर्वाधिक खोजी’ को सूचीमा राखेको छ।

किएभले गत हप्ता मंगोलियाली अधिकारीहरूलाई पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरेका थिए भने आइसिसीले अदालतले मागेकाहरूलाई हिरासतमा लिनु आफ्ना सबै सदस्यहरूको ‘दायित्व’ रहेको बताएको थियो। क्रेमलिनले गत हप्ता पुटिनलाई पक्राउ गर्ने विषयमा रूसलाई कुनै ‘चासो’ नभएको बताएको थियो।

रुस र चीनको बिचमा रहेको मंगोलिया सोभियत कालमा मस्कोको अधिपत्यमा थियो। सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि नै उसले क्रेमलिन र बेइजिङ दुवैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न खोजेको छ। मङ्गोलियाले युक्रेनमा रुसको आक्रमणको विरोध गरेको छैन र संयुक्त राष्ट्रसंघमा द्वन्द्वसम्बन्धी मतदानमा अनुपस्थित रहेको छ।

अन्तर्राष्ट्रिय अपराध अदालतको सदस्य देश भएकोले मंगोलियाले पुटिनलाई पक्राउ गर्नुपर्ने युक्रेनी आग्रह छ । सोमबार मंगोलिया पुगेका पुटिनलाई पक्राउ नगरेर स्वागत गरिएकोमा युक्रेन क्रुद भएको छ । युक्रेनी विदेश मन्त्रालयले मंगोलियाले त्यसको परिणाम भोग्ने चेतावनी दिएको छ ।

Advertisement

तर, कस्तो परिणाम भनेर खुलाएको छैन । पुटिन सन १९३९ मा रुसी तथा मंगोलियाले सेनाले पराजित गरेको जापानी सैनिकसँगको युद्धको वार्षिक उत्सव मनाउन पुगेका हुन् । उक्त युद्ध महिनौँ चलेको थियो र दुवै देशका हजारौँको मृत्यु भएको थियो तर जित रुस तथा मंगोलियाको पक्षको भएको थियो ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top